अख्तियारमा कर्णालीका सात सय ८० उजुरी, ६ सय ३९ जनाविरुद्ध मुद्दा दायर

सुर्खेत, १४ असोज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ मा कुल सात सय ८० उजुरी प्राप्त गरेको छ । प्राप्त उजुरीहरुमध्ये एक सय ३१ वटा उजुरीको मुद्दा दर्ता गरिएको छ ।

जसमध्ये कर्णालीमा अख्तियारले ६ सय ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा अघि बढाएकाहरुमा सबैभन्दा धेरै गैरकानूनी लाभ वा हानी पु¥याएकाहरुको संख्या धेरै छ । यो संलग्नताको आधारमा हो । यसैगरी शीर्षकहरुको आधारमा मुद्दाको प्रकृति हेर्दा सार्वजनिक सम्पत्तिको हानी नोक्सानीतर्फ धेरै मुद्दा दर्ता भएका छन् ।

गैरकानूनी लाभ वा हानी पुरयाएकाहरुमा अख्तियारले तीन सय २२ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । यो संख्यामा पुरुषहरुको संख्या दुई सय ५८ जना छ । यसैगरी सार्वजनिक सम्पत्तिको हानी नोक्सानीतर्फ ३५ वटा मुद्दा दर्ता भएका छन् ।

अख्तियारले दर्ता गरेको उजुरीको आधारमा घुसतर्फ ३२ उजुरी दर्ता भएका छन् । यसैगरी झुठा शैक्षिक प्रमाण पत्रतर्फ ६ वटा, गैरकानुनी सम्पति आर्जनतर्फ सात वटा, सार्वजनिक सम्पत्तिको हामी नोक्सानीतर्फ ३५ वटा, गैरकानुनी लाभ वा हानी पुरयाएकोतर्फ ३४ वटा, राजस्व चुहावटतर्फ पाँच वटा र अन्यतर्फ १२ वटा मुद्दा अख्तियारले दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रमुख भेषराज रिजालले जानकारी दिए ।

डोल्पामा भ्रष्टाचारका न्यून उजुरी
अख्तियारको सुर्खेत कार्यालयले बुधबार कर्णालीका प्रदेश प्रमुख तिलक परियार समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । अख्तियारको प्रतिवेदनमा आ.व २०७८/०७९ मा अख्तियारलाई एक हजार चार सय २५ उजुरी प्राप्त भएको थियो । जसमध्ये ६ सय ४५ उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट अ.ल्या हुन् ।


आयोगलाई २०७८/०७९ मा प्राप्त उजुरीमा सुर्खेतबाट सबैभन्दा धेरै उजुरी आएका छन् । जिल्लागत रुपमा हेर्दा सुर्खेतबाट एक सय ७५, दैलेखको एक सय २४, मुगुको ९४, कालिकोटको ७०, हुम्लाको ७०, र जारकोटको ६४ उजुरी आयोगले लिएको छ ।

यसैगरी जुम्लाको ४५, सल्यानको ६४, रुकुम पश्चिमको ४४ र डोल्पाको २६ उजुरी आयोगमा परेको छ । यसैगरी रुकुम पुर्वका समेत चार उजुरी आयोगले लिएको आयोगको सुर्खेत कार्यालयका प्रमुख रिजालले जानकारी दिए ।

कर्णालीमा थोरै उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयाोगलाई प्राप्त उजुरीहरुको तथ्यांक हेर्ने हो भने कर्णाली अख्तियारमा थोरै मात्र उजुरी परेको देखिन्छ । कर्णालीसँगै गण्डकी प्रदेशमा समेत अख्तियारले थोरै उजुरी लिएको छ ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै मधेश प्रदेशमा २४ दशमलव २५ प्रतिशत उजुरी छन् । बागमती प्रदेशमा २४ दशमलव १३ प्रतिशत उजुरी छ । लुम्बिनी प्रदेशमा १४ प्रतिशत, १ नं. प्रदेशमा १२ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा १० प्रतिशत, कर्णाली प्रदेशमा आठ प्रतिशत र गण्डकी प्रदेशमा ७ प्रतिशत उजुरी प्राप्त भएको अख्तियारको तथ्यांक छ । आर्थिक वर्ष २०७८/०७९ मा अख्तियारले नेपालभरबाट कुल १६ हजार दुई सय ३८ उजुरी प्राप्त गरेको थियो ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार