राप्ति राजमार्ग अन्तरगत दाङ,रुकुम पश्चिम कहिले सुध्रिएला

प्रचण्ड खत्री
रुकुम पश्चिम ,२९ भदौ ।

दिनमा हजारौ गाडी चल्ने राप्ति राजमार्गको सडक अहिलेको अबस्थामा खाल्डाखुल्डी परेको छ | दाङ देखि रुकुम पश्चिम आउने साना तथा ठुला सवारी साधन चल्दा बाटोको अबस्था भने भयानक रहेको छ |

राम्री देखि कपुरकोट सम्म यात्रा गर्न करिब १ घन्टा लाग्छ | बाटोको अबस्था भने असारमा खेत रोपाईको झैँ रहेको देखिन्छ | बाटो कालोपत्रे भए त्यस सडकमा १५ मिनेट समय लाग्ने रहेको छ |

त्यस सडकमा भने अहिले हजारौको संख्या टिप्पर हुड्ने गरेका छ | रोल्पाको त्रिबेणी गाउपालिका देखि घोराही सिमेन्टको लागि टिप्पर हरुले ढुंगा सार्ने गरेका कपुरकोट बासीको भनाई छ |

टिप्परको जामले गर्दा झन साना गाडीलाई समस्या भएको छ | रुकुम पशिम आउने गाडीलाई सधै सास्थी हुने गरेको पाईन्छ | सल्यानमा रहेको जले खर्क , सिमाखोली लगायत ठाउमा जहिले पनि सास्थी हुने गरेको गाडी चालकको भनाई रहेको छ |

रुकुम पश्चिम बाट र सल्यान बाट धेरै पटक धेरै जना मन्त्रि भए भने सडक कहिले सुध्रियन | बाटोको अबस्था भने झनै बिग्रदै गएको छ | बिचमा बाटो खाल्डा खुल्डी हुदा झन् समस्या भएको यात्रुको भनाई छ |

तपाईको प्रतिक्रिया