लघुकथा : अविश्वास

पुन्य कार्की

सुर्खेत,२ पाैष ।

एक पब्लिक क्याम्पसको क्यान्टिनमा चिया गफ चलिरहेको छ । एकएक पिरियड पढाएर लिजरमा टाइमपास गरिरहेका अध्यापकहरु आ–आफ्ना मनका औडाह बिसाइरहेका छन् ।

क्याम्पसमा दिनानुदिन विद्यार्थी घट्दै गएकोले आफ्नो पेसागत जीवन धरापमा पर्न लागेको कुराप्रति उनीहरुलाई चिन्ता छ । क’ देखि ‘ङ’ सम्मका अध्यापकहरुले समवेत स्वरमा आफ्ना मनका सुसेलीहरु सुनाए ।

– ‘हेर्दा हेर्दै तीनचार वर्षको अन्तरालमा पच्चीस सयबाट घटेर सोह्र सयमा झरिसके विद्यार्थी, यही रफ्तारमा विद्यार्थी संख्या ओरालो झर्ने हो भने अब पाँच वर्षमा आफ्नो जागिर पनि सकिने रहेछ ।’

– ‘शतप्रतिशत सही कुरा गर्नुभयो । जीवनका उर्वर आयुहरु यसै क्याम्पसमा चढाइयो । साला अभिभावकहरु आफ्नो गाउँठाउँको क्याम्पस आफ्ना नानीहरु पढाउनु सट्टा खाली काठमाडौँ विराटनगर ताक्छन् ।’

ग– ‘ग्वाँचहरुको बुद्धि भए पो । यहीँ घरको भात खाएर पढ्न मिल्ने विषय र फ्याकल्टी पढ्न पनि बाहिरै जाने लहर चल्यो । आफ्नो गाउँठाउँको क्याम्पसप्रति विश्वास भए पो त

घ– ‘हामीले मात्र यस ठाउँको लागि मरिमेट्नु बेकार छ । यहाँका मान्छेलाई क्याम्पसमा विद्यार्थी घटेर संस्था धरासायी बनेको कुरामा कुनै चासो छैन ।’ ङ– ‘ल साथी हो, अब गनगन गरेर मात्र केही हुनेवाला छैन । अब आफ्नो भविष्य सुरक्षित गर्न विकल्प सोच्नुभन्दा अर्को उपाय छैन ।’

क्यान्टिन चलाउने चिया पसले चतुरनाथ माझी चुपचाप शिक्षकका कुरा सुनिरहेको छ । उसलाई थाहा छ, ती पाँचैजना लेक्चरका कुनै पनि बच्चा त्यहाँ पढ्दैनन् ।

‘ङ’ बोल्ने बित्तिकै सोझो चतुरनाथ कड्क्यो–‘तपाईँहरु आफ्नो क्याम्पसमा अभिभावकले बच्चा पढाएनन् भनेर के गुनासो गर्नुहुन्छ ? यहाँ पढाउने तपाईँहरु कुनै शिक्षकले आफ्नो बच्चा यहाँ पढाउन ल्याउनु भएको र ? आफ्नै क्याम्पसको पढाइप्रति तपाईँहरुलाई विश्वास छैन । अनि अरुले विश्वास गर्छन् । तपाईँहरुको हिम्मत छ, आफ्ना नानी यहाँ पढाउने

तपाईको प्रतिक्रिया
error: Content is protected !!