राउटे बस्तीमा दसैँको खसी उपहार

दैलेख,१५ असोज ।

वनमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदाय दसैँ मनाउन जुटेका छन् । जाजरकोट जिल्ला बाट भगवतिमाई गाउँपालिका – १ पगनाथमा बस्ती सरेका राउटे समुदायमा दसैँको रौनकताले छोइसकेको छ ।

अगुवाहरू गाउँ गाउँ र बजार केन्द्रित भएर आफ्नो जनताका लागि विभिन्न सहयोग माग्दै हिँडेका छन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसँग मासुको व्यवस्था गर्न माग गरेका राउटेलाई शुक्रबार भगवतिमाई गाउँपालिकाले दुई वटा खसी उपहार दिएको छ ।

भगवतिमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले राउटे समुदायका लागि पालिकाबाट दुई वटा खसीको व्यवस्था गरिएको बताए । राउटे समुदाय खोलाको तिरमा बसेको हुँदा पालिकाले ९६ थान पी फर्म समेत हस्तान्तरण गरेको छ ।

सामाजिक सुरक्षा भत्ता पाएनन्

यो समुदायका ४३ घरधुरीमा गरी १४४ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै पुगेर राउटे समुदायलाई अघिल्लो वर्षको सामाजिक सुरक्षा भत्ता साउन ८ गते वितरण गरिएको थियो । सरकारले अतिलोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक रु चार हजार प्रदान गर्दै आएको छ ।


राउटे परियोजना मार्फत समुदायमा खटिएका शिक्षक लालबहादैलेख, असोज १५ गते । वनमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदाय दसैँ मनाउन जुटेका छन् । जाजरकोट जिल्ला बाट भगवतिमाई गाउँपालिका – १ पगनाथमा बस्ती सरेका राउटे समुदायमा दसैँको रौनकताले छोइसकेको छ ।अगुवाहरू गाउँ गाउँ र बजार केन्द्रित भएर आफ्नो जनताका लागि विभिन्न सहयोग माग्दै हिँडेका छन् ।

राउटे परियोजना मार्फत समुदायमा खटिएका शिक्षक लालबहादुर खत्रीले राउटेहरूले पाउने भत्ता नआएको कारण समस्या भएको बताए । उनले कोलिनिका मार्फत गुराँस गाउँपालिका–८ को वडा कार्यालयमा भत्ता निकासा गरेको भए पनि अहिले सम्म भत्ता वितरण हुन नसकेको बताए ।

भत्ता नआएका कारण कुखुराका चल्ला समेत किन्न नसकिएको राउटे मुखिया सूर्यनारायण शाहीले बताउनुभयोदुर खत्रीले राउटेहरूले पाउने भत्ता नआएको कारण समस्या भएको बताए ।

उनले कोलिनिका मार्फत गुराँस गाउँपालिका–८ को वडा कार्यालयमा भत्ता निकासा गरेको भए पनि अहिले सम्म भत्ता वितरण हुन नसकेको बताए । भत्ता नआएका कारण कुखुराका चल्ला समेत किन्न नसकिएको राउटे मुखिया सूर्यनारायण शाहीले बताए ।

गोरखापत्र


Leave a Reply

Your email address will not be published.


ताजा समाचार