रूकुम पश्चिम,६पाैष ।
जिल्ला सदरमुकामसमेत रहेको मुसीकोट नगरपालिकामा पालिकास्तरीय कृषि मेला प्रदर्शनी सुरु भएको छ । कृषि विकास कार्यालय रूकुम–पश्चिमको आयोजनामा खलंगाको बालमन्दिरमा सञ्चालित मेलामा जम्मा १ सय ५० जना किसानको सहभागिता रहेको कार्यालयले बताएको छ ।
कृषि कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीका अनुसार खद्यान्न, फलफूल, तरकारी, दलहन, मसला तथा नगदे गरी कूल ६ प्रकारका बालीहरू प्रदर्शनीमा राखिएको छ ।
जिल्लाका ६ वटै स्थानीय तहहरूमा कृषि मेला प्रदर्शनी आयोजना गर्ने कार्यालयको योजनाअनुसार त्रिवेणी गाउँपालिकापछि बुधबार मुसीकोटमा आयोजनामा गरिएको हो । यसपछि बाँकी ४ वटा स्थानीय तहमा पनि आयोजना गर्ने तयारी रहेको केसीले बताए ।
आफ्नो उत्पादन प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गर्दै मुसीकोट–१ का रेवती वलीले यस्ता कार्यक्रमले आफूहरूलाई प्रोत्साहन मिल्ने बताइन् ।
कान्तिपुर
युग संवाददाता । । ६ पुष २०७९, बुधबार १५:०६