चुनावमा धाँधली भयो, एमालेको विजय खोसियो :  ओली

काठमाडौँ ,५ पाैष ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सत्तागठबन्धनले धेराबन्दी, धाँधली र बुथ कब्जा गरेको आरोप लगाएका छन् । सत्ता गठबन्धनका यस्ता गतिविधि भएपनि चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको उल्लेख गरे ।

एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मंगलबार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्युह तोडेको बताए ।

’धेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा हामी लोकप्रिय मतमा पहिलो भयौं,’ उनले भने,’ राज्यशक्तिको चरम दुरुपयोग भयो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो । ’यसका कारण कतिपय अवस्थामा एमालेको विजय खोसिएको ओलीले उल्लेख गरे ।

उनले निर्वाचनमा निर्वाचनमा आयोगले पनि निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाए । ’जनताको सार्वभौमसत्ता, संविधान, कानुनी राज माथिको प्रहार हो । लोकतान्त्रिक अभ्यासमाथिको प्रहार हो ।’

उनले चुनवामा आफूहरुलाई धुलो चटाउँछौं भन्नेहरुले अहिले एमाले कहाँ छ भने ख्याल गर्नुपर्ने बताए ।केहीले चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ पनि भनेको तर अहिले कहाँ छ भन्ने संसारले थाहा पाएको बताए । ’एमालेलाई माटो चढाउनु पर्दैन र टर्च बाल्न पर्दैन र नेकपा एमालेको गतिविधि र चाल जसले जहाँबाट पनि सुन्न सक्छ नेपालबाट मात्रै होइन विश्वभरबाट ।

विकास र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई लक्ष्य बनाएर अघि बढेको छ,’ उनले भने । उनले अहिले मुलुक गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका छन् । उनले कम्युनिस्ट आन्दोलनलाई बहुमतमा पु¥याएको तर त्यसमा प्रहार गर्ने काम भएको उल्लेख गरे ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया
error: Content is protected !!