कर्णाली सरकारकाे भ्रमणसँगै गाडी खरिद, मर्मत र ईन्धनमा करिब ६० करोड खर्च

सुर्खेत, १६ असोज ।
कर्णाली प्रदेश सरकारले आप्mनो पाँच वर्षको कार्यकालमा सवारी साधन खरिद, मर्मत, ईन्धन र भ्रमणमा मात्रै करिब ६० करोड रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ देखि आ.व २०७८÷७९ असारसम्म ५७ करोड ३२ लाख ४७ हजार ५ सय ६६ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सवारी साधन खरिद, मर्मत र इन्धनमा मात्रै करिब आधा अर्ब बजेट खर्च भएको छ । प्रदेश सरकारले ४७ करोड २४ लाख नौ हजार पाँच सय २८ रुपैयाँ सवारी खरिद र इन्धनमा खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रका कार्यालयका सूचना अधिकारी मिलन शर्माका अनुसार १० करोड आठ लाख ३८ हजार ३८ रुपैयाँ प्रदेश सरकारले भ्रमणमा खर्च गरेको छ ।

प्रदेश सरकारले २०७४ माघ देखि ०७९ असार बीचको अवधिमा सबैभन्दा बढी इन्धनमा र सवारी साधन मर्मत सम्भारमा खर्च गरेको छ । सबैभन्दा कम खर्च सवारी खरिदमा प्रदेश सरकारले गरेको छ । इन्धनमा १६ करोड ६४ लाख ६७ हजार दुई सय ४६ खर्च र सवारी साधन मर्मतमा १६ करोड तीन लाख १८ हजार दुई सय ९९ रुपैया प्रदेश सरकारले खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

नयाँ सवारी खरिदमा १४ करोड ५६ लाख २३ हजार नौ सय ८३ रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले सबैभन्दा बढी गाडी खरिद अ ा . व २०७६÷०७७ मा गरेको छ । उक्त वर्ष सरकारले चार करोड ३० लाख ४७ हजार नौ सय २० रुपैयाँको गाडी खरिद गरेको कार्यालयका सूचना अधिकारी मिलन शर्माले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले सुरुको आर्थिक वर्ष ०७४/७५ को अन्तिम चौमासिकका लागि ल्याएको (अन्तिम तीन महिनाको बजेट) बजेटमा दुई करोड ८२ लाख ६१ हजार १ सय ९८ रुपैयाँ सवारी साधन खरिदमा खर्च गरेको छ ।

यस्तै, आ.व २०७५/०७६ मा तीन करोड ४ ४ लाख २२ हजार ८ सय ३५ रुपैयाँ खर्च गरेको छ । यस्तै, आ.व २०७६/०७७ मा कर्णालीले चार करोड ३० लाख ४७ हजार नौ सय २० रुपैयाँ खर्च गरेर नयाँ गाडी खरिद गरेको छ । जसअन्तर्गत चार करोड २७ लाख १५ हजार पाँच सय २० रुपैयाँ आन्तरिक स्रोतबाट र तीन लाख ३२ हजार चार सय रुपैयाँ सशर्त अनुदानअन्तर्गतको बजेट खर्च गरेको लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आ.व २०७७/०७८ मा तीन करोड ६९ लाख ३२ हजार ७ सय ६५ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएकाे छ ।

प्रदेश सरकारले गत आव २०७८÷७९ मा १९ करोड २० लाख ४३ हजार पाचँ सय रुपैयाँ छुट्याएकोमा दुई करोड ९५ लाख ९२ हजार ६ सय ५६ रुपैयाँ खर्च गरेको छ । कर्णाली सरकारले गत आर्थिक वर्ष सवारी साधन मर्मत सम्भारमै ५ करोड ८२ लाख ५० हजार नौ सय रुपैयाँ खर्च गरेको छ । गत आ.व.मा सरकारले कूल ६ करोड २२ लाख ५६ हजार रुपैयाँ सवारी मर्मतका लागि विनियोजन गरेको छ ।

यस्तै, आ.व २०७४/७५ मा २४ लाख ७६ हजार सात सय सात रुपैयाँ खर्च गरेको छ । आ.व २०७५/७६ मा दुई करोड १२ लाख ४१ हजार पाचँ सय १० रुपैयाँ खर्च गरेको जनाएको छ । यस्तै, आ.व २०७६/७७ मा तीन करोड ९० लाख ७६ हजार पाँच सय २८ रुपैयाँ सवारी साधन मर्मतमा खर्च गरेको छ । उक्त वर्ष प्रदेश सरकारले आन्तरिक स्रोतबाट तीन करोड ८७ लाख ७८ हजार सात सय ९६ रुपैयाँ आन्तरिक स्रोतबाट र २९ लाख ९७ हजार सात सय ३२ रुपैयाँ शसर्त अनुदानबाट गाडी मर्मत सम्भार गरेको हो ।

यसैगरी आ.व २०७७/०७८ मा प्रदेश सरकारले सवारी साधन मर्मत सम्भारमा तीन करोड ९२ लाख ७२ हजार ६ सय ५४ रुपैयाँ सवारी मर्मतमा खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा छ । प्रदेश सरकारले इन्धन (पदाधिकारी) र इन्धन (कार्यालय प्रयोजनमा) पनि १६ करोड बढी रकम खर्च गरेको छ । जसमध्ये आव ०७४/७५ मा २५ लाख ७५ हजार ९९रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सूचना अधिकारी शर्माका अनुसार आ.व २०७५/०७६ मा प्रदेश सरकारले दुई करोड २० लाख ७२ हजार पाँच सय ७७ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा चार करोड ३७ लाख ९१ हजार ३ सय ८६ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी शर्माले बताए । आव ०७७/७८ मा चार करोड नौ लाख ४१ जार ५ सय ७७ रुपैयाँ खर्च गरेको छ ।


गत आर्थिक वर्षमा कर्णालीले ६ करोड ३० लाख ५६ हजार रुपैयाँ छुट्याएकोमा पा“च करोड ७० लाख ८६ हजार ६ सय ७ रुपैयाँ इन्धनमा खर्च गरेको छ । प्रदेश सरकारले पछिल्लो पाँच आर्थिक वर्षमा ६६ करोड ५२ लाख ३२ हजार तीन सय ८४ रुपैयाँ नयाँ गाडी खरिदका लागि बजेट छुट्याएको छ । यस्तै, सरकारले इन्धनका लागि १७ करोड ४४ लाख ३५ हजार चार सय २८ रुपैयाँ विनियोजन गरेको थियो ।

यसैगरी पाँच आर्थिक वर्षमा सरकारले सवारी साधन मर्मत सम्भारका लागि १६ करोड ४० लाख २१ हजार ६ सय २४ रुपैयाँ छुट्याएको थियो । केन्द्र सरकारले चालू आर्थिक वर्षमा नयाँ सवारी खरिद नगर्ने घोषणा गरेपनि कर्णालीले चाल आर्थिक वर्षमा पनि सवारीसाधन खरिदमा १३ करोड ३९ लाख ४६ हजार रुपैयाँ विनियोजन गरेको छ । सरकारले गाडी मर्मतसम्भारका लागि ३ करोड १८ लाख २२ हजार रुपैयाँ छुट्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाहले आचारसंहिता उल्लंघन गरेर प्रदेश सरकारले गाडी खरिद नगरेको बताइन् । ‘चालु आ.वमा पनि गाडीका लागि बजेट छुट्याइएको छ,’ उनले भनिन्, ‘बजेटमा घोषणा गरिसकेपछि गाडी किन्दा आचारसंहिता उल्लंघन त हुँदैन त्यसैले हामी गाडी खरिद गर्ने/नगर्नेबारे छलफल गरेर अगाडि बढ्छौँ ।’ कर्णाली सरकारले १० करोड बढी रकम भ्रमणमा मात्रै खर्च गरेको छ ।

कार्यालयका सूचना अधिकारी शर्माका अनुसार सरकारले १० करोड आठ लाख ३८ हजार ३८ रुपैयाँ भ्रमणमा मात्रै खर्च गरेको हो । प्रदेश सरकारले सबैभन्दा बढी भ्रमण खर्च गत आर्थिक वर्षमा गरेको छ । गत वर्ष प्रदेश सरकारले भ्रमणमा मात्रै चार करोड ६२ लाख ९३ हजार सात सय ७२ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले भ्रमणमा मात्रै तीन करोड ६१ लाख ६५ हजार दुई सय ४९ रुपैयाँ खर्च गरेको छ ।

आ.व २०७७/०७८ मा प्रदेश सरकारका पदाधिकारी तथा कर्मचारीले दुई करोड २६ लाख ५१ हजार सात सय नौ रुपैयाँ भ्रमणमै खर्च गरेका छन् । आ.व २०७५/०७६ मा प्रदेश सरकारले दुई करोड ७६ लाख ८७ हजार सात सय ६४ रुपैयाँ खर्च गरेको कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिए ।

प्रदेश सरकार गठन भएपछि ल्याइएको अन्तिम तीन महिनाको बजेटमध्ये आ.व २०७४/०७५ मा ४२ लाख चार हजार सात सय ९३ रुपैयाँ भ्रमणमा खर्चिएको छ । जसमध्ये सरकारले भ्रमण खर्च शीर्षकमा ३५ लाख ३० हजार ९४ रुपैयाँ खर्च गरेको छ । यस्तै, विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमणमा ६ लाख ७४ हजार ६ सय ९९रुपैयाँ खर्च गरिएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार