साताकाे रेष्टुरेन्ट : लामा सेफको ‘सेफ चोइस’

सृजना बुढाथाेकी

सुर्खेत ,१७ भदाै ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत,वीरेन्द्रनगरको मंगलगढी चोकदेखि बांगेसिमल जाँदा यरीचोक नजिकै दाँयातिर साइडमा छ सेफ चोइस । २०७६ सालमा खुलेको यो रेष्टुरेण्टमा बेकरीका सबै आइटमदेखि अन्य रेष्टुरेण्टहरुमा पाइने खाना, खाजाका परिकारहरु यहाँ जुनसुकै बेला उपलब्ध छन् । सेफ चोइस पछिल्लो समय ग्राहकहरुको एक रोजाई बनेको छ । नेवारी खाना, थकाली खानादेखि पिज्जा, बर्गर र म:म, चाउमिन, इन्डियन, चाइनिज, थुक्पा, स्याण्डविच जस्ता खाजा अनि खानाको परिकारहरु सेफ चोइसको मुख्य आर्कषण  हुन् ।

सेफ चोइसको स्पेशल परिकारको रुपमा कम्बो खाजा सेट, लब क्रञ्च चिकनहरु अहिले ग्राहकको रोजाई बनेको छ । बर्थ डे स्पेशल, एनिभर्सरी जस्ता खुशीका दिनमा पारिवारिक रमाइलो गर्नका लागी स्पेशल गन्तब्य पनि बनेको छ सेफ चोइस बनेको । ललितपुरका समिर तामाङ १३ वर्ष पहिला सुर्खेतमा हेड सेफ भएर सुर्खेत आएका हुन् । बाल्यकालमै होटेल लाइनमा लागेका समिरले भारतका होटेलहरुमा ९ वर्ष बिताए । ९ वर्षको उमेर हुँदा आमाको मृत्यु भएपछि बाँकी जीवन गुजराका  लागि भारत पसेका समिरले शुरुमा डिस वासिगंबाट कामदार जीवनको शुरुवात गरेका थिए ।

भारतको नयाँ दिल्लीको एक रेष्टुरेण्टमा काम शुरु गरेका उनले  त्यहिबाट सबै काम सिके जुन कामले  उनलाई हेड सेफको पहिचान दियो । उनले करिब ४ वर्ष काठमाडौंमा रहेको एक परिचित रेष्टुरेण्टमा पनि काम गरे । वि.सं.२०६६ सालमा सुर्खेतको जियाना रेष्टुरेण्टमा हेड सेफ भएर आएका उनले सुर्खेतकै शुभ होटेल, शनी भिलेज, भ्याली भ्यू (ओपन हार्ट)मा हेड सेफ भएर काम गर्ने अवसर पनि पाए। सुर्खेतको एक रेष्टुरेण्टमा १० वर्षको सम्झौता गरेरआएका समिरले ३ वर्षमै राजीनामा दिएर आफ्नै व्यक्तिगत रेष्टुरेण्ट खोल्ने योजना बनाए ।

सुर्खेतमा रेष्टुरेण्टको माहौल बन्दै गएको देखेर उनले भविष्यमा यसको स्कोप देखेर नैे सेफ चोइस नामको रेष्टुरेण्ट खोल्न आफै तम्सिए। अहिले आफ्नो रेष्टुरेण्टको सेफको काम सबै हेरिरहेको पनि उनले सुनाए । आपूm यहि सेक्टरबाट आएको हँुदा अरु सेफ राख्नुपर्ने आवश्यकता नदेखेर आफैले काम गरेको उनी बताउँछन । समिरले सेफ पनि आफै अनि म्यानेजर पनि आफै सम्हाली रहेका छन् । सेफ चोइसमा अहिले २४ जनाले रोजगारी पाइरहेका छन् ।

आफुले आधा जीवन सेफको काम मै बिताएको हँुदा आफ्नै ब्राण्ड बनाउनका लागी सेफ चोइस नाम राखेर रेष्टुरेण्ट खोलेको उनी सुनाउँछन । शुरुवाती चरणमा जस्तो ग्राहकको रोजाईमा थियो अहिले पनि त्यो क्रेज नघटेको उनको दाबी छ । अहिले पनि दैनिक एक सय बढी ग्राहक रेष्टुरेण्टमा आउने गरेको उनले बताए । सुर्खेतमा सेफ चोइस खुल्ने बेला खासै रेष्टुरेण्टहरु नभएकोले आपूmहरुले होम डेलिभरीको पनि योजना बनाएर सुर्खेतमा पहिलो पटक डेलिभरी कामको शुरुवात गरेको उनले बताए ।


शुरुमा क्विन्स बेकरी अनि त्यसमै रेष्टुरेण्ट गरेका समिरले विशेष गरी परिवारसहित रेष्टुरेण्टमा रम्न चाहनेहरुलाई लक्षित गरी अलगै रेष्टुरेण्टमा सञ्चालनमा ल्याएको बताउँदै उनले अहिले पनि पारिवारिक माहोलनै कायम भएको जिकिर गरे । सर्खेत पछिल्लो समय तीव्र गतीमा विकास भैरहेको हँुदा सम्भावना भएको र आगामी दिनमा पनि ग्राहकको रोजाईको र स्वादमा समस्या नहुने गरी सेवा दिने उद्देश्यले  आफु ब्राण्ड बनाउन लागिरहेको उनको भनाई छ । रेष्टुरेण्टको पेशा भनेको खाना खाजा खुवाएर गाली खाने नै पेशा भएकाले यसमा चुनौति भएकापनि सहने सक्ने क्षमता हुनेपर्नेमा उनी जोड दिन्छन । ‘सबै ग्राहक एउटै सोचको हँुदैनन् । उनले भने, ‘तर यसलाई मैले सामान्य रुपमा नै लिने गरेको छु।’

अधिकांश समय मुस्कुराई रहने समिर आफना लागि आउने प्रशंसा होस् या गाली दुबैलाई मुस्कुराएरै टारिदिन्छन् । त्यहि भएरपनि होला अहिलेसम्म त्यस्तो कुनै अवरोध र समस्याको सामना उनले गर्नपरेको छैन । सबै भन्दा समस्या भनेको  फोहोरमैला व्यवस्थापनकै भएकाले यसमा स्थानीय तथा प्रदेश सरकारले मुख्य योजनाका साथ लागिपर्नुपर्ने उनले बताए । पछिल्लो समय बिना जानकारी विद्युतको समस्या भएकोले  पनि बेला बेला जाने समस्याले ग्राहकमा पनि समस्या हुने गरेको सञ्ञ्चालकले बताए ।

सेफ चाेइस स्पेशल लब

ब्रेष्ट चिकेनलाई फिगैर सेफमा लिने, अदुवा र लसुनको पेष्ट, मरिचको धुलो, रोज म्यारी, सिम्ला मिर्ची, मैदा, कर्न फ्लोर, अण्डा र ब्रेड क्रम्सलाई मिक्स गरेर रेड कलर हुदा सम्म फ्राई गर्ने अनि सर्भ गर्ने ।

कम्बो खाजा सेट

कम्बो खाजा सेट भनेको परिवार वा ग्रुपमा आउने ग्राहकका लिग एउटा प्याकेज हो । यहि आइटम छुट्टाछुट्टै मगाउँदा पर्ने मूल्य भन्दा कम मूल्यमा यो प्याकेज उपलब्ध सेफ चोइसले गराएको छ । जसमा, मसरुम पिज्जा लार्ज साइज, मुस्तागं आलु, चिकेन चिल्ली बोर्न लेस, चिकेन स्टिम मो:मो (२ प्लेट) र कोक १ लिटर ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार