शैक्षिक सुधारका लागि कुशेमा ’हेलो अध्यक्ष’ कार्यक्रम

जाजरकोट,२ पाैष ।

शिक्षाको गुणस्तर सुधारका लागि जाजरकोटको कुशे गाउँपालिका वडा नंम्वर –९, का वडाध्यक्ष शिवराज गिरीले हेलो अध्यक्ष कार्यक्रम सञ्चालन गरेका छन् । कार्यकक्षमै रहेर तथा आफैँ विद्यालयमा गएर अध्यक्ष गिरीले शैक्षिक समस्या बुझ्ने र गुनासाहरू सुनेर सुधारका लागि आवश्यक सहयोग गर्ने र पृष्ठपोषण दिने गरेका छन् । शिक्षाको गुणस्तर सुधार विना समाज अघि बढ्न नसक्ने भएकोले यस्तो कदम चालेको उनले बताए ।

वडाध्यक्षमा निर्वाचित लगत्तै थालिएको शैक्षिक सुधार कार्यक्रले शिक्षामा केही सुधारका सकेतहरु देखिएका छन् । विद्यालहरूमा शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया कार्यक्रमबाट पनि थप सुधार भएको उनको भनाइ छ । वडाध्यक्षले आफ्ना वडाभित्र रहेका विद्यालयको अनुगमन गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, अभिभावक र समाजसेवीहरुलाई पठाउँछन् ।

उनीहरुले विद्यालयमा विद्यार्थी उपस्थित भए–नभएको, शिक्षक आए–नआएको, नियमति रुपमा पढाइ भए–नभएको हेर्छन्। साथै उनले विद्यालयमा मासिक परीक्षा र विद्यार्थीको पढाई सुधारको लागि मासिक रुपमा अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम समेत गर्न सुझाव दिने गरेका छन् । गिरी लामो समयदेखि नै शैक्षिक सुधारमा क्रियाशील देखिन्छन्।

उनले सुरुवात गरेको हेलो अध्यक्ष अभियानबारे धेरैले खुलेर प्रशसा गरिरहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश मल्लले अध्यक्षको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे। उनले हरेक सरोकारवाला विद्यालय सुधार र शैक्षिक गुणस्तर कायम गर्न जुट्नु आवश्यक रहेकोमा समेत जोड दिए। अध्यक्षले चाहे शैक्षिक सुधारका धेरै काम गर्न सकिने मल्लको भनाइ छ ।

अन्नपुर्ण 

तपाईको प्रतिक्रिया