हुम्लामा एलपी ग्यासको प्रयोग वृद्धि

हुम्ला,१६ असोज।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ९एलपी० ग्यास प्रयोग गर्नेको सङ्ख्या उच्च दरमा वृद्धि भइरहेको छ । सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डका हीरा शाहीले पहिले १५ परिवारले एलपी ग्यास प्रयोग गरिरहेकोमा अहिले डेढ सयभन्दा बढी परिवार पुगेको जानकारी दिए । सर्केगार्डमा १७० घरधुरी छन् ।

उनले विद्युुत् सेवा नियमित नहुुनुु र दाउराको समस्या हुुने हुँदा एलपी ग्यासप्रति उपभोक्ताको आकर्षण बढेको बताए। “हिसाब गर्दा एलपी ग्यास नै सस्तो पर्ने भएपछि यसको प्रयोग गर्ने वृद्धि भएको हो,” उनले भने ।

राजमार्गबाट आधा घण्टा खच्चडमा ढुवानी गरेर ल्याएपछि सर्केगार्डमा एक सिलिन्डर एलपी ग्यासको मूल्य चार हजार पाँच सय रुपियाँ पर्छ । गाडीबाटै ढुवानी हुने सलीसल्ला र चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा यसको मूल्य चार हजार पर्छ । सदरमुकाम सिमकोटकी गीता लामाले २२० भन्दा बढी परिवारले एलपी ग्यास प्रयोग गर्न थालेको जानकारी दिए ।

छ महिना अघिसम्म प्रतिसिलिन्डर एलपी ग्यासको मूल्य चौध हजार रुपियाँ हुँदा २० परिवारले मात्र प्रयोग गर्ने गर्थे । अहिले यहाँ एक सिलिन्डरको छ हजार पाँच सय रुपियाँ पर्छ ।

उनले दाउराभन्दा एलपी ग्यास सस्तो, छिटो र भाँडा सफा हुने भएपछि प्रत्येक दिन यसको प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको बताए ।

उनले प्रत्येक दिन दुुई÷चार नयाँ उपभोक्ताले ग्यास प्रयोग गर्न थालेको बताए  । सिमकोटकै ग्यास व्यापारी लोकेन्द्र शाहीले छ महिनाअघिको तुलनामा दस गुणाभन्दा बढीले ग्राहक बढेको जानकारी दिए । उनले पहिले सिमकोटमा चौध हजार रुपियाँ पर्ने ग्यास अहिले साँढे छ हजार रुपियाँमा पाउन थालेपछि यसको प्रयोग गर्ने उपभोक्ता वृद्धि भएको बताए

“छ हिनाअघि महिनामा १५ देखि २० सिलिन्डर खच्चडबाट ढुवानी गर्थीयौ । अहिले ६० सिलिन्डरभन्दा बढी नै झिकाउन थालेको छु,” ग्यास व्यापारी शाहीले भने  ।

गोरखापत्र

तपाईको प्रतिक्रिया