हुम्ला,३ पाैष ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुुदानमा उपलब्ध गराउँदै आएको खाद्यान्नमध्ये यस वर्ष बासमती चामल ढुवानी सुरु गरेको छ ।
सर्वसाधारण उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने योजनाअनुसार सो चामल ढुवानी सुरु भएको खाद्य कम्पनीले जनाएको हो । खाद्य कम्पनीको हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यका अनुसार नेपालगञ्जबाट ढुवानी हुने अनुदानको खाद्यान्नमध्ये बासमती चामल ढुवानी सुरु भएको हो ।
उनले उपभोक्ताको माग र गुणस्तरीय खाद्यान्न सबैमा पु(याउन गत वर्षदेखि बासमती चामल ढुवानी हुन थालेको बताए । हालसम्म नेपालगञ्जबाट तीन सय क्विन्टल चामल हवाई मार्गबाट ढुवानी भएको र यस वर्ष एक हजार पाँच सय क्विन्टल बासमती चामल हुम्लामा पु(याइनेछ । गत वर्ष तीन हजार क्विन्टल बासमती चामल आएको थियो ।
खाद्य कम्पनीले उक्त चामल सर्वसाधारणलाई प्रतिकेजी ११० रुपियाँ र कर्मचारीलाई ११२ रुपियाँमा बिक्री गर्ने बताइएको छ । चालू आर्थिक वर्षका लागि हवाई मार्गबाट १० हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको छ ।
बासमतीबाहेक अन्य किसिमको चामल पनि ढुवानी भइरहेको छ । खाद्य कम्पनीले नेपालगञ्जबाट प्रतिकेजी १६० रुपियाँ र सुर्खेतबाट १५५ रुपियाँ ढुवानी भाडा तिर्दै आएको छ ।
गाेरखापत्र
युग संवाददाता । । ३ पुष २०७९, आईतवार १४:३२