सम्पादकीय : अग्रसरता आफै लिने कि ?

वि.सं. २०३७ सालमा सुर्खेतको वीरेन्द्रनगरमा स्थापना भएको शिद्व बहिरा बाल विद्यालयको नयाँ भौतिक पूर्वाधार एवं संरचनामा निर्माण हुँदै गरेको खबर निश्चयपनि सबैका लागि एउटा सुखद र सकारात्मक समाचार हो । एक त बोलेर आप्mना कुरा र भावना व्यक्त गर्न नसक्ने बालबालिकाले शिक्षा प्राप्त गर्ने ठाउँपनि बोलेर आप्mना दुर्दशा र दुर्गतिबारे भन्नसक्ने अवस्थामा थिएन, भनेपनि सुनिदिने र सुनेपनि वास्ता गरिदिने कोहि नहुँदा झण्डै ४२ सालसम्म गुजारामौ चल्दै चलाउँदै आयो । यो विद्यालय सम्भवतः पश्चिम नेपालकै पहिलो र एक मात्र बहिरा बालबालिकाको विद्यालय हो ।

कर्णालीका प्रदेशका विभिन्न जिल्लाका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुबाट समेत बहिरा बालबालिका अध्ययनका लागि सुर्खेतकै विद्यालय आउनुले पनि यसको पुष्टि गर्छ । यतिविघ्न महत्व बोकेका विद्यालयले ढिलै भएपनि आप् mनो काँयाकल्प परिवर्तन गर्ने अवसर पाउनु सरोकारवाला सबैका लागि खुशीयालीपनि हो । नयाँ भवन र संरचनाको खुशीयालीसंगै विद्यालयमा पढाईका लागि आवश्यक पर्ने संकेतहरुको अभावका कारण पढाईमा वाधा आइपरेको खबरले भने मन कुँडाएको छ ।

हुन त अन्य विद्यार्थी र विद्यालयका पाठ्यपुस्तक अभाव हुने कर्णालीमा ओझेलमा परेका यी विशेष क्षमताका बालबालिकाको पढाईका लागि पाठ्यपुस्तकझैं महत्वपूर्ण भूमिका रहने संकेत अभाव हुन धेरैका लागि चासो, चिन्ता र सरोकारको विषय नहुनसक्छ । किताबै नभएपनि अन्य वैकल्पिक माध्यमबाट पढाई गर्न सकिने सामान्य अवस्थाका विद्यार्थीले पुस्तक नपाउँदा होहल्ला र हंगामा मच्चाउने सरकारी कर्मचारीलाई मोसो दल्नेसम्मका ल्याकत भएका संघसंस्था र संगठनहरु बहिरका बालबालिकाका विषयमा थाहा नपाएरै नबोलेका हुन या बेवास्ता या मतलब नभएका कारण नबोलेका हुन् ?

कारण जेसुकै भएपनि यो अकर्मण्यता मात्र होइन बहिरा बालबालिकाको भविष्यसंगको खेलवाड पनि हो ।९६ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १० कक्षासम्म पढाई भईरहेकोमा कक्षा ८,९ र १० का बालबालिकाका लागि आवश्यक संकेतहरको अभाव रहेको विद्यालयले जनाएको छ । ‘साना कक्षाहरुमा सांकेतिक संकेत अभावले खासै समस्या नभएपनि माथिल्ला कक्षाका विद्यार्थीलाई पढाउन, बुझाउन र सिकाउन खोजिएका विषयवस्तु राम्ररी बुझाउन नसकिने समस्या झेल्नुपरेको विद्यालयका शिक्षकहरुले गुनासो गरेका छन ।

त्यसमापनि गणित, विज्ञान जस्ता कठिन विषयहरु पढाउन झनै कठिन हुने गरेको उनीहरुको अनुभव छ । एकाथरि बालबालिका कापीकिताबको साटो मोबाइल, ल्यापटप हुँदै ब्ल्याकबोर्डको साटो डिजिटल स्क्रिनमा पढ्ने अवसर पाईरहँदा कर्णालीका कोहि विद्यार्थी पुस्तक नपाउने त कोहि पढाईका सामाग्री नपाउने अवस्थामा हुनु विभेदको पनि पराकाष्ठा हो । हुन त सबै बालबालिकाको अधिकार समान हुनुपर्छ र शिक्षामा सबैको पहुँचपनि समान नै हुनुपर्छ ।

तर शारिरीक रुपले विशेष क्षमता भएका बालबालिकाका विषयमा सरकार र सम्बन्धित पक्षहरु अझ बढि जिम्मेवार र अग्रसर हुनु मानवीय मात्र नभई नैतिक दायित्वपनि हो । बोल्नै नसक्ने अवस्थाका बालबालिकाले आप्mना अभाव र संकटका विषयमा गुनासो पोख्नुभन्दा पहिला नै उनीहरुका समस्या समाधान गर्ने संकट र अभाव टार्नसक्ने अग्रसरता देखाउने हो भने उनीहरुका लागि पनि हौसला र प्रेरणा हुने थियो ।

तपाईको प्रतिक्रिया