जाजरकोटमा मोटरसाइकल ठक्करले एक जनाको मृत्यु

जाजरकोट,१५ मंसिर ।

जाजरकोटमा मोटरसाइकल ठक्करले एक जना महिलाको मृत्यु भएको छ । भेरी नगरपालिका –४ की ६१ बर्षीया विजया शाहीको मोटरसाइकल ठक्करले मृत्यु भएको हो ।

भेरी नगरपालिका –३ तल्लो थाप्लेमा पैदल हिँडिरहेकी शाहीलाई ०२००१ प ७८८६ नम्बरको मोटर साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी शाहीलाई उपचारका लागि नेपालगन्ज लग्दैगर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।


बिहीबार बिहान सदरमुकामस्थित तल्लो थाप्लेमा पैदल यात्रा गरिरहेकी शाहीलाई विपरीत दिशाबाट आउँदैगरेको मोटरसाइकलले ठक्कर दिँदा उनिँ गम्भीर घाइते भएकि थिईन् ।

भेरी नगरपालिका –३ का २७ वर्षीय विनोद विकले चलाएको मोटरसाइकलले शाहीलाई ठक्कर दिएको थियो । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको प्रहरी प्रमुख डिएसपी निरौलाले बताए ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार