खेलकुदमापनि सधैें पुछारमा कर्णाली

पुनम वि.सी.
सुर्खेत, २९ भदौं ।
नेपालको खेलकुद ईतिहासमा वि.सं. २०३८ सालमा प्रथम रााष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । तारो हान्ने, बुद्विचाल, क्रिकेट, कपर्दी, बाघचाललगायतका १६ खेल समावेश उक्त प्रतियोगितामा अञ्चलगत रुपमा १४ समूहले प्रतिष्पर्धा गरेका थिए ।

डोल्पा, जुम्ला, हुम्ला, कालिकोट र मुगु रहेकोे तत्कालीन कर्णाली अञ्चलले कुनैपनि पदक हासिल गरेन । प्रतियोगितामा समावेश भएका १४ अञ्चलमध्ये कर्णाली अञ्चल पुछारको १४ औं स्थानमै रह्यो । प्रतियोगितातर्फको कुनै आधिकारिक पदक नपाएपनि कर्णाली अञ्चलले त्यो बेला पोशाक विधामा सान्त्वना पुरस्कार भने पायो ।

सुर्खेतसहित जाजरकोट, दैलेख, सुर्खेत, बाँके र बर्दिया रहेको भेरी अञ्चलले भने दुई स्वर्ण, ६ रजत र तीन काँस्य पदक सहित ११ पदक जितेर आठौँ स्थानमा बनाएको थियो । २०४० सालको दोस्रो राष्ट्रिय प्रतियोगितामा तत्कालीन भेरी अञ्चलले केहि सुधार गरेको देखिन्छ । सात स्वर्ण, चार रजत र दुई काँस्यसहित १३ पदकको साथमा भेरी अञ्चल चौथो स्थानमा उक्लिंदा कर्णाली अञ्चलले फेरिपनि एउटा काँस्य पदकसहित अन्तिम पुछारमै रह्यो ।

२०४२ को तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत कर्णालीले एउटा काँस्य पदकसहित पुछारमै चित्त बुझाउँदा यस प्रतियोगितामा कुल २५ पदक सहित भेरी अञ्चल चौथो स्थानमा रह्यो । २०५५ सालमा आयोजित चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा चौध अञ्चलको सट्टा तत्कालीन ५ विकास क्षेत्र र २ विभागीय टोली नेपाली सेना र नेपाल प्रहरी गरी ७ समूहको प्रतिष्पर्धा रह्यो ।

त्यतिबेला साविक मध्यपश्चिम विकास क्षेत्रमा रहेको साविकको कर्णालीले केहि सुधार भने गर्यो । कर्णालीसहितको मध्यपश्चिमाञ्चल विकास क्षेत्रले ७ स्वर्ण, १५ रजत र ३२ काँस्य सहित ५४ पदक ल्याएको थियो । सशस्त्र युद्धका कारण १० वर्षपछि २०६५ सालमा भएको पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा माओवादी लडाकूको जनमुक्ति सेनाको टोलीले सहभागिता जनाएपछि नेपाली सेनाले प्रतियोगिता बहिष्कार गर्यो ।

त्यो प्रतियोगितामा भने मध्यपश्चिमाञ्चल समूह भने १० स्वर्ण, २१ रजत र ४८ कांस्य सहित कुल ७९ पदकका साथ छैठौं भयो । राष्ट्रिय खेलकुद प्रतियोगिताका शुरुवाती चरणमा तुलनात्मक रुपले बढि विकसिल पूर्वका जिल्ला, अञ्चल र विकास क्षेत्रले पदक तालिकामा वर्चश्व जमाउँदा पश्चिमी क्षेत्र भने सहभागिताका नाममा सहभागिता औपचारिकता पूरा गर्ने अवस्था मात्र थियो ।

सातौं र आठौंसम्म आईपुग्दा भने विभागीय टोलीहरुले आप्mनो दमदार उपस्थिति देखाउन थाल्दापनि पश्चिमी भेगीय टोली अहिले पनि लगभग उस्तै अवस्थामा छन्, पदकको संख्या धेरै थोरै मात्र हो तालिकामा स्थान भने सधैं पुछार नै हौ ।


यसपटक आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने गरी तयारी जोडतोडका साथ चलिरहेको छ । यसअघि गत जेठमा नै हुने भनिएको प्रतियोगिता सारेर असोजमा ल्याई पुर्याउँदा फेरि पनि सर्ने हो कि भन्ने आशंकाबीच कर्णालीमा खेलाडी छनौट लगभग सकिएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ ।

पहिलो पटक प्रदेशका रुपमा सहभागिता जनाउने तरखरमा रहेको कर्णालीले यसपटक इतिहास रच्ला कि दोहो¥याउला भन्ने चिन्ता र चासोका बीच खेलकुद अधिकारीहरु भने इतिहास रच्ने तयारी रहेको दाबी गर्छन् । पदक जित्ने बलियो सम्भावना बोकेका खेलाडीहरुलाई छनौट गरिएको दाबी गर्दै कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले यस पटक कर्णालीले खेलकुदमा नयाँ इतिहास रच्ने दाबी गरे ।

दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारीमा रहेको कर्णालीमा बजेट र पूर्वाधारका अभावका बीचपनि दशवटै जिल्लाका स्थानीय तहबाट खारिएर आएका खेलाडी छनौट गरिएको बताउँदै उनले खेलाडीलाई निखार्ने काम तीब्र रुपमा भइरहेको जिकिर पनि गरे । खेलाडीको हौसला र मनोबल बढाउनका लागि पदक जित्ने खेलाडीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कारको व्यवस्थापन पनि गरिएको उपाध्यक्ष हमालको भनाई छ ।

उपाध्यक्ष हमालले कर्णालीले यसपाली केहि सुधार गर्ने आशा र विश्वास व्यक्त गरिरहँदा परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले भने थोरै चिन्ता र निराशा व्यक्त गरे । ‘कोभिड संक्रमण अवस्थाका कारण पनि कर्णालीलगायतको खेलकुद क्षेत्रमा प्रभाव पारेको छ ।’

उनले भने, ‘फेरि हाम्रा खेलाडी विभागीय टोलीबा सहभागिता जनाउँदैछन् थोरै प्रभाव पर्छ कि भन्ने हो ।’ तरपनि अघिल्लो भन्दा यसपाली कर्णालीले सुधार गर्ने उनको विश्वास छ । तर कतिपय आलोचकहरुले भने परिषद्ले खेलाडीका लागि गर्नुपर्ने व्यवस्थापन लगायतका पूर्व तयारीको लागि गर्नुपर्ने तयारी नै नगरेको भन्दै आलोचनापनि गरिरहेका छन् ।

यता कुनै समय सुर्खेतमा मार्सल आर्टस् कि खेलाडी हुँदै अहिले राष्ट्रिय खेलकुद परिषद्की सदस्य बनिसकेकी नन्दा बस्याल भने कर्णालीमा खेलकुद गतिविधि कम भएकोमा चिन्ता व्यक्त गर्छिन । ‘सुर्खेत, दैलेख, सल्यान र रुकुम पश्चिमबाहेक कर्णालीका अरु ६ जिल्लामा खेलका गतिविधि अलि कम नै हुने गरेका छन् । उनले भनिन, ‘भलिबलबाहेका खेलहरुका लागि प्रशिक्षण र पूर्वाधारपनि कम नै छ ।’

यसैगरी साफकी पदक विजेता खेलाडी तथा कराँते प्रशिक्षक तुजु गुरुङ्ग भने खेलाडीहरु राजनीतिको शिकार हुनुपरेको गुनासो गर्दै यस्तो अवस्थामा खेलाडीले खेल्न र पदक जित्न गार्है हुने तर्क गर्छिन् । खेलकुदका लागि आवश्यक पूर्वाधार, प्रशिक्षण, प्रतिष्पर्धा र पुरस्कार नभएकै कारण कर्णालीको खेलस्तर माथि उठ्न नसकेको उनको ठम्याई छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार