अखिल(क्रान्तिकारी)ले गठन गर्याे सिद्धेश्वरि माविमा मुलइकाई कमिटी

दुर्गा विसि
सल्यान,५ असोज ।

विद्यार्थीसँग अखिल (क्रान्तिकारी) मुल अभियानका साथ सल्यान अखिलले आज बनगाड कुपिण्डे नगरपालिकाकाे वडा १२ मा रहेको सिद्धेश्वरि माविमा मुल एकाइ कमिटी गठन गरेको छ ।अखिल सधैं विद्यार्थीकाे सारथि हाे भन्ने मुल मन्त्रका साथ जिल्ला भर अखिलले अभियानलाई व्यापकता पारेकाे विद्यार्थी अखिल (क्रान्तिकारी) प्रदेश सचिव ठगेन्द्र पुनले वताए ।

सल्यानकै भौगोलिक रुपमा विकासमा पछि पारिएको,राज्यको नजर नपरेको साे विद्यालयमा पुगेर अखिलले विद्यार्थी तथा विद्यालयकाे यावत समस्या प्रती चासो व्यक्त गरेको छ । सिद्धेश्वरि मा.विमा खिमा वलीको अध्यक्षतमा १सय १८ जनाकाे सदस्यतामाद मूल एकाई कमिटी निर्माण गरेको छ । अखिल (क्रान्तिकारी) यतिखेर विद्यार्थीका तामम समस्याकाे निराकरण गर्ने कुरामा चनाखो समेत वनेकाे जनाएको छ ।इकाई कमिटी मात्रै गठन नगरेर अखिलले सल्यानकाे शिक्षाकाे गुणस्तरीयता र सर्वशुल शिक्षा प्रती सबै सराेकारवाला निकायकाे ध्यानाकर्षण गर्ने गरेको अखिलका निर्वाचन क्षेत्र नम्बर (क ) संयोजक तथा नगर अध्यक्ष अजय विष्टकाे भनाइ रहेको छ ।

अखिल सधैं विद्यार्थीकाे तमाम समस्याका माझमा रहेर काम गरिरहेकाे समस्या पर्दा अावश्यक कठिनाइ माेल्न सक्ने कुरामा तत्तपर रहेको जनाएको छ ।कार्यक्रममा जिल्ला कमिटी सदस्य गीत पुन लगाएतका वक्ताहरुले विद्यार्थी माझ धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया