विद्यालय शिक्षा सुधारका लागि करोडौ बजेट खर्चिंदै

मोहन सिंह
जाजरकोट,८ असोज ।

सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शिक्षामा वर्षेनी अर्बौ बजेट छुट्याउँदै आएको छ ।

गैरसरकारी निकायले पनि शिक्षकलाई तालिमदेखि विद्यालय शिक्षा सुधारका लागि करोडौ बजेट खर्चिंदै आएका छन् । तर जाजरकोट का सरकारी विद्यालयको शैक्षिक उपलब्धि अपेक्षित रूपमा आउन सकेको छैन ।

माध्यमिक तहको शिक्षा गुणस्तर, व्यावहारिक र सीपमूलक नभएकै कारण जाजरकोटका ब्याचलर गरेका जनशक्ति पनि बेरोजगार बसेका छन् भने अधिकांश प्लस टु पढेका युवा कालापहाड र खाडीमा गएका छन् । सरकारी विद्यालयको शिक्षा गुणस्तर नहुनु, सरकारको लगानीअनुसार शैक्षिक उपलब्धि नहुनुका विभिन्न चुनौतीमध्ये परीक्षामा चिट चोराएर पास गराउने प्रवृत्ति मुख्य समस्या हो । जाजरकोटमा सबैभन्दा नाजुक र दयनीय अवस्था शिक्षा क्षेत्रको छ ।

शैक्षिक गुणस्तरका नारा लगाएर आधारभूत तहदेखि प्लस टु सम्मका परीक्षामा चिट चोराएर पास गराउने संस्कार रहेको । चिट चोराएर पास गराउने गलत संस्कारले जाजरकोटको शैक्षिक अवस्था खस्किँदो छ ।”


जाजरकोट का शिक्षकहरुले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने र सरकारी विद्यालयका विद्यार्थीलाई परीक्षामा चिट चोराउन शिक्षक नै अग्रसर देखिएका छन् । सरकारी नुनपानी खाएर शिक्षकले नै सरकारी विद्यालयको शैक्षिक अवस्था खस्काएको देखिन्छ ।

जब सम्म शिक्षामा भएको बेथिति हटाउन सकिँदैन, तबसम्म समाज विकासको परिकल्पना असम्भव छ । चिट चोराएर पास भएका जनशक्ति भविष्यमा राज्यका कुनै निकायमा बिक्न सक्दैनन् । राम्रो शिक्षा सिक्ने, टिक्ने र बजारमा बिक्ने खालको हुनुपर्छ । शिक्षकले विद्यार्थीलाई मेहनत गराउन सिकाउने हो ।

जाजरकोट का शिक्षकले चिट चोराउन सिकाउने गरेको पाइयो ।माध्यमिक तहको शिक्षा गुणस्तर नभएकै कारण जाजरकोटको जनशक्ति उच्चशिक्षा र राज्यको उच्च ओहोदामा अपेक्षाकृत रूपमा पुग्न सकेका छैनन् । त्यसको मुख्य कारण नै चिट चोराएर पास गराउने प्रवृत्ति हो । चिट चोराउने नाइके नै शिक्षक हुन् । जसले सरकारको तलब भत्ता खाँदै आएका छन् । जाजरकोट का सबै विद्यालयमा अनुगन पनि नहुने देखिएको छ ।जाजरकोटको शैक्षिक अवस्था दयनीय भएको छ तर यसको हेर देख कस्ले गर्ने त?

जाजरकोट का अधिकाङ्ग्स बिधालयमा किताब नपढेरै बिधार्थीले परीक्षा दिने गरेको भेटिएको छ । शिक्षकले बिधालयमा बिधार्थीलाई पढाउने बेलामा अल्छि गर्ने बिधालयमा नियमित उपस्थित नहुने तर परिक्षाको बेला भने अाफ्नो बिधालयको र अाफ्नो लाज लुकाउनका लागी बिधार्थी लाई चिट चोराएर पास गराउने गरेका छन । यस्तो शिक्षाले बिधार्थी परीक्षा बाट पास त होलान तर बिधार्थीको भबिष्यले भने कुन बाटो रोज्ने हो थाहा छैन ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार