चुनावी प्रतिबद्दता पुरा गर्दै वडा अध्यक्ष शाही,

दिलिप ढकाल
सुर्खेत,२८भदौ ।                                                लेकवेशी नगरपालिका वडा न.५ का वडा अध्यक्ष शाहिको पहिलो प्रबिद्घता पुरा भएको छ । गएको बैशाख ३० गते सम्पन्न भएको स्थानियतहको निर्वाचन बाट निर्वाचित भएको दुई महिनाको अवधिमा लेकवेशी नगरपालिका वडा न. ५ नेटाका वडा अध्यक्ष चक्रबहादुर शाहीले आउँदो दशै अगावै नेटा बजारको सदरमुकामा विद्युत सेवा विस्तार गरी नेटाबजारको सदरमुकामलाई उज्यालो बनाउने पहिलो प्रतिबद्दता गरेका थिए ।

  • अध्यक्ष शाहीको पहिलो प्रबिद्घता अनुसार उनको निरन्तर पहलमा निर्वाचित भएको छोटो समय तिन महिनाको अवधिमा लेकवेशी नगरपालिका नेटा डाँडाँ गाँउ ,न्यावलखोला सम्म विस्तार भएको विद्युत प्रसारण लाईनको पँहुचलाई आफ्नो निरन्तर पहलमा नेटा बजारको सडरमुकाममा ट्रान्समिटर राखी बिधुत प्रसारण लाईन जडान गरीएको वडा अध्यक्ष शाहिले जानकारी दिए । विस्तार भए लगत्तै सरकारी र गैरसरकारी अपिस कार्यलय बाट सेवाग्राहीलाइ दिईने सेवामा र मोबाईल नेटवर्कमा सहज हुने उहाले बताए ।
  • आफ्नो पहलमा विद्युतको पँहुचलाई जडान गरीएको भन्दै आँउदो दशै अगावै नेटा बजारको सडरमुकाममा विद्युत विस्तार गर्ने पहिलो प्रतिबद्दता पुरा भएको वडा अध्यक्ष शाहिले बताए । शाहिका अनुसार नेटा बजार क्षेत्रका बस्तीहरुमा अर्थात जनताका घरघरमा विद्युतको पहुँच र उज्यालो सेवा विस्तार गर्नको लागी विद्युत मिटर बक्सको फर्म भर्ने कामको शुरुवात गरीसकेको छौ।
  • आफ्नो आगामी पाँच वर्षे कार्यकालमा लेकवेशी नगरपालिका वडा न. ५ नेटाका साविक सबै गाँउ टोलमा प्रसारण लाईनको जडान गरी जनताका घरघरमा विद्युत सेवा पुर्याउने अध्यक्ष शाहीको क्रमिक रुपमा लक्ष्य तथा योजना रहेको छ । विद्युत विस्तारको पहुँच पुर्याउन सम्वन्धित माथिल्लो तहको सरकार र विद्युत प्राधिकरणसंग निरन्तर पहल गरिरहेको समेत वडा अध्यक्ष शाहीको भनाई रहेको छ।
तपाईको प्रतिक्रिया