विद्यार्थीमा कोरोना देखिएपछि परीक्षा प्रभावित ५ दिनसम्म विद्यालय बन्द

दुर्गा विसि
सल्लीबजार, २८ भदौं ।
धमाधम विद्यार्थी विरामि पर्न थाले पछि विद्यालयले स्वास्थ्यकर्मीको सह्यातबाट स्वास्थ्य चेकजाँच गरायो । नजिकै रहेको स्वास्थ्य चौकीलाई जानकारी गराउँदै विद्यार्थीको स्वास्थ्य चेकजाँच गराउदा ११ जनालाई कोभिड देखा पर्याे ।

सल्यानको त्रिभुवन जनता मावि च्युरामा सोमबार गरिएको विद्यार्थीको स्वास्थ्य चेकजाँचमा एक जना शिक्षक सहित १२ जना विद्यार्थीमा कोभिड पोजेटिभ देखिएको छ । ९८ जना विद्यार्थी तथा शिक्षकको चेकजाँचमा रुघाखोकी, ज्वरो, खोकिको लक्ष्ण देखा परेका केही विद्यार्थी र शिक्षकको कोभिड चेकजाँच गर्दा ११ जना विद्यार्थीमा कोभिड पोजेटिभ देखिएको स्वास्थ्यकर्मी विरेन्द्र केसिले जानकारी दिनुभएको छ ।


११ जना कोभिड पोजेटिभ देखिएका विद्यार्थीलाई केही दिनसम्म घरमै बस्न विद्यालयले जनाएको छ । अवस्था हेरर असोज २ गतेदेखि विद्यालय नियमित सञ्चालन गर्ने जनाएको छ । यहि भाद्र ३० गतेदेखि सञ्चालन हुन लागिएको परीक्षा समेत प्रभावित बनेको छ । अवस्था हेरेर केही दिन विद्यालय बन्द हुने विद्यालय प्रशासनले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार