शहीद परिवारका दुःख सधैं उस्तै, प्रदेश प्राप्तिको उपलब्धिः मन्त्री नै मन्त्री

पुनम वि.सी.
सुर्खेत, ५ भदौं ।
कर्णाली प्रदेशका सबैजसो मन्त्रालय र हरेक जसो कार्यालयमा प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहादत्त दिएका चार जना शहीद यामबहादुर वीसी, टीकाराम गौतम, गोपालसिंह रजवार र हरिबहादुर कुँवरका फोटो भित्तामा टांगिएका देखिन्छन ।

उनीहरुको शहादत र कर्णाली प्रदेशवासीहरुको आन्दोलनको ज्वारभाटा उठेकै कारण सुदूरपश्चिममा गाभिनबाट जोगिएर आप्mनै मौलिक नाम र पहिचानको कर्णाली प्रदेश जन्मिएको वर्षगाँठ हरेक वर्ष औपचारिक कार्यक्रम गरेर मनाउने गरिन्छ । सोहि कर्मकाण्डीय परम्परा अनुसार शनिवार कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर ४ मा रहेको शहीद पार्कमा सरसफाई कार्यक्रमसहित शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम गर्यो ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्य आयोजक रहेको उक्त कार्यक्रममा तामझामका साथ कानून मन्त्री हिमबहादुर शाही, मन्त्रालयका अन्य पदाधिकारीले औपचारिकता पूरा गरे । प्रदेश स्थापना दिवसको सातौ वर्षगाँठ मनाइरहँदा तिनै चार जना शहीदका परिवारलाई न त कार्यक्रममा आमन्त्रण गरियो न त अरु बेला कुनै सोधपुछ नै ।

प्रदेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद टीकाराम गौतमको घर र शनिबार कार्यक्रम भएको स्थल शहीद स्मृति पार्कको दूरि खास्सै धेरैपनि छैन । तरपनि शहीदहरुको सम्मानमा घर नजिकै भएको कार्यक्रममा समेत गौतमका परिवारलाई कुनै जानकारी नदिएको गुनासो परिवारको छ । शनिवारको कार्यक्रममा प्रदेश सरकारले प्राणको आहुति दिने शहीदलाई त सम्झियो तर अरु शहीदका परिवारलाई समेत सम्झने फुर्सद कसैलाई भएन ।

‘प्रदेश सरकारले शहीद दिवसमा कार्यक्रमको आयोजना ग¥र्यो, तर शहीद परिवालाई सम्झने प्रयास पनि गरेन ।’ शहीद यामबहादुर बीसीकी बहिनी भगवतीले गुनासो गरिन,‘शहीदलाई सम्मान गर्ने कार्यक्रममा समेत हामीलाई समेत बोलाइएन’ ।

वर्षमा एक दिने हुने औपचारिक कार्यक्रममा शहीदलाई सम्झने र सम्मान गर्ने औपचारिकता पूरा गर्ने बाहेक प्रदेश स्थापनाका लागि आफ्नो ज्यान दिने शहीद परिवारका लागि प्रदेश सरकारले आफ्नो दायित्व निर्वाह नगरेको उनको आरोप छ ।

]तत्कालीन अवस्थामा संघिय सरकारले शहीद परिवारका लागि १० लाख रुपैयाँ सहयोग गरेको थियो । प्रदेश सरकारले भने हालसम्म पनि शहीद परिवार लक्षित त्यस्ता कुनै प्रभावकारिताका साथ कार्यक्रम नगरेको उनको दुःखेसो छ ।

यता कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले भने शुभकामना सन्देश जारी गर्दै प्रदेश सरकारले शहीदहरुको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गर्नुका साथै शहीद परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालन गरिरहेको उल्लेख गरे ।

प्रदेश सरकारले द्वन्द्वपीडित, घाइते, अपाङ्ग उपचार खर्च कार्यक्रम र शहीदस्मृति भत्ता वितरण कार्यक्रम समेत लागू गरेको सरकारको दाबी छ । तर शहीद परिवार भने प्रदेश सरकारका यस्ता कार्यक्रममा समावेश हुन नसकिएको बताउँछन् । ‘प्रदेश सरकारका यस्ता कार्यक्रममा समावेश हुन निवेदन त दिएका थियौँ । खै हालसम्म पनि हामीले सुविधा भने पाएका छैनौँ ।’ भगवतिको भनाई छ, ‘कानूनी कागजपत्रको जालझेलले शहीद परिवार लक्षित प्रदेश सरकारका कार्यक्रममा सहभागि हुन नसकिएको होला ।’

मुटु रोगले ग्रसित शहीदपत्नी
प्रदेश आन्दोलनका शहीद टीकाराम गौतमकी श्रीमति अहिले मुटु रोगले ग्रसित छिन् । ५१ वर्षीय दुर्गादेवी गौतमको मुटुमा रगत पु¥याउने रक्तनलीहरु साँघुरिएको कारण उनलाई स्वास्थ्य समस्या आईरहेको छ ।

शहीद टीकारामका छोरा अमृत गौतमले भने, ‘आमाको मुटुको भल्भ साँघुरिएको छ । बुवा हुँदा नै आमाको मुटुमा समस्या देखिएको हो । तर अहिले झन् च्याप्न थालेको छ ।’ काठमाडौंकोे शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा दुर्गादेवी उपचारका लागि नियमित पुग्नुपर्ने वाध्यता छ । ‘नियमित औषधि सेवन गरिरहनु भएको छ । अहिले औषधिले काम गर्न छोडेर होकी अलि समस्या धेरै आउँछ ।’ उनले भने, ‘सायद अब अर्को अप्रेसन गर्नुपर्ने हुन्छ होला ।’

दुर्गादेबीलाई पिसाब सम्बन्धि समस्या भएकै कारण उनको शरिर फुल्लिन थाल्छ । यस्ता खाले समस्या आएपछि सामान्य चेकजाँचका लागि उनलाई परिवारले नै भरथेग गरी उपचार गराइरहेको छ । जटिल समस्या आउन थाले भने काठमाण्डौँ धाउनुपर्ने बाध्यता परिवारलाई छ ।

मुटुका रक्तनली साँघुरो भएमा मुटुको भल्भ मर्मत गर्ने वा भल्भ फेर्ने शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यसपछि मुटुको अर्को अप्रेशन भनेको मुटुको बाइपास सर्जरी हो । गंगादेवीको समेत यसअघि एक चरणको मुटुको शल्यक्रिया भईसकेको छ ।

‘मुटुको भल्भ खुलाउने अप्रेसन भएको हो । उपचार खर्च जोहो गर्न गाह्रो भएको थियो । अब फेरिशल्यक्रिया गर्नुपर्ने छ’, अमृतले भने,‘अघिल्ला मुख्यमन्त्रीसँग हामी भेटेका भेट्यै थियौँ । खै केहि भएन । हाम्रा आफ्ना समस्या यस्तै छन् । अहिलेका मुख्यमन्त्रीसँग गएका छैनौँ ।’ शहीद परिवारको अवस्था सुधारका लागि प्रदेश सरकार सकारात्मक रहेको भन्ने कुरामा अमृतलाई विश्वास नै छैन् । शहीद परिवार सदस्य दुर्गादेवीको मुटुको शल्यक्रियाका लागि दुई लाख बढीसम्म खर्च हुने परिवारको आंकलन छ ।

जनताको स्वतःस्पूmर्त आन्दोलनको जगमा गठन भएको कर्णाली प्रदेशमा शहीद परिवारको अवस्था टिठलाग्दो भएपनि प्रदेश प्रमुख र मन्त्री हुनेहरुको भने खातैखात छ । कान्छो प्रदेशका रुपमा स्थापना भएको कर्णालीमा प्रदेश सरकार गठन भएको ५४ महिनामा पालैपालो ३ जना प्रदेश प्रमुख, दुई मुख्यमन्त्री र १९ मन्त्री पाइसक्दा शहीद परिवारलाई कस्तो छ भन्ने एउटा सरकार पाएको छैन ।
जम्मा ४० जना सदस्य रहेको कर्णाली प्रदेशसभाका २ जना सदस्यले मुख्यमन्त्री र १९ जनाले मन्त्री फेरबदर भईसक्दा पनि शहीद परिवारको दुःख भने जस्ताको त्यस्तै नै छ ।

यस अवधिमा कांग्रेस, एमाले र माओवादीको सिफारिशमा ३ जना प्रदेश प्रमुख भएका छन भने, पहिले माओवादी र अहिले कांग्रेसका गरी २ जना मुख्यमन्त्री बनेका छन् । ११ जना सांसद रहेको माओवादीबाट अहिलेसम्म मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित ८ जना मन्त्री भइसकेका छन् भने पुष्पा घर्ति उपसभामुख छिन् । १ जना गैरसांसदलाई समेत मन्त्री बनाएको माओवादीबाट अब मन्त्री हुन बाँकी कृष्णा शाह, रातो कामी मात्र बाँकी छन् ।

प्रत्यक्ष एक र ५ समानुपातिक सांसद रहेको कांग्रेसका जीवनबहादुर शाही अहिले मुख्यमन्त्री हुँदा उनको पार्टीबाट दीनबन्धु श्रेष्ठ, यज्ञबहादुर वीसी र हिमबहादुर शाही मन्त्रीको भूमिकामा छन् । सुरुमा १९ सांसद रहेको एमाले अहिले पार्टी विभाजनपछि खुम्चिएको छ । हाल सभामुखसहित एमालेका १३ जना प्रदेशसभामा छन् ।

एमालेबाट अहिले सभामुख राजबहादुर शाही छन भने यसअघि मन्त्रीमा दल रावल, प्रकाश ज्वाला, नन्दसिंह बुढाको बहिर्गमन भइसकेको छ । ‘फ्लोर क्रस’ गरेका कारण उनीहरुको सांसद पद खोसिएपनि ‘फ्लोर क्रस’ गरेरै अम्मरबहादुर थापा, कुर्मराज शाही पनि मन्त्री बनिसकेका छन । एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीबाट अहिले प्रदेश सभामा सदस्य रहेका ३ जना मध्ये चन्द्रबहादुर शाही र पदम रोकाय मन्त्री छन ।
फोटो क्याप्सनः
१. शहीदको तस्वीरमा माल्र्यापण गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाही ।

तपाईको प्रतिक्रिया