राष्ट्रपति शैक्षिक सुधार अनुदान पाउने विद्यालयहरुको नामावली

सुर्खेत, १३ असोज ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट अनुदान देशभरीका ३ हजार ४ सय ७५ वटा विद्यालयले प्राप्त गरेका छन् । शैक्षिक भवन निर्माण, कम्प्युटर ल्याप निर्माण, पुस्तकालय निर्माण, फर्निचर खरिद, विद्यालय घेराबार, खानेपानी, शौचालय निर्माणका लागि विद्यालयहरुलाई अनुदान दिने गरिन्छ । अार्थिक बर्ष २०७९/०८० का देशैभरीबाट विधालय छनाै‌ट गरी विधालयले पाउने बजेट समेत सार्वजनिक गरिएकाे छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कर्णाली प्रदेशबाट चार सय ४७ विद्यालय छनौट भएका छन् । नयाँ भवन निर्माण तथा आईसिटी कार्यक्रम अन्र्तगत यी विद्यालयहरु छनौट भएका हुन् । जिल्लागत रुपमा हेर्दा अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला रुकुम पश्चिमका सबैभन्दा धेरै विद्यालय छनौटमा परेका छन् ।

रुकुमम पश्चिमका ९२ विद्यालय, दैलेखका ५०, जाजरकोटका ४८, सल्यानका ४७ र कालिकोटका ४१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका हुन् । त्यसैगरी सुर्खेत र जुम्लाका ४०–४० वटा, हुम्लाका ३९ वटा डोल्पाका ३१ वटा र मुगुका १९ वटा विद्यालय छनौटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

छनाैट भएका विधालयकाे विवरण

तपाईको प्रतिक्रिया