गुर्भाकोटमा बजार अनुगमन :गार्डेन मार्टमै भेटियो म्याद सकिएको सामान

दिलिप ढकाल,
सुर्खेत,१५ असोज ।

चाडपर्ब नजिकिय संगै देशै भर बजार अनुगमन गर्ने क्रम चलिरहेकै बेला  गुर्भाकोट नगरपालिकामा पनि चाड पर्ब लक्षित बजार अनुगमन गरिएको छ।

गुर्भाकोट नगरपालिकाले बिभिन्न समयमा गर्दै आएको अनुगमन लाई निरन्तरता दिने क्रमममा चाडपर्ब लाई लक्षित गर्दै बजार अनुगमन गरेको हो। गुभाकोट नगरपालिकाको मुख्य बजारको रुपमा रहेको मेहेलकुना बजार र बोटेचौर बजारमा अनुगमन गरिएको हो।

गुर्भाकोट नगरपालिका ८ मेहेलाकुनाको बजार अनुगमन गर्दा नगरपलिका कै ठुलो तथा सबै सामान एकै ठाउमा सर्बसुलभ मुल्यमा पाईने मार्टको रुपमा चिनिदै आएको गार्डेन मार्टमा पनि म्याद सकिएको सामाग्री भेटिएको छ। नगरपालिकाको केन्द्र बिन्दु मेहेलकुना बजारमा रहेको मार्टमा अनुगमन गर्दा म्याद सकिएको १ किलो को ८ वटा महं को डिब्बा फेला परेको हो।

सेवा ग्राही लाई सर्ब सुलभ तथा सबै सामान एकै ठाउमा उपलब्ध हुने गार्डेन मार्टमा म्याद सकिएको सामान भेटिनु त्यति सोभनीय नभएको अनुगमन समितिका संयोजक तथा नगर उप प्रमुख मैना बिकले बताए ।

त्यस्तै मेहेलकुना बजारमै अनुगमन गर्दा सावित्रा किराना पसलमा आधा किलो को १५ डिब्बा तथा २५० ग्राम को २७ डिब्बा घिउ, करेन्ट खुर्सानी,सब्जी मसला,भिक्टोरिया मसला,बदाम,पापड, ग्रम मसला बियर्नि मसला लगाएत म्याद सकिएको थुप्रै खाद्यान्न सागरी फेला परेको छ।

यस्तै ८ नम्बर वडाकै गोबिन्द किराना पसल,सुभलक्ष्मी भण्डार,मिलन किराना पसल,अनु खाध्य तथा किराना पसल, डिसी किराना पसल,श्रीजना खाध्य तथा किराना पसलमा पनि म्याद सकिएको चाउमिन मसला,चिकेन मसला,चाट मसला,करेन्ट मसला,मम मसला, बिस्कुट,गुल्कोज लगाएतका म्याद सकिएको सामाग्री भेटिएको हो।

अनुगमन गरिएका खाध्य तथा किराना पसल मध्ये लामिछाने खाध्य तथा किराना पसल,रोका खाध्य तथा किराना पसल र अनु खाध्य तथा किराना पसलमा म्याद सकिएको कुनै पनि सामान नभेटीएको हो। साथै अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सुची नभएको पाईएको छ। सबै पसलका संचालक लाई आगामी दिनमा दैनिक उपभोग्य सामानको मूल्य सुची अनिवार्य रुपमा राख्न र म्याद सकिएको सामान बिक्रि वितरण नगर्न समेत आग्रह गरिएको छ।

यस्तै गुर्भाकोट नगरपालिकाकै अर्को ठुलो बजार बोटेचौर बजारमा पनि म्याद गुज्रिएका मसला लगाएतका सामाग्री फेला परेका छन्। अनुगमनको क्रममा भेटिएको म्याद सकिएका सामाग्री हरु लाई गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को खैरेनी भेरिपुल मुनि आगो लगाएर नस्ट गरिएको छ। अनुगमनको क्रममा करिब एक लाख पचास हजार बराबरको सामान नस्ट गरिएको हो।

नगर उप प्रमिख मैना बिक,प्रसाशन प्रमुख चित्र बहादुर ढकाल,उद्योग बाणिज्य संघ भेरी उपशाखा मेहेलकुना का अध्यक्ष यामलाल पंगाली,उद्योग तथा ब्यबसाय प्रबर्धन शाखामा कार्यरत प्रकाश भट्टराई, अम्मर वली र महेश सिंह ठकुरी,मेहेलकुना बजार ब्यबस्थापन समितिका अध्यक्ष रिमराज मल्ल,प्रहरी चौकी मेहेलकुनाका प्रहरी नायब निरीक्षक कृष्ण खड्का, प्रहरी हवल्दार गोपाल गुरुङ्ग लगाएत नगरपालिका मा कार्यरत कर्मचारीको उपस्थिमा अनुगमनमा गरिएको हो।

तपाईको प्रतिक्रिया