कर्णालीमा प्रहरी कमजोर छ ः मन्त्री शाही

सुर्खेत,३१ असोज  ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा साधन स्रोतका हिसाबले प्रहरी कमजोर रहेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा दैलेखमा आयोजित कार्यक्रममा मन्त्री शाहीले कर्णालीमा प्रहरीले सीमित साधन स्रोतकै भरमा प्रभावकारी काम गरेको उल्लेख गरेका छन् ।

‘कर्णालीमा प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउनुपर्छ,’ मन्त्री शाहीले भने ‘थुप्रै प्रहरी विटलाई स्थायी बनाउनु आवश्यक छ, तीनलाई प्रभावकारी बनाउन स्रोत, साधन सम्पन्न बनाउनु छ ।’ मन्त्री शाहीले प्रहरीसँगै प्रयाप्त स्रोत साधन नै छैन्, कसरी काम गर्ने भन्दै प्रश्न गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समाजमा सुरक्षा चुनौती बढिरहेको बताउँदै प्रहरी थप सचेत, सबल र सक्षम हुनुपर्नेमा जोड दिए । प्रहरीले व्यवसायीकता प्रर्दशन गर्नुपर्ने उनको भनाइ छ ।

अन्नपुर्ण

तपाईको प्रतिक्रिया