गुर्भाकोटका किसानलाई निशुल्क तरकारीको बिउ वितरण तथा पलास्टिक टनेलको घर निर्माण

दिलिप ढकाल
सुर्खेत,७असोज।

गुर्भाकोट नगरपालिका UNDP र अन्तर निर्भर समाज सुर्खेतको साझेदारीमा गुर्भाकोट नगरपालिका भित्रका बिभिन्न वडामा कृषि क्षेत्रमा आबद्द रहेका कृषक हरु लाई सहुलियतामा बिउ बिजन वितरण गरिएको छ।

नगरपालिका भित्रका ५, ८, १०, ११, १२ र १३ नम्बर का कृषि क्षेत्रमा आबद्व किसान हरु लाई लक्षित गरि उक्त कार्यक्रम संचालान गरिएको हो। हाल गुर्भाकोट नगरपालिका वडा नम्बर ८,१२ र १३ का किसान लाई ६ प्रकारका तरकारी बिउ र आलुको बिउ वितरण गरिएको गुर्भाकोट नगरपालिका कृषि शाखा प्रमुख नबराज थापाले जानकारी दिए ।

तिन वटा वडामा ४० वटा पलास्टिक टनेलको घर निर्माण गरिएको छ भने वडा नम्बर १०,र ११ मा भकारो सुधार कार्यक्रम संचालन भएको समेत प्रमुख थापाले बताए ।

तिन वटा वडा ८, १२, १३ मा जम्मा १०० जना किसान लाई तरकारीको बिउ तथा आलुको बिउ वितरण गरिएको हो। २०७८ चैत्र देखि सुरु भएको यो कार्यक्रम हाल सम्म गुर्भाकोट नगरपालिका को ५ वटा वडामा संचालन भएको छ। ब्यबसायिक रुपमा कृषि पेसामा लागेका किसानलाई कृषि पेसामै आत्मा निर्भर बनाउनको लागि र थप उत्साह थप्नको लागि उक्त कार्यक्रम अगाडी बढाइएको जनाइएको छ। किसान लाई तरकारी बिउ निशुल्क वितरण गरिएको हो भने निशुल्क रुपमा पलास्टिक टनेलको घर निर्माण गरिएको हो।

तपाईको प्रतिक्रिया