हरियाली स्वास्थ्य आमा समुहका ६ जना सम्मानित

दिलिप ढकाल
सुर्खेत,७ असोज ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्ले को आयोजना मा सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ४ अन्तर्गत रहेको श्री हरियाली स्वास्थ्य आमा समुहका २८ जना सदस्य मध्य ६ जना लाई सम्मान गरिएको छ। चौबिस पटक सम्म बच्चालाई तौल गरि सम्मानित हुने आमा समुहका सदस्यहरु क्रमश:जित कुमारी तारम मगर, गिता थापा मगर डाँगी , उमा गुरुङ, र प्रमिला थापा मगर गरि चार जना रहेका छन्।

सुत्केरी पछी तिन दिन र सात दिनमा चेक जाच गराए बापत शान्ति थापा मगर उत्कृष्ठ भएकी छन् भने ,गर्भवती प्रोटोकल अनुसार उत्कृष्ट आमा संगिता राना सम्मानित भएकी छन्। । सम्मान कार्यक्रममा मेसिनमा बच्चा राखेर तौल्नको लागि सहज होस् भनेर बासको टोकरी आमा समुहलाई वितरण गरिएको थियो।

पोषण अन्तरगत सर्बोत्तम पिठो,कोल्गेट ब्रस ,साबुन लगाएत स्वास्थ्य सामाग्री सँगै सम्मान पत्र पनि वितरण गरिएको थियो।


वडा नम्बर ४ का अध्यक्ष तथा स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष बेल बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रम को अध्यक्षता हरियाली आमा समुहको अध्यक्ष टीका थापाले गरेका थिए ।


कार्यक्रममा स्वास्थ्य ब्यबस्थापन समितिका उपाध्यक्ष तथा कर्यापालिका सदस्य लक्ष्मी सुनार, वडा सदस्य डिलमया वली, दुर्गा बहादुर खत्री, हुम बहादुर थापा, जन सेवा माबि असुरेनी धामका प्र. अ. अम्बर बहादुर थापा र आधारभुत स्वास्थ्य सेवा केन्द्र पिप्ले को अ. हे. ब. रिता कंवर लगायत आमा समुह सदस्य हरुको उपस्थित रहेको थियो।

आधारभूत स्वास्थ्य केन्द्र पिप्लेका प्रमुख प्रेम बहादुर सुनारले कार्यक्रम संचालन गरेका थिए  भने अ. हे. ब. रिता कंवरले स्वागत मन्तव्य राखेका थिए ।  कार्यक्रम मा स्वास्थ्य ब्यबस्थापन समितिका उपाध्यक्ष तथा कर्यापालिका सदस्य लक्ष्मी सुनार, उपस्थित वडा सदस्य लगाएतले आफ्नो भनाई राखेका थिए। सम्मान कार्यक्रम सामाग्री खरिदको लागि निर्बाचित जना प्रतिनिधि हरि वडा अध्यक्ष बेला बहादुर चन्द,कर्यापालिका सदस्य लक्ष्मी सुनार तथा वडा सदस्यहरुले आर्थिक सहयोग गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नम्बर ४ का वडा अध्यक्ष बेल बहादुर चन्दले दुई वर्षा मुनिका १००० दिने आमाहरुले नियमित रुपमा गर्भवती जाच सुत्खेरी जाच र दुई बर्ष भित्र बच्चाको तौल लिने कार्यलाई बिषेश ध्यान दिन समेत आग्रह गरेका छन् ।

कालिमाटी गाउ पालिका वडा नम्बर ४ लाई कुपोषण मुक्त बनाउने,होम डेलिभरी अन्त्य गर्ने, सम्पूर्ण गर्भवती लाई स्वास्थ्यको पहुचमा राख्ने,स्गर्भावती आमाहरुमा घट्ने खतराका लक्षण हरु बाट टाढा राख्ने,सुत्खेरी हुदा वा भएपछी हुने मृतुदर लाई अन्त्य गर्नको लागि यो कार्यक्रमको मुख्य उदेश्य रहेको थियो।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार