नाम जस्तै चम्किला देवकिरण

देवकिरण बुढाक्षेत्री
प्रमुख प्रशासकीय अधिकृत
गुर्भाकोट नगरपालिका, सुर्खेत ।

जसले सानैदेखि लक्ष्य लिएर आफ्नो ध्यान पढाईमा दिएर अगाडि बढ्छ, वास्तवमा त्यहि व्यक्ति नै सफल हुन्छ । लक्ष्य पूरा गर्नतर्फ दत्तचित्त भएर लाग्ने व्यक्ति नै समाजका नेतृत्व र सामाजिक काम गर्ने व्यक्ति हुन । यस्तैमध्येका एक हुन सुर्खेत गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकिरण बुढाक्षेत्री । सामान्य परिवारमा जन्मिएका उनले आफ्नो पहिलो प्राथमिकता पढाईलाई दिए ।

आपूmले लिएको सरकारी सेवामा काम गर्ने लक्ष्यलाई पच्छ्याईरहे । पढाई पूरा गर्न धेरै चुनौतीहरुको सामना गरे । त्यहि संघर्ष र पढाईप्रतिको मेहेनतका कारण उनी अहिले प्रमुख प्रशासकीय अधिकृतसम्म बन्न सफल भएका छन् । आजको राष्ट्रसेवकमा उनै बुढासँग हामीले कुराकानी गरेका छौ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

सामान्य बाल्यकाल
बुवा रामबहादुर र आमा जुनादेवी बुढाको कोखबाट वि.स २०२४ साल बैशाख २७ गते दैलेखको महावु गाउँपालिका वडा नम्बर ३ मा देव किरण बुढाको जन्म भयो । उनी घरको जेठो छोरा हुन । बाल्यकाल गाउँमै बिताएका उनले सानो कक्षा गाउँमै पढे । देवकिरणले कक्षा तीनसम्म गाउँकै विद्यालयमा पढे ।

कक्षा-४ मा अध्ययनका लागि महाबु गाउँपालिकाबाट भैरवी गाउँपालिका जानुपथ्र्यो । उनले ४ कक्षादेखि हिमालय माध्यमिक विद्यालयमा भैरवी गाउँपालिकामा पढे । उनको परिवारको मुख्य पेशा कृषि थियो । कृषक परिवारमा जन्मिएका देवकिरणले सानैदेखि घाँस, दाउरा काट्नेदेखि विदाको समयमा गोठालो जाने गर्दथे । अझै घरको पहिलो सन्तान भएको हुँदा हरेक काममा धेरै खटिनु पथ्र्यो । साँझ बिहान घरको काम गरेर उनी विद्यालय जान्थे ।

दुःखका र पढाई
देवकिरण सानो कक्षा पढ्दा घण्टौ हिड्नुपर्ने बाध्यता थियो । यहि कारणले गर्दा उनीसँगैका धेरै साथीहरुले पढाईमा बीचमै छोडे । तर उनले भने आफ्नो पढाईलाई निरन्तरता दिइरहे । उनका साथीहरु घरतिरै खेती किसानमा लागे भने कोहि रोजगारीका लागि भारततिर गए । कक्षा ४ डाँडीमाडीबाट पास गरेका देवकिरणले ५ कक्षादेखि पढ्न जिल्ला सदरमुकाम दैलेख गए ।

नारायण नगरपालिकामा रहेको त्रिभूवन नमूना माध्यमिक विद्यालयमा पाँच कक्षा पढ्न शुरु गरेका उनले त्यहि माविबाट २०४२ सालमा एसएलसी पास गरे । जब उनको माध्यमिक तहसम्मको परीक्षाहरु राम्रो हुँदै गयो, त्यसपछि झनै पढाईप्रति ध्यान जान थाल्यो । अध्ययनशिल, लगनशिल र इमान्दार स्वभावका उनी सबैका प्यारा थिए ।

जागिरी खाने लक्ष्य
एसएलसी पासपछि उच्च शिक्षा हासिल गर्न उनी सुर्खेत वीरेन्द्रनगर आए । त्यसपछि २०४३ सालमा तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा आईकममा नाम लेखाए । वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट नै उनले आइकम र स्नातकोत्तर तह पास गरे । देवकिरणले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट एल.एल.बी समेत गरे ।

क्याम्पस पढ्दा घरको आर्थिक अवस्थाले मात्रै व्यवस्थापन गर्न समस्या थियो । वीरेन्द्रनगर जस्तो ठाउँमा भाडामा बसेर पढ्नुपर्ने अवस्था थियो । घरको जेठो छोरा भएकाले पनि बुवापछिको जिम्मेवारी उनको काँधमा थियो । उनले धेरै संघर्ष गरेर पढेका हुन । उनले सरकारी जागिरी खाने लक्ष्य लिएर पढेका थिए ।

पढ्दै पढाउँदै
उनले खर्च व्यवस्थापन गर्न धेरै मेहेनत गर्नुपथ्र्यो । घरको कमाईले मात्रै उनले आफ्नो पढाई पूरा गर्नसक्ने अवस्था थिएन । अनि उनले जागिरीको खोजीमा लागे । उनले धेरै समयपछि पढाउने मौका पाए । दिउँसो पढाउने, बिहान क्याम्पस जाने गर्थे उनले ।

राती ११ बजेसम्म पढ्ने गर्थे । उनले आफ्नो पढाई पूरा गर्न धेरै मेहेनत गरेका थिए । आपूmसँगै भाईबहिनीको पढाईमा पनि उनले सहयोग गर्नुपर्ने जिम्मेवारी थियो । आफ्नो लक्ष्य नभेट्टाउञ्जेलसम्म मेहेनत गरिरहे, चुनौतीको सामना गरिरहे ।

पहिलो पटकमै पोष्टिङ
सानै उमेरदेखि सरकारी जागिर खाने लक्ष्य थियो देवकिरणको । आफ्नो क्याम्पसको पढाई, दिउसो पढाउनुपर्ने समयलाई बचत गरेर उनले लोक सेवा आयोगको तयारी गरे । जतिसुकै मेहेनत उनले गर्थे आफ्नो पढाईमा अब्बलता ल्याउनलाई गर्ने गर्थे । सबै कुराको उचित व्यवस्थापन गर्दै देवकिरणले लोक सेवा आयोगले लिएको परीक्षामा सहभागी भए ।

पहिलो पटकमा नै उनले २०४५ साल बैशाख ३ गते लोकसेवामा नाम निकालेर निजामति क्षेत्रमा प्रवेश गरे । शुरुमा उनले मालपोत कार्यालय सुर्खेतबाट सेवा शुरु गरेका हुन् । त्यसपछि देवकिरणले २०५२ सालमा पुनः लोक सेवा प्रतिस्पर्धाबाट लेखापालमा नाम निकालेर तत्कालिन जिल्ला विकास समितिको कार्यालय रुकुम पश्चिममा पोष्टिङ भए ।

त्यहाँ २२ महिना काम गरेका उनी सरुवा भएर उनी सुर्खेत आए । शान्ति प्रक्रियापछि भने कर्णालीका विभिन्न जिल्लामा बसेर सेवा गरे उनले । उनी लेखा अधिकृतमा बढुवा भएर २०६५ सालमा सिँचाई डिभिजन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतमा पनि काम गरे ।

२०६७ देखि २ वर्ष जिल्ला स्वास्थ्य कार्यालय जुम्ला, २०७० सालमा कोष तथा नियन्त्रण कार्यालय मुगुमा समेत देवकिरणले काम गरे । २०७१ सालदेखि २०७४ सालसम्म जिल्ला समन्वय समिति कालिकोटको लेखा अधिकृत भएर काम गरेका उनी २०७५ सालमा स्वास्थ्य सेवा कार्यालय र खाँडाचक्र नगरपालिका कालिकोटमा पनि काम गरे ।

अहिले सुर्खेतको गुर्भाकोट नगरपालिकामा लेखा अधिकृतको रुपमा लामो समय काम गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार आर्थिक तथा प्रशासनिक कामकाज गर्ने गरी गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उनी रहेका छन ।

जीवनमा संघर्ष
सामान्य परिवारमा जन्मिएका देवकिरणले सानैदेखि संघर्ष गर्दै आए । सानो कक्षा पढ्न पनि घण्टौ हिड्नुपर्ने बाध्यता थियो । घरको सबै काम गरेर आफ्नो पढाई पूरा गर्नुपथ्र्यो । पर्याप्त आर्थिक स्थिति नहुँदा धेरै दुख गर्नुपर्यो । घरको जेठो छोरा भएकाले जिम्मेवारी पनि लिनुपर्ने थियो ।

आफ्नो पढाई पूरा गर्न सुर्खेत आए । सुर्खेतमा आएर पनि आफै पढाउँदै पढ्दै गरे । आफ्नो क्याम्पसको पढाईसँगै लोकसेवाको पनि तयारी गरे । व्यापक चुनौती र संघर्षबाट उनले लोकसेवामा नाम निकाले । संघर्षले नै मानिसलाई सफलतामा पुर्याउने रहेछ उनी भन्छन । निजामती सेवामा रहेका उनले समाज सेवा गर्ने योजना बनाएका छन ।

तपाईको प्रतिक्रिया