सुर्खेत,६ पाैष ।
सुर्खेत पञ्चपुरीको वडा नं. ६ खमारीका बालबालिकाहरुलाइ शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गरिएको छ । अशिका फाउन्डेसन र वडा कार्यालय को सहयोग तथा समन्वयमा ११ जना बालबालिका र १ जना शिक्षिकालाई पोशाक बितरण गरिएको छ ।
भौगोलिक बिकटता र बिद्यालय टाढा भएको कारण बिद्यालय जान नसक्ने साना बालबालिकालाई वडा कार्यालयले समुदायमै बालबिकास कक्षा सञ्चालनमा ल्याएको छ । वडा कार्यालयको टिम सहित खमारी पुगेको टोलिले अशिका फाउन्डेसन बाट प्राप्त पोशाक, स्टेसनरी, म्याट, ह्वाइट बोड, लगाएतको समान हस्तान्तरण गरेको छ ।
समान बितरण गर्दै वडा अध्यक्ष नरबहादुर सिजापतिले आगामी दिनमा बिद्यालयको भौतिक बिकास गर्न आबश्यक सहयोग गर्ने बताएका छन् । तत्कालका लागि बालबालिकालाई सहयोग गर्ने अशिका फाउन्डेसन र अशिका तामाङ लगाएतको टिमलाई समेत धन्यवाद समेत दिएका छन्र । खुल्लाचौरमा पढाइ सञ्चालन हुदै आएको उक्त बालबिकासमा भवन अभाव रहेको छ ।
युग संवाददाता । । ६ पुष २०७९, बुधबार ०६:५९