बाध्यता कि सस्तो लोकप्रियता ? –  एउटै सडक, दुईचोटी ‘हस्तान्तरण’

पुनम वि.सी.
सुर्खेत, १ पुष ।

बिहीवार मुगुमा आयोजित एउटा कार्यक्रममा विशिष्ट व्यक्तिहरु (भीआईपी)को उपस्थिति आकषर्क बन्यो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र बेलायती राजदूत निकोला पोलिटलगायत भीआईपीहरु ग्रामिण सडक हस्तान्तरण कार्यक्रमकै लागि मुगु पुगे ।

मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म जोड्ने ६७ किलोमिटर यो सडक बेलायत सरकारले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्यो । बेलायत सरकारको १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा निर्मित सडक प्रदेश सरकारलाई हस्तान्तरण गर्न नेपालका लागि बेलायती राजदूतलगायतको कूटनीतिक नियोगको टोली र मुख्यमन्त्री शाहीसहितको सरकारी टोली लावालस्करसहित मुगु पुग्यो ।

मुगुको छाँयानाथ रारा नगरपालिका १४ मा भएको औपचारिक कार्यक्रममा मुख्यमन्त्री शाहीले आपूm ७ वर्षको छँदादेखि पैदलै ओहोरदोहोर गरेको र मान्छे हिँड्नपनि धौ–धौ हुने सडकमा अहिले गाडी गुडायरै पुगेकोमा गर्व लागेको प्रतिक्रिया दिए ।

“बिहिबार मुगुमा अायाेजित सडक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्रि शाहि र राजदुत पाेलिटलगायत

‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं’, मुख्यमन्त्री शाहीले भने, ‘विकासको पहिलो आधार नै सडक हो, सडक भएपछि अरू आवश्यकता पनि पूरा हुँदै जान्छन् ।’

बेलायती राजदूत निकोला पोलिटले गमगढी–देउली सडकले हुम्लालाई औपचारिक रूपमा सडक सञ्जालसँग जोडेको बताइन् । ‘बेलायत सरकारको प्रमुख ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत ४ दशमलव ५ मिटर चौडा मोटरेबल लिंक रोडले पैदल बाटोलाई प्रतिस्थापन गरेको छ’, पोलिटले भनिन्, ‘यो बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक हो ।

’ राजदूत पोलिटले सडक बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरण भएको उल्लेख गरिन । ‘यो परियोजनाको सफल समापनले स्थानीय जनता, सरकारका विभिन्न निकाय एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव छ भन्ने देखाउँछ’, उनले भनिन् ।

राजदूत पोलिटले सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको दाबी पनि गरिन ।

गत चैतमै बुझ–बुझारथ
बेलायत सरकारको ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री) अन्र्तगत एक अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा यो सडक निर्माण भएको हो । तर अचम्मको कुरा के भने, यो सडक गत वर्ष २०७८ मै प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको थियो, अहिले फेरि दोहोर्याएर हस्तान्तर गरियो ।

२०७८ चैत्र महिनामै ग्रामिण पहुँच कार्यक्रम अन्र्तगत मुगु–हुम्ला लिङ्क रोडका टिमलिडर विष्णुराम विष्टसहितले यस्तै एउटा औपचारिक कार्यक्रम गरी यहि सडक कर्णाली प्रदेश सरकारकालाई हस्तान्तरण गरेका थिए।

कर्णाली प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले प्रदेश सरकारको प्रतिनिधिका रुपमा पहिलो पटक सडक ‘ग्रहण’ गरेका थिए ।

चंखेली गाँउपालिका–१ बोहोरा गाँउमा रहेको चंखेली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले सरकारको बेवास्ताका कारण मर्मत सम्भार नभएर सडक जीर्ण हँुदै जाने
लिन चाहने व्यक्ति, र्याप थ्री कार्यक्रमले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको देउलीसम्म कुल ६७ किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो ।

मुगु खण्डको ३७ किलोमिटर सडकमध्ये गमगढी–दर्खे २६ किलो मिटर र दर्खे–चंखेली ११ किलोमिटर सडक प्रदेश सरकारलाई २०७८ चैत अघि नै हस्तान्तरण भईसकेको थियो । सडक हस्तान्तरण–ग्रहणका विषयमा पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख देवी ऐडी भन्छन्, ‘गत वर्ष नै हामीले सडक ग्रहण गरेका हौँ ।

पूर्वाधार विकास कार्यालयका तर्फबाट मैले नै सडक ग्रहण गरेको थिएँ ।’ सडक खण्डको अन्तिम ३० किलोमिटर सडकको अपनत्व ग्रहणका विषयमा गत चैतमा आयोजित सडक हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरुलाई समेत निम्तो गरिएपनि त्यतिबेला कोहि नपुगेको उनले सुनाए ।

‘ग्रामीण पहुँच कार्यक्रमका साथीहरुले निम्तो गर्नुभएको थियो, तर प्रदेश सरकारबाट मन्त्रीहरु कोहि नआएपछि अन्तिममा प्रदेश सरकारकातर्फबाट मैले सडकको अपनत्व ग्रहण गरेको थिएँ । उनले भने, ‘पहिले उहाँहरुलाई फुर्सद भएन होला, अहिले फुर्सदमा भएपछि सडक ग्रहण गर्नुभयो होला ।

’ उक्त समयमा सडक हस्तान्तरण भएपनि मुगु–हुम्ला सडकमा पर्ने लुम खोला, दर्खे खोला, त्यतिबेला निर्माण सम्पन्न नभएका लेब्रा खोला र मेल्छाम खोलाका पुल अहिले पूरा भएका छन् । यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ ।

२०७८ चैतमा  मुगुमा  अायाेजित  सडक हस्तान्तरण कार्यक्रम 

६७ किलोमिटर सडकमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । ‘ठूला– मान्छ’ आएपछि स्थलगत कार्यक्रम गत वर्ष नै ग्रामिण पहुँच कार्यक्रम अन्र्तगतको सडक निर्माण सम्पन्न गरी मुगुस्थित उक्त कार्यक्रमको कार्यालय नै बन्द भईसकेको थियो ।

नागरिक समाज, मुगुका अध्यक्ष रुपबहादुर मल्लले पनि त्यो कार्यक्रमको यहाँको कार्यालय पनि पहिल्यै बन्द भईसकेको पुष्टि गरे । सडक निर्माण सकिएपछि कुटा–कोदाला पनि स्थानीयलाई वितरण गरिएको थियो । बचेका सामाग्री जिल्ला प्रशासनमा रहेको विपद् शाखालाई दिइयो ।

गाढी घोढाहरु पनि तह लागिसकेको उनले बताए । यसपटक पुनः सडक हस्तान्तरण गर्नुको विषयलाई उनि ‘ठूला–मान्छे आएपछि पुनः सडक अपनत्व लिइएको टिप्पणी गर्दै उनले भने, ‘बेलायती राजदूतलगायतका ठूला मान्छेहरु आएपछि उनीबाटै लिने भनेर फेरि लिए होलान् ।’

तपाईको प्रतिक्रिया