बोलाै सामाजिक न्यायका लागि

विद्या भण्डारी/लेखक

मानव एक सामाजिक प्राणी हो । उ समाजमै जन्मिन्छ यहिँ सिक्छ । उसको अधिकार छ र त्यसलाई वञ्चित गर्न हुदैंन भन्ने बारे सबैलाई अवगत नै छ । हरेक मानिसको भिन्न प्रवृत्ति भएपनि कसैले कसैलाई दबाउन पाउँदैन । त्यसैले हाम्रो स्वतन्त्रता भंग गर्ने प्रयासलाई प्रयास मात्र हुन दिनुपर्छ र आवाज उठाउनु पर्छ । तर रुखको टुप्पामा पुग्नका लागि फेदबाट उक्लिन जरुरी भए जस्तै न्यायका लागि आवाज उठाउन पनि सर्वप्रथम त यसको अर्थ बुझेको हुनुपर्छ ।

अरुलाई खाएको बाघले आफूलाई नखाला भन्न पनि सकिदैँन त्यसैले पहिले यसको बारेमा बुझौँ । सामाजिक न्याय भनेको के हो त ? सम्बन्धहरूको जालोले निर्मित समाजका हरेक सदस्यहरूलाई समान अधिकार, व्यवहार हुनुपर्छ भन्दापनि असमान अवस्थामा रहेकाहरूलाई असमान्य व्यवहार गरेर वास्तविक समानता गर्नपर्छ भन्ने मान्यता नै सामाजिक न्याय हो । नागरिकले स्वतन्त्रता, विशेषाधिकारको उपयोगिता, समता र समानता प्राप्त गर्न पाउनु अन्य तर न्यायिक समाजको विम्ब हो र सद् भाव, कल्याण जस्ता सामाजिक व्यवहार लगायत यिनै पक्षको अनुपस्थिति नै हिंसा, भेद उदयको कारण हो । जोन रवल्सको न्याय सिद्धान्तले पनि यिनै कुरा चित्रण गरी व्याख्या गरेको छ ।

भनिन्छ, भगवान ब्रह्माको नाभिबाट कमल फूलको पत्रपत्रबाट सिर्जित सुन्दर ब्रम्हाण्डमा सतरुपा सरस्वतिको कोखबाट सभ्यताको मिर्मिरेदेखि नै पहिचान अंगाल्दै सर्वश्रेष्ठ प्राणी भनी हामी मानव उत्पन्न भएका थियौ÷हौ । तर समयको वेगसंगै यस वाक्यांशमा थुप्रै प्रश्न चिन्हहरू जोडिन्छन, के हामी साँच्चै सर्वश्रेष्ठ छौ त? किनभने भगवानले सिर्जित यस निश्पक्ष श्रृष्टिलाई हामी मानवले के बनायौँ ! यहाँ वर्ण, जात, धर्म, लिङ्ग, रंगका आधारमा समेत भेद गरिन्छ । यसो गर्नु अनुचित हो ! जन्म अनुसार को के हो भनेर सिद्ध हुने तथ्य कसैले बनाएको छैन ।

त्यसैले, त्यागौं महत्वहिन शान्ति र लागौं न्यायपूर्ण समाज बनाउन । समतामूलक आचरणले मात्र न्यायपूर्ण समाज बन्दछ । हो, कसैको प्राकृतिक बनौट साँस्कृतिक परम्पराका आधारमा कुनै प्रकारको भेद नगर्ने हो भने सामाजिक न्याय खोज्न कतै जान पर्दैन तर विडम्बना म यस नेपाली समाजको नागरिक यहाँ दिनानुदिन सबैभन्दा बढि यिनै घटना– अत्याचारका घट्ना, हिंसाका घटना, अन्यायका असंख्य घटनामात्र सुन्न पाईन्छ ।

बिडम्बना यहाँ प्रकृतिको सिर्जनालाई गला दबाउने, शारिरीक परिवर्तनलाई अपवित्र मान्ने, नारीको तागतलाई नकारात्मक कारण र सहायता देखाई ऐठन पारी राखिन्छ । चिन्तित हुन्छु, त्रसित हुन्छु यस्ता मारिएका, बलात्कार गरिएका, कुमनाशयले हेरिएका, छोइएका कुरा सुन्दा तर यसभन्दा पनि बढि अचम्मित हुन्छु म, यति सब भैरहँदा, भोगिरहँदा र भएको देखिरहँदा शान्त बसेको किन? आखिर हृदय सबैमा हुदैँन र? सबैलाई आफ्नो स्वतन्त्रता, ईज्जत खोसिदा नरामाईलो लाग्दैँन र ? त किन यति शान्त ? यो केस्को लागि धैर्यता ? दया र ममताकी खानी, सौन्दर्यकी रानी जो बिना सृष्टि नै कल्पना गर्न सकिँदैन ।

जसले सर्वस्व जगतलाई नै हराभरा बनाएकि छन्, उसकै नम्र आचरणलाई कमजोरी नाम दिएर शोषण गरिन्छ । यस पितसत्तात्मक र पुरातन सोचका तथाकथित श्रेष्ठ मानिसद्वारा अपहेलित भईन्छ । म बुझ्छु, कसरी यहाँ दबाउने कोसिस गरिन्छ, उड्न खोजेका पखेँटलाई लुछिन्छ, कसरी आफ्नै आफन्तद्वारा ईज्जतका झुटा र अनावश्यक पाठ पढाईन्छ, कसरी तिमलाई बारम्बार निमोठिन्छ तर नारी तिमी पार्वती, सीता भएपनि तिमी कालीपनि हौं । तिमी चाहिँने बेलामा दुर्गा बन्न सक्नु पर्छ, तिमी बोल्नु पर्छ हामी बोल्नु पर्छ । मनु भएपछि मानवता देखाउनु पर्छ ।

थाहा छ ! यस समाजले नारी मात्र नभएर हरेक पीडितलाई, दमितलाई औल्याउने छ, एक जुनीमै तिमीलाई तिम्रो भोगाईमा तिम्रो मात्र गल्ती प्रष्ट्याउने छ तर प्रयास गर, हरेश नखाउ, धैर्य गर बुद्धले सत्यता लुकायर लुक्दैन भन्नु भएको छ तर धैर्य गर्दैमा व्यवस्था भने नगर । म मैले भन्न सक्ने हरेक कुरा ति पीडितलाई भनिरहेको छु किनभने समाजलाई बदल्न सक्ने सामर्थ्य म एक्लैमा छैन तर तर एक पीडितलाई न्याय बुझाएर, स्वीकार्न र बोल्न अभिप्रेरित गर्न, उसका कुरा सुन्न र उसलाई उसको तागत चिनाउन सक्ने सामर्थ् यममा छ त्यसैले म भन्न चाहान्छु ।

ले जानीजानी मेरो पत्थर बनाए आउ अब यो पत्थरलाई गलाएर देखाउ पीडा त मानिसलाई हुन्छ हुन्छ पटक पटक निमोठिंदा पलाएर देखाउ ए नारी तिमी शक्तिकुञ्ज हौ जालझेललाई त्यागि आवाज बढाएर देखाउ । समाजमा प्रचलित हरेक प्रकारका भेद मानव सिर्जित हुन । यी गतिशील छन् त्यसैले हामी नै लागेर ती विकृतिलाई न्यूनिकरणबाट निर्मूलीकरणतर्फ लानुपर्छ । शिक्षाको कमी, कु–प्रथा, पुरातन सोचाई, नकरात्मक बुझाई र व्यवहारले गर्दा भेद उत्पन्न हुन्छ र यिनै न्यायको बाटोलाई पक्षपाति बनाउन सक्छ त्यसैले सर्वप्रथम त हामीले कसैको पनि चरित्र स्वविचारले नभई तथ्य, सत्यले निर्धारण गर्नुपर्छ भन्ने कुरा आफूले सिकेर, बालबच्चालाई पनि विद्यालय वा घर परिवारमा सिकाउनु पर्छ ।

दमित वर्गहरू, पक्षहरूलाई न्यायको पाठ, संविधानका कुरा अझ राम्रोसंग बुझाउनु पर्छ, नाई भनेको नाई नै हो भन्ने कुराको सकारात्मक मानसिकता सबैले बोकेको हुनुपर्छ, बिभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने तालिमको विशेष तयारी गर्ने र प्रवुद्ध वर्ग वा कमजोर वर्ग हरेकमा न्याय पक्षपाति नरहेको, कुनैपनि राजनैतिक, पारिवारिक सम्बन्धहरूमा नमिलेको न्याय पद्दति भए मात्र आवाजको मूल्य निष्कन्छ ।

हामीले हाम्रो तहबाट गर्न सक्ने हरेक कार्य मिलेर गर्नुपर्छ बाँकी गर्न सरकारलाई झक्झकाउनु पर्छ । सबैभन्दा महत्वपूर्ण, पीडितले बोलेपछि मात्र कुराको छिनोफानो हुन्छ त्यसैले पीडितहरू नडराउनुहोस्, हामीलाई विश्वास छ हजुरको, हजुरहरू बोल्नुपर्छ तब त हजुरको न्यायका लागि सत्यताको जीतको लागि हामी पनि लागि पर्ने छौ ।

हजुर हामी सबैको अधिकार धारा ४२, ४८, ३८ मा जसरी थुप्रै अरू सुनिश्चित छन् । नर्कमा बाँच्न कोहि पनि योग्य छैन त्यसैले बोलौ ! समाज हामी सबैको हो सबैको रगत रातो छ, धर्म जात लिङ्गलाई त्यागी प्रतिभा, सक्षमतालाई जोड दिऔं, आऔँ जागौ, हामी बोलौं । नरहून निर्मला, सुस्मिताका जस्ता घटना नेपालमा सुनिउन दबिएका आवाज न्याय छाओस् हाम्रो नेपालमा । (लेखकः सैनिक आवासीय महाविद्यालय , सुर्खेतमा कक्षा १२ मा अध्ययनरत छात्रा हुन्।)

तपाईको प्रतिक्रिया