नवनिर्वाचित सांसदलाई एमालेको बधाई कार्यक्रम

काठमाडौँ,५ पाैष ।

 नेकपा एमालेले मंगलबार काठमाडौंमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा भेटघाट कार्यक्रम राखेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा देशैभरका निर्वाचित सांसदहरूको उपस्थित रहेका छन् ।

कार्यक्रममा एमाले समानुपातिकतर्फ पहिलो भएकोलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । प्रज्ञा परिसरमा रहेको डबलीदेखि हलसम्म समानुपातिकतर्फ पाएको मतसहितको नेपालको नक्सा र प्रचार सामग्री राखिएको छ ।

प्रज्ञा परिसरमा एमाले अध्यक्ष ओलीका ’कटआउट’समेत राखिएका छन् । गत मंसिर ४ गते सम्पन्न चुनावमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एमालेले ४४ र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको थियो । एमालेले समानुपातिकतर्फ पहिलो दल बन्दै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो ।

कान्तिपुर

तपाईको प्रतिक्रिया
error: Content is protected !!