सुर्खेत,५षौष ।
संविधान अनुसार निर्वाचन आयोगले केन्द्रमा राष्ट्रपति र प्रदेशमा प्रदेश प्रमुखलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाएको एक महिनाभित्र प्रदेश सरकार गठन भइसक्ने व्यवस्था छ । कर्णालीमापनि गत शनिबार प्रदेश प्रमुख तिलक परियारलाई प्रतिवेदन बुझाइसकेका कारण पुष २२ गतेभित्रै प्रदेशसभाको अधिवेशन आह्वान गरेसंगै सरकार गठनको रस्साकस्सीपनि शुरु हुनेछ ।
प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो ज्येष्ठ सदस्यलाई शपथ गराउने र ज्येष्ठ सदस्यले बाँकी सदस्यलाई सपथ गराएपछि सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म उनैले सभामुखको भूमिका निर्वाह गर्नेछन् । प्रदेशसभा नियमावली बमोजिम त्यतिञ्जेलसम्म दलहरुले संसदीय दलको नेता चयन गरिसक्नुपर्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकी बताउँछन् ।
संसदीय दलको नेता नै मुख्यमन्त्रीको हकदार हुने भएको हुँदा प्रदेशमा ठूलो दल बनेको कांग्रेसमा मुख्यमन्त्रीका लागि कडा प्रतिष्पर्धा हुने देखिएको छ । किनकी मुख्यमन्त्रीमा दाबी गरिरहेका दुबै नेता संस्थापन पक्षका हुन् । अघिल्लो पटक प्रदेशसभातर्फ प्रत्यक्षमा मात्र एक सिट र समानुपातिकबाट पाँच गरी जम्मा ६ सिट पाएको नेपाली कांग्रेसले ‘काकताली’ परेकै कारण सरकारको नेतृत्व गर्ने मौका पायो ।
‘कर्णालीमा कांग्रेसको बिऊ जोगाएको’ गर्विलो जस पाएका पार्टीका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्ने इच्छा र मागदाबी गर्दै गर्दा ‘च्यालेञ्ज’ गर्ने कोहि भएनन् र उनी निर्विवाद अनि िन िर्व क ल् प मुख्यमन्त्री बने । यसपाली प्रदेशसभाका कूल ४० मध्ये १४ सिटसहित मुख्यमन्त्रीको स्वभाविक हकदार ठानिरहेको कांग्रेसमा शाहीले नै मुख्यमन्त्री निरन्तरता दिने मुड र माहौल बनाउँदै गर्दा उनलाई ‘च्यालेञ्ज’ गर्न अर्का ठकुरी खडा भएका छन्, जाजरकोटका राजीवविक्रम शाह ।
मुख्यमन्त्री दोहोर्याउने अभिलाषासहित शाहीले काठमाण्डौं पुगेर पार्टी सभापति शेरबहादुर देउवालगायतसंग भेटघाट गरी आफ्नाे पक्षमा माहौल बनाइरहँदा शाह भने मुख्यमन्त्री बन्ने टार्गेटसहित संसदीय दलको नेताका लागि आफ्नाे ‘फिल्डिंग सेट’ गरिरहेका छन् ।
समय र परिस्थिति अनुसार नेतृत्व परिवर्तन अपरिहार्य रहेको जिकिर गर्दै आएका शाहले आफ्नाे फेसबुक मार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी प्रस्तुत गरिसकेका छन् । ‘म कसैलाई च्यालेञ्ज गर्नका लागि संसदीय दलमा लड्न खोजेको होइन ।
’ शाहले भने, ‘नयाँ नेतृत्व र परिवर्तनको आवाज जसरी उठिरहेको छ, त्यसका लागी मात्र म मैदानमा उत्रिएकाे हो ।’ मुख्यमन्त्रीको होडबाजीमा आक्रामक रुपमा प्रस्तुत भइरहेका नेता शाहले निर्वाचित भएकोमा शाहीलाई बधाई ंिददै संसदीय दलको नेतामा आफुलाई सहयोग र समर्थन गर्न शाहीलाई नै आग्रह गरेका छन् ।
यता, पाँच दलीय गठवन्धनका कारण जीत निश्चित भएको अवस्थामा प्रदेशसभा या प्रतिनिधिसभामध्ये रोजे छानेको पाउने अवस्थामा पनि शाहीले‘मुख्यमन्त्री’नै लक्षित गरी प्रदेशमा दोहोरिएको बुभ्न कठिन छैन । राजीव आक्रामक रुपमा प्रस्तुत भईरहँदा शान्त र मौन बसेका शाहीले मुख्यमन्त्री भइसकेको र संघीय संसदमा समेत सजिलै जाने अवस्थामा समेत आफुले प्रदेशसभाको सदस्य हुनका लागि मात्र प्रदेशतर्फको चुनाव नलडेको भन्दै घुमाउरो रुपमा आफ्नाे दाबेदारी गरिसकेका छन् ।
कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितका पाँच दल गठवन्धनमा रहेका कारण आगामी मुख्यमन्त्री बन्नका लागि रहर गरेर या पार्टीको आन्तरिक प्रतिष्पर्धा उछिनेर मात्र सम्भव हुने अवस्था छैन् । किनकी कांग्रेसभन्दा एक सिट मात्र कम संख्यामा रहेको सत्ता साझेदार माओवादी केन्द्रले दोश्रो ठूलो दलको हैंसियतमा मुख्यमन्त्रीका लागि औपचारिक एवं आधिकारिक रुपमै आफ्नाे मागदाबी अघिसारिसकेको छ ।
कर्णालीमा माओवादीको जनमत र जनाधार बलियो रहेको भन्दै माओवादीले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको भागवण्डा हुँदा कर्णाली प्रदेशको नेतृत्व आपूmले पाउनुपर्ने जिकिरसहितको निर्णयसमेत गरिसकेको छ । १३ सिट पाएको नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री पाउने अवस्था आएपनि सर्वसम्मत रुपमा हुने सम्भावना भने कमै देखिएको छ, किनभने माओवादीपनि मुख्यमन्त्रीका लागि दुबैजना आंकाक्षी
देखिएका छन् । रुकुम पश्चिमका राजकुमार शर्मा र सुर्खेत पश्चिमका विन्दमान विष्टले संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने तयारीका साथ आन्तरिक तयारी गरिरहेको बुझिएको छ । गठवन्धनबा अलगै रहेको नेकपा एमाले भने पर्ख र हेरको रणनीतिमा रहेको छ । कुनै कारणवश गठवन्धबाट कांग्रेस या माओवादी बिच्किएको अवस्थामा उसैलाई काखी च्यापेर सरकार बनाउने एमालेको दाउ छ । एमालेपनि मुख्यमन्त्रीको रुपमा यामलाल कंडेललाई एमाले नेता कार्यकर्ताले अघि सार्दै आएपनि दैलेखबाट निर्वाचित विनोद शाहले पार्टीले योग्य सम्झेर जिम्मेवारी दिए तयार रहेको भन्दै आपूm मुख्यमन्त्रीका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् ।
युग संवाददाता । । ५ पुष २०७९, मंगलवार १५:००