कर्णालीमा संसदीय दलको नेता बन्न दौडधुप

सुर्खेत,२  पाैष ।

आम निर्वाचन सम्पन्न भएसँगै कर्णालीमा संसदीय दलको नेता बन्नका लागि नेताबीच दौडधुप सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)भित्र संसदीय दलको नेता को हुने भन्ने विषयमा चर्चा भइरहेको छ।

प्रत्यक्ष र समानुपातिक गरेर १४ सिटसहित पहिलो दलको हैसियत बनाएको कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पुनः संसदीय दलमा दोहोरिने तयारीमा छन । जाजरकोटका राजीबविक्रम शाहले समेत संसदीय दलमा दाबी गरेका छन्र ।

मुख्यमन्त्री शाही आफू दलको नेता र मुख्यमन्त्री बन्ने कुरामा दुई मत नभएको बताउछन। पार्टीभित्र मुख्यमन्त्री शाही कांग्रेस कार्य सम्पादन समितिको सदस्य हुन भने शाह केन्द्रीय सदस्य हुन।

१३ सिटसहित दोस्रो दलको हैसियत बनाएको माओवादीबाट राजकुमार शर्मा र विन्दमान विष्ट दलको नेता बन्ने दौरानमा छन। शर्मा रुकुम पश्चिम (ख) र विष्ट सुर्खेत २ (ख) बाट निर्वाचित भएका हुन्र । विष्ट यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका हुन । शर्मा भने पहिलो पटक प्रदेश सभा सदस्य बनेका हुन ।

यता तेस्रो दलको हैसियत बनाएको (एमाले)भित्र पनि दुई जना आकांक्षी देखेका छन् । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहलाई दल नेताको आकांक्षीको रुपमा हेरिएको छ।

कँडेल मुख्यमन्त्री बन्ने चाहना स्वरुप नै आफूभन्दा जुनियर नेतालाई केन्द्रमा पठाएर दोस्रो पटक प्रदेशमा झरेका हुन । यता शाह भने निर्वाचनमा आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्दै आएका थिए । कर्णालीमा एमालेका १० सांसद छन्। यस्तै नेकपा (एकीकृत समावादी) र राप्रपाले प्रदेश सभामा १÷१ सिट जितेका छन्।

गोरखापत्र 

तपाईको प्रतिक्रिया
error: Content is protected !!