पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्रको ११ बुदे मागपत्र पेश

सुर्खेत, १२ भदौं ।
माओवादी केन्द्र पञ्चपुरी नगर कमिटीले विभिन्न माग राख्दै पञ्चपुरी नगरपालिकामा माग पत्र पेश गरेको छ । दोस्रो स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित नयाँ नेतृत्वले आफ्ना माग, घोषणा–पत्र कार्यान्वयनमा ल्याउन माग गदै ज्ञापन पत्र पेश गरिएको छ ।

राजनीतिक दलहरुले सुशासन,पारदर्शिता, सम्बृद्धि र बिकासका आ–आफ्ना योजना र प्रतिबद्धताहरु लिएर जनताको घरदैलोमा पुगि बिश्वासको अमुल्य मत मागेको ४ महिना बित्दा नबित्दै नगरपालिकाको नेतृत्व आफ्ना प्रतिबद्धताहरुबाट च्युत भएको आरोप लगाइएको छ ।

पञ्चपुरी नगरपालिकाको नव–निर्वाचित नेतृत्वले कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण समग्र देश र जनताको आर्थिक अवस्था कमजोर बनेको यो विषम परिवेशमा नगरपालिकाले लिने गरेको करका विभिन्न शिर्षकहरुमा अत्यधिक वृद्धि गर्ने जनबिरोधी निर्णयको घोर भर्सना गरिएको छ ।

स्थानीय सरकार जनताका समस्याहरुप्रति गम्भीर र जिम्मेवार बन्नुपर्नेमा सत्ता र शक्तिको उन्मादले असारे विकासको नाममा चरम अनियमितता, उपभोक्ता समितिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्षपातपूर्ण व्यबहार गरिएको आरोप लगाईएको छ ।

कसैलाइ घरवारविहीन बनाउने प्राबिधिकहरुको अपराधिक हर्कत, शिक्षा शाखामा भैरहेको मनपरी र अनियमितता लगायतका पञ्चपुरीका जनताको शिरनै निहुराउने तमाम वेतिथिहरुप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।

तपशिलका जनगुनासो, समस्या र मागहरुलाई तत्काल सम्बोधन गरि समाधान गर्न पञ्चपुरी नगरपालिका समक्ष हाम्रो माग गरिएको छ । अन्यथा आउने गम्भीर परिस्थितिको जिम्मेवार स्वयं नगरपालिका नै हुने चेतावनी दिइएको छ ।

माओवादी केन्द्र पञ्चपुरीले राखेका मागहरु
१– देश र जनताको आर्थिक अबस्था कमजोर बनेको यो विषम परिस्थितिमा नगरपालिकाले एकीकृत सम्पति कर , व्यावसायिक कर, सिफारिस दस्तुर लगायतका विभिन्न शिर्षकहरुमा वृद्धि गरिएको कर तथा शुल्क तत्काल पुर्णतः खारेज गरियोस् ।

२– सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै असारे बिकासका नाममा रकमान्तर गरि कोटेशन मार्फत गरिएका अपारदर्शी योजनाका कामहरु तत्काल बन्द गरियोस्।

३– प्राबिधिक शाखाका कर्मचारीहरुले उपभोक्ता समितिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्षपातपुर्ण व्यबहार गर्दै योजनाबद्ध रुपमा लागत स्टिमेट देखि योजना सम्पन्न सम्म कसैलाई मालामाल हुने र कसैलाई घरवारविहीन बनाउने अत्यन्तै अपराधीकपुर्ण कार्य तत्काल बन्द गरियोस् ।

४– शिक्षा शाखामा र यस शाखा मार्फत भइरहेका अनियमितता र मनपरितन्त्रको छानबिन गरि अब उप्रान्त यस्ता अनैतिक कार्य बन्द गरियोस्।

५– सरकारि तथा निजि शिक्षण सस्थाहरुले विभिन्न शिर्षकहरुमा मनपरिरुपमा लिइरहेको शुल्कको अनुगमन गरि तत्काल रोक्ने व्यवस्था गरियोस् ।

६– आउदै गरेको हरितालिका तिज,दशै,तिहार जस्ता पर्ब हरुलाइ मध्यनजर गर्दै बाढीपहिरो पिडित लगायत प्राकृतिक बिपतमा परेका जनसमुदायहरु तथा सुत्केरी महिला र दिर्घरोगि जेष्ठ नागरिकहरुलाइ राहतको उचित प्याकेज बनाइ बितरण गरि विपन्न परिवारहरुको लागि निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरियोस् ।

७–प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा खानेपानी तथा सरसफाईको उचित व्यवस्था ,औषधिको सहज उपलब्धता र दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरु अनिवार्यरुपमा रहने गरि प्रबन्ध मिलाइयोस् ।

८– लामो समय गिट्टी बालुवाको प्रयोग र निकासी बन्द हुदा जनताको आवास निर्माण र बिकास निर्माणका कामहरुमा भोग्नु परिरहेको समस्यालाई मध्यनजर गर्दै गिट्टी बालुवाको न्युनतम मुल्य स्वयं नगरपालिकाले नै निर्धारण गरि आफ्ना कर्मचारीहरु खटाई तत्काल संचालन गर्ने व्यवस्था गरियोस् ।

९– कृते हस्ताक्षर गरि रकम भुक्तानी गरेको बिषयमा के भएको हो ? के भईरहेको छ ? जनतालाई सत्यतथ्य स्पष्ट गरियोस् ।

१०–यस क्षेत्रका जनताको प्रमुख समस्याको रुपमा रहेको भुमि सम्बन्धि स्वामित्वको समस्या हल गर्न तत्काल स्थायी लालपुर्जाको प्रमाणपत्र वितरण प्रक्रिया अगाडि बढाउने व्यवस्था गरियोस् ।

११– स्वच्छ र सुन्दर पञ्चपुरीका लागि बसपार्क ,बधशाला ,ढल निकास र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधानको बैज्ञानिक योजना सहित डम्पिङ साईटको निर्माण कार्य तत्काल अघि बढाईयोस् ।

१२–पञ्चपुरी नगरपालिकामा हुने गरेको सरकारी श्रोत साधनको (सवारी साधन ,इन्धन , सामाग्री खरिद र बजेट ) को चरम दुरुपयोग बन्द गरि समयावधि पूरा भएका बिधालय ब्यवस्थापन समिति, वन समिति लगाएतका अन्य संघ संस्थाहरुको नियमानुसार तत्काल पुनर्गठन गरी नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरियोस् ।

१३– लामो तथा छोटो दुरिमा चल्ने यातायातका साधनहरु (बस, हाइस,फोर्स र अटोरिक्सा) ले मनपरी भाडा असुली गरिरहेको र जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत र बिद्यार्थीहरुलाई ३३ प्रतिशत छुट दिने सरकारको निर्णय पनि कार्यान्वयन नगरेको ब्यापक जनगुनासो आएकोले यसको अनुगमन गरि सरकारको निति निर्देशन बमोजिम नै भाडा कायम गराउनका लागी पहल गरियोस् ।

१४– मुख्य चाडपर्व नजिकिदै गर्दा कृतिम अभाव सृजना गरि हुनसक्ने कालोबजारी तथा मिति सकिएका खाद्य पदार्थहरुको बेचबिखन रोक्न नियमित बजार अनुगमन गर्ने व्यवस्था गरियोस् ।

१५– मुख्य चाडपर्वहरुको आगमन र बर्षातका कारण जनताको दैनिक जिवनयापन अत्यन्तै कष्टकर बनि आवत जावतमा समस्या परेकोले तपशिलका आन्तरिक सडक संजाल तत्काल मर्मत गरि सुचारु गर्ने व्यवस्था गरियोस् ।

तपशिल
१– नार्सि – बच्छि –चाम्री सडक
२–कालापानी – बराइचे – चनालि – भक्तडि सडक
३– पलैटे – जङला – खोर सडक
४– चतुरे – भावर – लाटिकाँडा – दोबाटा –जङलाघाट सडक
५– लाटिकाँडा – भक्तडि – पैसरा– जङलाघाट सडक
६– पैसरा –धनबोट सडक
७– बिध्यापुर – जाजुरा दह – दोबाटा सडक
८– चतुरे – दहथान – जाजुरादह सडक
९– बाबियाचौर – मुरमुरि – जामु सडक
१०– पलैटे – च्युरिखेत – हासेगाउँ सडक
११– बाबियाचौर –कालापानी – लामिदमार – लगम सडक

तपाईको प्रतिक्रिया