अहिलेको पुस्ताले चिन्दैनन् ‘चकटी’

सुर्खेतलाई व्यवसायिक क्षेत्रमा माथि उकास्न सुर्खेतका २९ वर्षिय गोपाल वी.सीले चकटी नाम राखेर होटल व्यवसाय सञ्चालन गरे । करिव तीन वर्षअघि सुर्खेतको सुपर मार्केटमा चकटी नाम राखेर रेष्टुरेण्ट सञ्चालनमा ल्याएका बीसीले अहिले छिञ्चुमापनि चकटीको आउटलेट खोलिसकेका छन् । २ करोडभन्दा बढिको लगानीमा सञ्चालन गरेको चकटी रेष्टुरेण्टले सुर्खेतका मात्रै नभएर रारा घुम्नका लागि आउने नागरिकको सहजताका लागि पनि टेवा पुर्याएको छ ।

 यसरी भयो शुरुवात
अन्य जिल्लाबाट रारा घुम्न जाँदा सुर्खेत भएरै जानुपर्छ । विभिन्न जिल्लाहरुबाट सुर्खेतका पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउदा सुर्खेतमा बस्न अनि मीठो खाजानास्ता खानका लागि राम्रा रेष्टुरेण्टहरु नहुँदा हाम्रा पर्यटकीयस्थल हेर्न आउनेहरुको दृष्टिकोणमा पनि सुर्खेत पिछडिएको जिल्लाका रुपमा परिचित हुन गएको हुँदा आपूmजस्ता युवाहरुले यसमा ध्यान दिएको चकटी सञ्चालक गोपालको भनाई छ ।

नेपालगञ्ज, काठमाडौं, पोखराजस्ता विकसित शहरमा दिउँसोभरि काम गर्ने अनि साँझ थकान मेटाउन पारिवारिक माहोलमा परिवारसंग बसेर रमाइलो गर्नका लागि सुर्खेतमा त्यस्तो कुनै माहोल नभएकाले पनि आपूmले नयाँ कन्सेप्ट लिएर रेष्टुरेण्ट खोल्ने योजना बनाएको उनले सुनाए ।

उनले कहिले यसो साथीहरु आउँदा राम्रो रेष्टुरेण्ट नहुँदा आफ्नो जिल्लाको यस्तो अवस्था देख्दा दुःख लागेको बताए । त्यसपछि उनले युवाहरुले नै आफ्नो ठाँउको लागि काम गर्नुपर्छ भन्ने सोच राखेर रेष्टुरेण्ट खोल्ने योजना बनाए र नाम सोचे चकटी । अर्गानीक नामबाटै होटेल व्यवसाय सञ्चालन गर्ने योजनाका साथ उनले करोडौ लगानी गरेर सबैलाई पारिवारिक वातावरणमा सहजता प्रदान गर्ने उद्देश्यले यो व्यवसाय अंगालेको बताउँछन् ।

चकटीमा के छ त्यस्तो ?
होटेल अथवा रेष्टुरेण्ट भन्ने बित्तिकै रमाइलो, केहि मीठो परिकार खाने भन्ने सोच हुन्छ । त्यस्तै पारिवारिक वातावरणमा बजार भन्दा सुनसान ठाउँ पार्किङ्ग गर्नको लागिपनि व्यवस्था गराएर ग्राहकका लागि सुविधा दिन चकटीले खोजेको छ । चट्ट मिलाइएका सोफा, साइडमा क्याविन अनि भित्तामा सुर्खेतका पर्यटकीय क्षेत्रको फोटो अनि बुनेका चकटीहरु झुण्डाइएका छन् ।

नर्मल खाजा मःम, चाउमिन, पिज्जा, कफि, कोल्डड्रिक्सको साथमा, थकाली खाना, चाइनिज, कन्टिनेन्टल सबै खाना खाजाहरु चकटीमा पाइन्छ । कार्यालयभन्दा बाहिर गरिने विभिन्न कामहरु सुनसान वातावरणमा गर्दै थकान मेट्न सकिन्छ । विशेष गरि पछिल्लो समय सामाजिक सञ्जालमा भुलिने युवायुवतीहरुका लागि फोटो, अनि टिकटक जस्ता एपका लागि पनि बनाउन सकिने गरि डेकोरेशन गरिएको छ ।

अहिले सुर्खेतकै छिञ्चुमा पनि चकटीको शाखा खोलिएको छ । यात्रामा हिडेका नागरिकलाई बाटोमा बस्नुपर्ने अवस्थामा लजको समेत व्यवस्था गरेर चकटीले आफ्नो सेवा सुविधा विस्तार गरेको हो । व्यवसाय सञ्चालन गर्दा निकै सकस व्यहोर्नु परेको उनले अनुभव सुनाए । कहिलेकाहि त टन्न खाइपिई गरिसकेपछि धेरै बिल आयो भनेर स्टाफलाई थर्काउने, बिल नतिर्ने जस्ता कृयाकलापपनि उनले भोग्नुपरेको छ ।

मास्टर सेफ बन्ने सपना : राजन
कोहलपुरका राजन पारिवारिक समस्याका कारण १४ वर्षको उमेरमै भारत पस्छन् । उपचार गर्न खर्च नभएकै कारण बुवालाई गुमाएका राजनले आमा र भाइबहिनीकै लागि अर्काको देश पुग्छन् । उनले जानेको केहि थिएन् । तर अर्काको ठाँउमा पैसा कमाउनकै लागि हिडेका राजनले होटेलमा भाँडा माझ्ने काम पाए पनि खुशीसाथ गर्न थाले । शुरुशुरुमा काम नजान्दा निकै दुःख गरे ।

कति दिन काम गर्न नसकेर रोए पनि तर आज खुशी छन उनी । उनले काम गर्ने होटेलको साहुले उनको लगनशिलता र मेहेनत देखेर एक वर्षमै भान्साको काम सिकाउन भने आफ्ना सेफलाई अनि उनले यसरी भान्सामा छिर्ने मौका पाए । पाएको मौकालाई उनले राम्रो संग सदुपयोग गरे र उनले पछि त्यहि होटेलमा ५ वर्ष सेफको काम गर्ने मौका पाए यसरी भारतको गुजरातमा उनले ६ वर्ष बिताए ।

त्यसपछि उनले नेपालगञ्जको सिद्धार्थ ग्रुप, कोहलपुर, काठमाडौं हँुदै सुर्खेतको चकटी रेष्टुरेण्टमा काम गर्ने अवसर पाए । मलाई मेरो कामनै संसारको बेष्ट काम लाग्छ । म प्राउडली भन्छु । अहिले मेरो परिवारनै यहि पेशाले धानेको छु । मेरो घरमा सबै जना खुशि हुनुुहुन्छ ।

चकटी स्पेशल (म्याजिक चिकेन विङ्गस)
कुखुराको पखेटाको भाग, मैदामा राखेर फ्राई (रातो कलर हुने गरी), फुड कलर युज गरेर, म्याजीक सस, सिजनल सस सबै मिक्स गरेर फ्राई गर्ने, गार्लिक जिन्जरको पेष्ट राखेर, क्यारोट, फ्लोरहरु राखेर तयार पार्ने अनि सर्भ गर्ने । प्रस्तुती : सृजना बिसी

तपाईको प्रतिक्रिया