एनएमबि बैंकका ग्राहकलाई शुभ होटेल प्रालिमा विशेष छुट

सुर्खेत, २८ भदौं ।
एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश सुर्खेत, जुम्लारोडस्थित शुभ होटेल प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश क्षेत्रीय प्रमुख मित्र राज प्याकुरेल र शुभ होटेल प्रालि, सुर्खेत जुम्लारोडको तर्फबाट जनरल मनेजर दमन जंग शाहीले हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त शुभ होटेलमा १५% सम्म छुट प्राप्त हुनेछ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया