कर्णालीको समृद्धिको लागि नागरिकका सुझाव महत्त्वपूर्ण :  मुख्यमन्त्री शाही

मुगु,२९ मंसिर ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘समृद्ध कर्णाली सुखारी कर्णाली’ को अवधारणा पुरा गर्न नागरिकका सुझावको महत्त्वपूर्ण भूमिका हुने बताए ।

जिल्लामा पहिलो पटक सुझाव सङ्कलनको लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बिहीबार बोल्दै मुख्यमन्त्री शाहीले दिगो विकासका लागि सहभागीबाट आएको अमूल्य सुझावलाई प्रदेशका योजनामा समेट्न प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र जिल्ला समन्वय समितिको सहजीकरणमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगम कार्मारोङ गाउँपालिकाका नगर प्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष र सम्बन्धित पालिकाका प्रशासन अधिकृत, वडाअध्यक्ष र प्रादेशिक कार्यालयका प्रमुख तथा नागरिक समाजका प्रतिनिधिले आवश्यक सुझाव दिएका थिए।

अन्तरक्रिया कार्यक्रमका सहभागी जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले योजना छनोट प्रदेश र मन्त्रालयबाट नभई स्थानीय तहको सिफारिसमा जिल्लाका प्रादेशिक कार्यालयबाट योजना तर्जुमा हुनुपर्ने सुझाव दिए । प्रदेशबाटै योजना बनाउँदा जिल्लाको आवश्यकता भन्दा योजनामा राजनीति बढी हुने टिप्पणी गर्नुभएको थियो। यसले जिल्लाको दिगो विकासमा बाधा पुग्ने उनको सुझाव थियो।

अर्का सहभागी जयबहादुर मल्लले प्रदेश मन्त्रालयले नाग्म–मुगु गमगढी लोकमार्ग अहिलेसम्म स्तरउन्नती हुन नसकेको गुनासो गरे । उक्त लोगमार्गको दिगो विकास र लाोकमार्गको अवस्था के– कस्तो छ भनेर कर्णाली प्रदेशको मन्त्रालयबाट कुनै पनि अनुगमन नगेको र बाटोको अवस्था बिग्रिएको उनको भनाइ थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागी भएका बलराम सानीले नागरिकको सास्ती थाहा पाउन मन्त्री हवाईजहाजबाट नभई सडकबाट यात्रा गरे मात्रै पनि पुग्ने टिप्पणी गरे ।

गाेरखापत्र 

तपाईको प्रतिक्रिया
error: Content is protected !!