उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

मोहन सिह
जाजरकोट, १ असोज ।
जाजरकोट जिल्ला अस्पतालले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । शुक्रबार बसेको अस्पताल विकास समितिको बैठकले पत्रकारलाई औषधि बाहेक अन्य सेवाहरू ल्याब,एक्सरे र टिकटमा ५० प्रतिशत शुल्कमा छुट दिने निर्णय गरेको हो ।

पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यहरू र यसबाहेक अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशील पत्रकार लाभान्वित हुने छन् । जिल्लाकै ठूलो ५० शैया रहेको यस अस्पतालमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा जाजरकोटमा आबद्ध र जिल्लाको विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिह ठकुरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!