युनियन लाइफबाट खत्री परिवारलाई १० लाख मृत्यु दावी भुक्तानी

दुर्गा विसी
सल्लीबजार, २८ भदौं ।
रोजगारीको शिलशिलामा मलेसिया पुगेका सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ५ खैरागार निवासी शंकर खत्रीको असमायिक निधन भएको थियोे । कलिलो उमेरमै खत्रीको मृत्युले सबैलाई स्तब्ध बनायो । गएको जेठ १ गते बैदेशिक रोजगाको सिलसिलामा मलेसियामै मृत्यु भएको थियोे । मृतक शंकर खत्रीको परिवालाई भने यतिखेर युनियन लाइफ इन्स्योरेन्सले राहत गरेको छ । त्यसैले जीबन विमा एउटा चक्र हो ।

दुखमा परेका नागरिकको मलम पट्टीको राहत प्याकेज हो जसले हुने क्षतिको न्युनिकरण गर्छ । युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड सल्लिबजार शाखा प्रमुख प्रदिप रानाले मृतकको गोकिला खत्रीलाई मृत्यु दाबि भुक्तानी रकम १० लाख ३५ हजार रुपैयाँको राहात चेक रकम हस्तान्तरण गरिएको युनियन लाइफले जनाएको छ । मृतकको परिवारलाइ यसले केहि न केही रुपमा ठुलो सहयोग पु¥याउने रानाको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया