बिहे घरमा गएका शाहीको भिडबाट लडेर मृत्यु

दैलेख,२९ मंसिर  ।

दैलेखमा भिडबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महाबु गाउँपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ५७ वर्षिय राज बहादुर शाहीको बिहिवार बिहान ९ बजेको समयमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनको बुधवार राति सोही ठाउँमा भएको बिहे घरबाट फर्केने क्रममा भिडबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहले बताए ।

शाही मृत अवस्थामा फेला परेको स्थानियले प्रहरीलाई टेलिफोन मार्फत जानकारी गराएको र अहिले उक्त घटना स्थलमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी टोलि खटिएको उपरीक्षक शाहले जानकारी दिए । मृतक शाही सडकबाट अन्दाजी करिब १५ मिटर तल खसेका थिए ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!