घुम्दैफिर्दै : सरर बाइकमा डाेल्पा घुम्ने धुन

तेजेन्द्र रावल

सुर्खेत,१६ भदाै  ।

शेगुम्बा–साल्दा ङ असोज १३ गते बिहान उठ्दा त् बाहिर बरफ जमेको थियो । टेण्टभित्रै बसेर तातोपानी खादै ‘भो च्या’ (घ्यु चिया/नुन चिया) पकाउन अनुरोध गरियो उनीहरुकै भाषामा । ५ वर्ष बौद्ध बसेको अलि अलि काम लाग्दै थियो । अलि धेरै बुझ्थे, अलि कम बोल्न आउँथ्यो, सबै जान्दिनथे । यसो ट्यांकामा हेरेको हिजोको सबै भात बचेको रहेछ, सबैसंग सल्लाह गरेर त्यै भात चौरीको घ्यु हालेर भुटेर खाने  सहमति भयो ।

दिउँसको लागि उवाको रोटी र आलु उसिन्न साँझ नै भनेका थियौ । बासीभात खाइसकछि २० ओटा रोटी र लगभग २ किलो उसिनेको आलु प्याक गरी शे गुम्बा हुँदै साल्दाङ्गतिरको यात्रा अगाडि बढ्यो । ४ हजार १ सय ६० मिटरमा अवस्थित शे गुम्बा बन्द थियो । बाहिरबाट अवलोकन गरेर फोटो खिची टोली अगाडि बढ्यो । त्यहाँबाट भिजेर जानपनि पूरै एकदिन हिड्नुपर्ने रहेछ, भिजेर तिब्बतबाट नजिकैमा पर्ने रहेछ ।

भिजेर हुँदै पनि साल्दाङ्ग आउन सकिने थियो तर हामी जतिसक्यो चाँडो यात्रा छोट्याउने मनसायमा पुगिसकेका थियौ । काम भनेकै हिड्यो हिड् यो अनि हिड्यो मात्र । साल्दाङ्ग पुग्नपनि ५ हजार मिटर माथिको एक लेक काट्नुपर्ने थियो । अलि अलि तेस्रो अलि उकालो गर्दै हामी करिब सवा १२ बजेतिर ५ हजार १६ मिटरको कांगला/ साल्दाङ्ग ला पास पुगियो,क्याराभान फिल्ममा थिन्ले ढलेको ठाउ अर्थात् फिल्मको क्लाइमेक्स सिन ।

हामी पुग्दा यस्तो हावा चलिरहेको थियो कि स–साना ढुंगाका कण उडिरहेका थिए । फोटो भिडियो खिच्ने क्रम लगभग १५ मिनेट चलिरह्यो । मैले नि २–४ पोज दिएर अगाडि बढे । अलि अगाडि खोलामा पुगेर खाजा खाने निर्णय भयो, सोहीअनुसार आलु र रोटी बोकेर म र सुरज  भाइ अरुभन्दा अलि अगाडि बढ्यौ, तयारीको लागि । त ल खाेलामा  पुगेर एक ढुङ्गा खोज्यौ र लोहोरो पनि, ढ ु ङ्ग ा ल ा इ पखालेर त्यसमा नुन खुर्सानी हालेर सुरज भाइले पिसे र आलुलाई पनि बोक्रा फालेर त्यसमै पिसियो, अनि बनिगो खतरा ततनी अर्थात् चट्नी ।


केहीबेरमा सबै जना हामी भएको ठाउँमा पुग्नुभयो, घरिना बनेर एक ज्यानलाई २ रोटी अनि त्यसमाथि आलुको चट्नी राखेर सबैलाई बाँडियो ।
रोटी खासै पाकेका थिएनन् तर पेटमै पकाउने वाचाका साथ सबैजनाले खुब स्वादले रोटी खाइयो । अनि गीत बनियो बरिलै शैलीमा…. नुन पिस्ने लोहोरो, चाटे मैले एकहोरो बरिलै शेरबादुर दाई हेर्या हेर्यै । यहाँ पनि फोटो भिडियो खिच्ने क्रम रोकिएन, टोली अगाडि बढ्यो ।

शे बाट हिडेको लगभग ७ घण्टापछि अर्थात् दिउँसको ३ बजेतिर नामग्याङ्ग गुम्बा पुगियो । पर्यटकहरुले एक दिन यतै क्याम्प गरेर बस्ने रहेछन, हामी भने अगाडि बढ्यौ । लगभग डेढ घण्टा हिडेपछि तल साल्दाङ्ग देखियो । हेर्दा नजिकै देखिएपानी ओरालो झर्न सार्है गाह्रो हुने रहेछ । त्यो डाँडामा एकछिन आराम गरेर सबैजना जम्मा भईसकेपछि टोली अगाडि बढ् यो । तल गाउँको लागि माथिबाट पानीको पाईप लगिएको रहेछ, बीच बीचमा पानी ट्यांकी पनि थिए । मोटरसाइकल गुडाउन बनाईएको कोदाले बाटो ।

बिस्तारै लगभग ६ बजेतिर साल्दाङ्ग पुगियो । दुनैबाट उकालो हिडेको पहिलोपटक मोटरसाइकल देखियो, मौतका कुवामा दौडीने जस्ता लिफानका मोटरसाइकल, कुनै कुनैका राम्रै डर्ट बाईक ।माेटरसाइकल  चलाउन न अनुमति पत्र चाहिने न बिलबुक, ५ हजार १ सयका पास, मोटरसाइकल मात्र अट्ने बाटो । म ा े ट र स ा इ क ल चलाउन तेल भन्दा धेरै चालकको साहसको चाहिने, पेट्रोल लिटरको ८०० मात्र । यता ७–८ लाख पर्ने डर्ट बाईक डेढ लाखमै आउने, मोटरसाइकल चढ्न भन्दा किन्न सस्तो, डेढ घण्टा चढेको १० हजार, नत्र दिनभरी हिड्नुपर्ने । त्यो साँझ वडा कार्यालय नजिक रहेको होटेलमा बास बस्यौ ।

गाउँपालिकाको केन्द्रका मान्छेको कुरै बेग्लै, यो पाटो यो पंक्तिकारले समेट्न चाहेन । भोलि फेरि हिड्ने निर्देशन खुट्टालाई दिएर सुतियो, निन्द्रा परेन, उठियो सुतियो, उठियो सुतियो, रातिको १:३० बजे पानी सकिएछ, बाहिर आएर पाईपबाट भरेर लगियो, अनि सुतियो उठियो, सुतियो ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार