के पुराना स्थापित पार्टीहरुप्रति सोच्नै पर्ने भएको त ?

– खोमकान्त रेग्मी
जहानीया राणा शासनको अन्त्य गर्न समेत नेपालमा विभिन्न पार्टीहरुको जन्म आवश्यक रह्यो भने त्यसपछिका परिवर्तनहरुका लागि नेपालका पार्टीहरुको महत्वपूर्ण भूमिका रहन गयो । २०१५ सालको आम चुनाव पार्टीगत भयो, र त्यसपछिका करिब सवै चुनावहरु पार्टीगत रुपमै सम्पन्न भएको पाइन्छ । स्थानीय तहको र राष्ट्रिय स्तरका चुनावमा न्यूनतम प्रतिशतले मांत्र स्वतन्त्र रुपमा जनमत प्राप्त गरेको पाइन्छ भने २०७९ को बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा भने केहि स्वतन्त्र व्यक्तिहरुको उपस्थिति रहन गयो ।

तरपनि पार्टीबाट विद्रोही रुपमा उपस्थित व्यक्तिहरु स्वतन्त्र रुपमा उठेर जितेको भएपनि त्यसलाई पार्टीगत मत गएको मानिन्छ भने केही ठाउँमा कुनैपनि पार्टीमा नलागेका व्यक्तिहरुको उपस्थित चाहि स्वतन्त्र उपस्थित मान्नुपर्छ । यसरी हेर्दा के नेपालका राजनीतिक पार्टीहरुले सोच्नपर्ने अवस्था हो त ? जहाँ उनीहरुको बलियो उपस्थित रहदा पनि ठाउँ ठाउँमा हेर्दा स्वतन्त्र उम्मेदवारहरु विजयी भएको पाइन्छ । अझै ओझिलो तरिकाले भन्ने हो भने राजनीतिक पार्टीहरुको मत किन ठाउँ ठाउँमा कम आयो यस विषयमा छलफलको आवश्यकता देखियो ।

राजनैतिक पार्टीहरुप्रति जनताको घट्दो विश्वास प्रमुख रुपमा लिन सकिन्छ । तुलनात्मक रुपमा हेर्दा जहानीया राणा शासनको अन्त्य पश्चात् नेपाली समाजको रुपान्तरण राजनैतिक पार्टीहरुको कारणले सम्भव भयो भने कतिपय परिवर्तनहरु आफै त्यक्तिकै पनि हुन सक्थे तर राजनैतिक परिवर्तनहरु भने राजनैतिक पार्टीहरुका कारणले भएको मान्नुपर्छ । जसरी जनताले राजनीतिक पार्टीहरुलाई पूर्ण विश्वास गरे, त्यसरी राजनीतिक पार्टीहरुले जनतालाई विश्वास गरेको पाइन्न । २०४६ को जनआन्दोलन पश्चात् राजा रहेको अवस्थामा पनि देश राजनीतिक पार्टीहरुले नै चलाए त्यसपछि केही समय मात्र राजा ज्ञानेन्द्रले चलाएको सत्ता बाहेक सबै दिनहरु र समय देशमा राजनीतिक दलले नै सत्ता चलाएका छन ।

२०४६ को आन्दोलन पश्चात् २०४८ को आमनिर्वाचन पश्चात बनेको नेपाली काँग्रेसको सरकार होस वा त्यसपछि काँग्रेस भित्रको अन्तरकलहले पछिल्लो मध्यावधि निर्वाचन पछि बनेको नेकपा एमालेको सरकार होस (यो सरकार भने अल्पमतको थियो) बिचको समयमा काँग्रेसले राप्रपाका सूर्यबहादुर थापालाई काखी च्पापेर बनाएको सरकार होस या एमालेले राप्रपाका लोकेन्द्रबहादुर चन्द्रलाई काखी च्पापेर बनाएको सरकार होस यी सबै सरकारहरु र विचको राजा ज्ञानेन्द्रले कु गरेपछि केही समय पश्चता्का सरकार हुन कुनैपनि सरकार हामीले काम गर्न पाएनौ भन्ने सरकार चलाएको कुनै राजनीतिक पार्टीले भन्ने ठाउँ नभैकन बनेका सरकार हुन ।

यसरी प्रत्येक पटक राजनीतिक पार्टीहरुको नेतृत्वमा सरकार बन्दा देशले निकास किन पाउन सकेन ? विदेशीकै कठपुतली बन्दै सरकार किन चल्न प¥यो ? जनताले वास्तवमा के पाए ? यो जन सरोकारको विषय बनेको छ । दिनभरी काम गरेर खाने मजदुरहरुको अहिलेको अवस्था, व्यापार व्यवसायमा लागेर काम गरेका उद्योगी र व्यापारीको अवस्था त्यसबेलादेखि राजनीतिमा लागेर राजनीति गरेका नेताको अवस्थालाई हेरेर मुल्याङ्कन गर्नतिर लाग्ने हो भने हामीले के पाउछौ राजनीति गर्ने व्यक्तिहरु सामाजिक काम गरेका हुन, उनिहरु इमान्दार छन भन्छौ साच्चै त्यस्तै भयो त ? त्यस्तो किन हुन सकेन र व्यापार व्यवसाय भन्दा राजनीति मुख्य आम्दानीको श्रोत कसरी हुन पुग्यो ? यो सोचनीय अवस्था हो ।

जनताले राजनीतिक पार्टीलाइ यति ठुलो विश्वास गरेका वेला राजनीतिक दलहरुले जनताको गुनासो भन्दा आŠनो स्वार्थलाई अगाडि सारेको वर्तमानमा स्वतन्त्र रुपमा उठेका व्यक्तिले चुनाव जित्नु नौलो कुरा हो त ? आŠनै कार्यकर्ता र जनताले हिज जसरी आŠनो पार्टीलाई भोट नमाग्नुको कारण त्यही होइन त ? यसलाई राजनीतिक व्यक्तित्वहरुले सोचेर अगाडि जानपर्छ कि पर्दैन ? हिजका जनतासँग अर्को बाटो थिएन कि स्वतन्त्र रुपमा पनि व्यक्तिहरु अगाडि आउदैनथे तर अब जनता विद्रोहमा उठन सक्छन भन्ने विषयलाई सबैले बुझ्न आवश्यक छ ।

अर्कोतिर हेर्ने हो भने राजनीतिक पार्टीहरुले बनाउने उम्मेदवारहरु कस्ता छन र उनीहरु हिजपनि प्रतिनिधि हुँदा कस्ता काम गरे ? भन्ने विषय सँगै आउछ । त्यसमा पनि बहुदल आएपछि सकेसम्म लगातार उसैलाई टिकट दिने उ भन्दा वाहेक पार्टीमा अरु कोहि पछि छैन भन्ने जुन आडम्बर छ त्यसले कसरी स्वतन्त्र उम्मेदवार भन्दा बढी मत ल्याउन सक्छ ? यसो हेर्नुस त २०४८ को आम निर्वाचनमा उठेका नेताहरु अहिले सम्म कतिजना अझै कुनै न कुनै कतै न कतै उम्मेदवार बन्दैछन तर उनीहरु सँगैका नेता कार्यकर्ता किन उम्मेदवार हुनबाट वन्चित छन ? यसरी हेर्दा पनि जनमानसमा पुरानो पुस्ता भन्दा नया पुस्ता खोज्दा र पुरानो अनुहार भन्दा नया अनुहार खोज्न पनि स्वतन्त्र उम्मेदवार बढी विजयी हुनसक्ने सम्भावना बढ्दो छ । के पार्टीमा नेता प्रधान बन्ने प्रवृति हावी छैन त ? नत्र किन सधै एकोहोरिने मात्र हुन्छ ?

पार्टी संचालन पद्धतीका कामले पनि पार्टी भन्दा स्वतन्त्र उम्मेदवार अगाडि आउन सक्ने सम्भावना बढ्दो छ । जसले संगठनात्मक सिद्धान्तक कुरा गर्छ, जसले समय दिन्छ र पार्टीले गल्ती ग¥यो सुधार गर्नुप¥यो भन्छ, जो समाजमा भरपर्दो र विश्वासिलो छ, जो आŠनो कार्यमा दख्खल राख्दछ र नेताको चाकरी गर्दैन त्यसले पार्टीमा स्थान पाउने सम्भावना कम हुन्छ, जसले नचाहिदा वकम्फुसे कुरा गरेर नेताको चाकरी गर्छ, नेताका ढोकामा धाउछ काम कुरा केही गर्दैन, अनि धेरै चाकरीमा सामाजिक संन्जाल भर्छ उसले स्थान पाउछ जुन समाजमा पच्दैन अनि निर्वाचनको टिकट पनि उसैले पाउछ त्यसपछि कसरी चुनाव जितिन्छ ? अनि सामाजिक प्रतिष्ठा कमाएका व्यक्तिले सहयोग गरेनन् र हराए भन्न हामी पछि पर्दैनांै, अनि त्यतिबेला स्वतन्त्र उम्मेदवारले चुनाव जित्न सक्ने सम्भावना प्रवल हुन्छ । यसकारण राजनीतिक पार्टीहरु राम्रैसँग सुर्धनु पर्ने अवस्था आएको स्वभाविक हो ।

अर्को वेथिति राजनीतिक पार्टीमा गाउमा, वडामा, नगरमा जिल्लामा काम गर्न पर्दैन मात्र केन्द्रीय नेताकहाँ सम्पर्क भएसि नेतृत्वबाट पाउने पुरस्कार पाइहाल्छ । जिल्लामा काम गर्नपर्दैन स्थानीय पार्टीमा कुनै सरोकार रहन पर्दैन । स्थानीय नेताको पनि केन्द्रीय नेतासँगको सम्पर्कले त्यत्तिकै वलियो सम्बन्ध बन्छ उसको त केन्द्रीय नेतासँग सम्पर्क छ यसर्थ मैले उसलाई समर्थन गर्नुपर्छ भन्ने भावना जागृत हुन्छ किनकि हाम्रो समस्या नेतामुखी र चाकरीको आधारमा चलेको हुँदा त्यसैलाई अङ्गिकार गर्ने प्रचलन छ । यो राजनीतिक पार्टीहरुबाट सुधार गर्नुपर्ने विषय हो ।

आŠनो मान्छे भएपछि राम्रो मान्छे नचाहिने जुन राजनीतिक पार्टीहरुमा विकास भएको छ त्यो नै स्वतन्त्र र गलिता उम्मेदवारका अगाडि आŠनो उम्मेदवारको पराजयको कडी हो। जनता आŠना पक्षमा छन कार्यकर्ता पक्ति दरो छ तर समाजमा अपाच्य व्यक्तिलाई उम्मेदवार वनाएपछि कसरी जनता अपाच्य व्यक्तिका पछि लाग्छन् ? समाजमा रहेका प्रवुद्धजनहरुको समूह भन्दा उसको ल्याकत निकै कमजोर छ पढाई लेखाई छैन, सामाजिक नियती छैन पार्टीले मलाई टिकट दिइहाल्यो मैले अब किन कसैसँग सम्बन्ध राख्नुपर्छ र ? कार्यकर्ता त हाम्रा दास हुन् त्यसैपछि लाग्छन् मैले अब ठूलाबडासँग मात्र सम्बन्ध राखे पुग्छ भन्छ अनि कसरी ऊ सामाजिक बन्छ ? नेतृत्वले भनेपछि मान्ने तर नेतृन्व सधै मनपरी गरिरहने भएसी उ कार्यकर्ताको आशा कसरी विश्वासमा परिणत हुन्छ ?

नेता हो पार्टीको सरकार बन्छ, राजनीतिक नियुक्ति पाउछ र ठूलो मान्छे हुन्छ अनि उसले राख्न पाउने कर्मचारी सबै आŠना मान्छे भर्छ अनि अघिपछि चुनाव आयो कार्यकर्ता र जनता खोज्छ, सांसद हुन्छ आŠनो मान्छे स्वकीय सचिव राख्छ भत्ता सकभर आफै खान्छ नाम एउटा लेख्छ चुनाव आएपछि कार्यकर्ता र जनता गुहार्छ त्यसले कति दिनसम्म यस्ता क्रियाकलाप गर्छ र राजनीतिक पार्टीले यस्ता प्रवृत्तिबाट कसरी निकास पाउछन् ? आफ्नो मान्छे भएसी उसले आफ्नो पिए लगायत आवश्यक ठाउँमा मनोनयन गर्छ कसैलाई सोध्न पर्दैन मानौ ऊ पार्टीको सर्बैसर्वा व्यक्ति हो उसले भनेसी सबैले मान्नुपर्छ । त्यसपछि सधै त्यो पार्टी र त्यसका उम्मेदवारले जित्छन्, अरुले सधै तालिमात्र ठोकेर बस्छन ? विचारणीय कुरा छ ।

नेता नेताकै पारामा १० बजे कार्यकर्तालाइै बैठकमा बोलाउछ अराउछ अनि आफु १२ बजेतिर आइपुग्छ, अर्को ठाउँमा कार्यक्रम थियो ढिलो भयो भन्छ, १,२ पटक मात्र होइन पटक पटक भन्छ अनि दिनभरी मिटिङ्ग गर्छ र कनै एक दुई जना नेताको भजन गाएर समय खर्चिन्छ । आफू सभ्यताको पारखी भएको उद्घोस गर्छ, तलका कार्यकर्ता वसेको ठाउँमा पानी, गर्मीमा पंङखा केही चाहिन्न उ रहेको ठाउँमा हावाको व्यवस्था पानीको व्यवस्था सबै चाहिन्छ र फलाक्छ हामी भन्दा सभ्य कोही छैन जसले गतिलोसँग आŠनो आङ्गको कपडा पनि लगाउन जान्दैन उसले कपडा लाउने उपदेश दिन्छ, जसले राज्यको पहुच पाउदा पनि केही गर्न सक्दैन उसले फलानाले यसो ग¥यो भन्छ अनि तलका कार्यकर्ता ऊ वोल्दासम्म सकिइ सकेका हुन्छन उसले पत्तै पाउदैन । पछि आफै भन्छ अनुशासन नभएका मान्छे ।

आफूले गरेका सबै राम्रा अरुले गरेका नराम्रा मात्र भनेर समय वर्वाद गर्छन । परिष्कृत र राम्रा सम्भावनाका विषयमा कुरा नगरी व्यक्तिगत गाली गलोजमा समय वर्वाद गर्छन यसरी कसरी निकास आउछ ? कमिटी त्यस्तै आफूले भनेर मान्ने र आŠनो गुणगान गाउने मान्छे खोजेर भर्छन, राजनीतिक नियुक्ति देखि सचिवालयसम्म त्यस्तै खोजेर भर्छन अनि अघिपछि चुनाव आएपछि कार्यकर्ता र जनता कहाँ गुहार्छन । एक दुई पटक सबै मरेर भोट मागेर व्यक्ति भएपनि पार्टी भनेर लाग्छन सधै त्यस्तै अनर्गल गर्न थालेपछि अरुलाई भोट माग्न किन मरिमेट्छन् ।

यस्ता सामान्य विषयमा समेत ध्यान नदिई अगाडि जाने राजनीतिक पार्टीको भविष्य पनि राम्रो हुदैन फलत धेरै पार्टीहरु यस्तै भइराखे भने स्वतन्त्र र सक्षम व्यक्ति वाहेकका उम्मेदवारले चुनाव नजित्ने कुरामा दुई मत छैन। सुधारको खाँचो परेको यस्तो परिवेशमा नेपालका राजनीतिक पार्टीहरु कहिल्यै पनि गल्ती स्वीकार गर्ने तवरले आगडि आएका छैनन् सबैका आफ्ना सिद्धान्त ठिक छन् । आफ्ना क्रियाकलाप ठिक छन् भनेर अड्डी कस्ने बानी छ । तिनका नेताहरुको पनि त्यस्तै खाले चाहना भएको पाईन्छ । अनि यसरी परिस्कृति विना अगाडिको बाटो कसरी कोरिन्छ र जनमानसले राजनीतिक पार्टीबाट कसरी निकास पाउछन् । सोचनीय विषय छ । (लेखक : नेपाल मुद्रण महासंघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

तपाईको प्रतिक्रिया