गुर्भाकोटका उत्कृष्ट तीन वटा स्वास्थ्य संस्था सम्मानित

दिलिप ढकाल
गुर्भाकोट, २२ भदौ ।
गुर्भाकोट नगरपालिकामा रहेका ३ वटा स्वास्थ्य संस्थाको कार्यसम्पादन मुल्याङ्कनका आधारमा उत्कृष्ट छनौंट गरी सम्मानित गरिएको छ । गत आर्थिक बर्षको बार्षिक प्रगति, सेवा प्रवाहका आधारमा गुमी स्वास्थ्य चौकी, बोटेचौर आधारभूत स्वास्थ्य केन्द्र र आँपगैरा सहरी स्वास्थ्य केन्द्र उत्कृष्ट भएका छन् ।

बार्षिक समिक्षा गोष्ठी कार्यक्रममा गुर्भाकोट नगरपालिका भित्रका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रका प्रमुख वा प्रतिनिधिहरुले बार्षिक रुपमा स्वास्थ्य संस्थामा भए गरेका काम वा प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सोहि प्रगति विवरणलाई आधार मानी स्वास्थ्य चौकीतर्फ एक, आधारभूत स्वास्थ्य केन्द्रतर्फ एक र स्वास्थ्य केन्द्र तर्फ एक गरी तीन वटा स्वास्थ्य केन्द्रलाई उत्कृष्ठ छनौंट गरिएको थियो । नगरपालिका भित्रका ६ वटा स्वास्थ्य चौकी मध्ये गुमी स्वास्थ्य चौकी, ७ वटा आधारभूत स्वास्थ्य केन्द्रतर्फ बोटेचौर आधारभूत स्वास्थ्य केन्द्र र ५ वटा सहरी स्वास्थ्य केन्द्रतर्फ आँपगैरा सहरी स्वास्थ्य केन्द्र उत्कृष्टको रुपमा छनौंटमा परेको गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरीले जानकारी दिए ।


गुर्भाकोट नगरपालिकामा पालिका स्तरिय स्वास्थ्य कार्यक्रम (२०७८/०७९) बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । यहि भदौ २० गते सुरु भएको बार्षिक समिक्षा गोष्ठी २१ गते सम्पन्न भएको हो । गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुनको अध्यक्षतामा उद्घाटन भएको उक्त कार्यक्रमलाई गुर्भाकोट नगरपालिकाको आयोजना गरेको थियो भने सामाजिक बिकास समितिका संयोजक तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बाशुदेव शर्मालव कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रमको संचालन स्वास्थ शाखा अधिकृत छैटौं अनन्त खत्रीले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देब किरण बुढा, विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्यसंग सम्बन्धित विभिन्न शाखामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार