तत्कालिन घुमखहरे गाविस सचिवसहित ४ जना उपर भ्रष्टाचार मुद्धा

सुर्खेत, ७ असोज ।
सुर्खेत जिल्लाको साविक घुमखहरे गा.वि.स.का तत्कालीन गा.वि.स. सचिब खड्क बहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसमेत ४ जना उपर भ्रष्टाचारको मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सार्वजनिक सम्पत्ति हिनामिना एवं गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र विशेष अदालतमा दायर गरेको हो ।

जिल्ला सुर्खेत, साविक घुमखहरे गा. वि. स. वडा नं. ९ हाल गुर्भाकोट न.पा. वडा नं. १० स्थित लामिताले मोटर सिंचाई आयोजनाको उपभोक्ता समितिको अध्यक्ष लगायतले मोटर सिंचाईको लागि आएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान भएको थियो ।

अनुसन्धान हुँदा लामिताले मोटर (लिफ्ट) सिंचाई आयोजनाको लागि आ.व. २०६४/०६५ देखि २०६८/०६९ सम्म उक्त योजनामा खर्च भएको रु.४,३८,५००।– रकम कार्य सम्पन्न नगरी झुट्टा बिल भरपाई बनाई भुक्तानी लिने दिने कार्य गरिएको थियो ।

सिंचाईको कुलो निर्माणसमेत नगरी नगरे नभएको कामबापत भुक्तानी लिएबाट निम्न प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

तपाईको प्रतिक्रिया