नगरहरूलाई दिगो र वातावरणमैत्री सहर बनाउनुपर्छ :  प्रधानमन्त्री देउवा

काठमाडौँ ,४ पाैष ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सहरीकरण हुँदै गरेका नगरपालिकाहरूलाई दिगो र वातावरणमैत्री सहर बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबै स्थानीय तहले दिगो विकासको मोडेल अपनाएर काम गर्नुपर्ने बताए ।

‘अहिले नगरपालिकाहरूमा सहरीकरण बढ्दो छ । तर त्यो सहरीकरण अव्यवस्थित हुनुभएन, अव्यवस्थित सहरीकरणलाई हामीले रोक्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘काठमाडौंलगायत सबै नगरहरूई, सहरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणामा अघि बढाउनुपर्नेछ, सबैले त्यसको पहल गरौँ ।’

प्रधानमन्त्री देउवाले दिगो विकासको मोडेल अपनाउन र वातावरणमैत्री संरचना निर्माणमा ध्यान दिनसमेत सुझाएका छन् । ‘स्थानीय तहले आफ्नो विकास र सहरीकरण गर्दा सुव्यवस्थित र मौलिक पहिचानलाई जोड दिनुपर्ने हुन्छ । त्यसलाई हरेक नगरपालिकालाई हामीले नमुना नगरपालिका बनाउन सकिन्छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्ने बताए । उनले स्थानीय तहको स्रोत र साधनको पहिचान गरेर तिनको उचित उपयोग गर्दै क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्ने उल्लेख गरे ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया