हिंसाविरुद्धको अभियानमा हिंसापीडित

सुर्खेत, ४ पाैष ।

वीरेन्द्रनगर–१० की सञ्जुुमाया चौधरी आठ वर्षसम्म घरेलुु हिंसाको सिकार हुुनुुपर्यो । लामो समय घरपरिवारबाटै चौधरीले मानसिक तथा शारीरिक यातना खेप्नुुपरेको थियो । हिंसापीडित उनले न्यायका लागि विभिन्न निकाय धाइन  ।

परिवारबाटै हिंसामा पर्नुभएको उहाँलाई सामान्य जीवन जिउन पनि मुस्किल थियो । कुनै बेला परिवारको अन्याय र हिंसाका कारण बाँच्ने आधार नै नदेखेकी चौधरी आफ्नो न्यायका लागि लड्दालड्दै अहिले आफैँ हिंसाविरुद्धको अभियन्ता थिइन  । उनले आफूजस्तै हिंसाको सिकार भएका महिलालाई न्याय दिन पैरवी गरिरहेकि छन्र ।

हिंसाविरुद्ध उभिने क्रममा श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छुुट्टै बस्न थाल्नुुभएकी चौधरीले भन्नुभयो, “मैले श्रीमान्बाट पाउनसम्म यातना पाएँ, त्यस्तो बेला घरपरिवारका अरू सदस्यले पनि हेरेनन् । यस्तो अवस्थामा न्याय दिनुपर्छ भन्ने लागेर अहिले हिंसाका घटनामा पीडितको न्यायका लागि काम गरिरहेकी छु ।”

चौधरी केही वर्षअघि अनौपचारिक सेवा केन्द्र (इन्सेक)को महिला रक्षक सञ्जालमा आबद्ध हुनुुभयो । त्यही तालिमको सहारामा स्वरोजगार बनेपछि घरखर्च चलाउन सहज भयो । उनले भनिन , “आत्मनिर्भर भएपछि दैनिकी सहज बन्दै गयो । त्यसपछि अन्य दिदीबहीनीलाई पनि साथ दिन सकेँ ।”

अरूको हक, अधिकार र न्यायका लागि लड्ने उहाँ महिला आत्मनिर्भर नहुँदा पनि घरेलु हिंसाको सिकार हुनु परिरहेको बताइन ।  आत्मनिर्भर भए आत्मविश्वास पनि बढ्ने उनको भनाइ छ । वीरेन्द्रनगर–१ की तुुलसी गिरीले कलिलै उमेरमा विवाह गरिन , त्यो पनि बहुविवाह । उनलाई घरपरिवार र समाजले तिरस्कार गर्यो ।

बिहे गरेर गएको घरमा बस्न पाइन्रन  । उमेर नपुग्दै अन्जानमा बिहे गरेकि  उनले अनेक कष्ट खेप्नुुपर्यो  । नौ वर्षसम्म परिवारको तिरस्कार खेपेकी गिरीलाई २०७९ वैशाखमा झनै ठूलो वज्रपात पर्यो । उनको श्रीमान्को मृत्युु भयो ।

परिवारको साथ नपाए पनि श्रीमान्सँग सङ्घर्ष गरेर गुजारा चलाइरहेकी उनलाई साथ दिने अब कोही भएनन् । सन्तानको भविष्यको चिन्ताले सताउने गरेको उनि बताएछिन  । उनले पछिल्लो समय आफूजस्तै हिंसामा परेका महिलाका लागि काम गर्दै आउनुुभएको छ । उनले भनिन  “महिला हिंसाविरुद्धका विभिन्न अभियानमा सरिक भइरहेकी छु, त्यस्ता अभियानमा जोडिँदा आत्मविश्वास बढ्ने रहेछ ।”

आफैँ हिंसामा परेर न्याय खोज्दै अरूको पनि सहारा बनिरहेका उनिहरू केही प्रतिनिधि पात्र हुन । अहिले पनि थुप्रै महिला विभिन्न वहानामा घरपरिवार र समाजबाट अनेक हिंसाको सिकार भइरहेका छन् । महिला लैङ्गिक हिंसा, घरेलु हिंसा र बलात्कारजस्ता घटनामा पीडित छन् ।

समाजमा चेतनाको स्तर बढ्दै गए पनि हिंसाका घटनामा भने कमी आउनुको साटो झनझन् बढ्दै गएको अधिवक्ता गीता कोइराला बताउछिन । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा महिला हिंसाका उजुरी बढ्दो क्रममा छन् । कर्णालीमा महिला हिंसासम्बन्धी उजुरी धेरै पर्ने गरेको पाइएको छ । घरेलु, यौनजन्य र लैङ्गिक हिंसाका उजुरी दैनिकजसो आउने गरेको प्रहरीले जनाएको छ ।

गाेरखापत्र

तपाईको प्रतिक्रिया
error: Content is protected !!