क्यान्सर पिडित प्रेम परिवारको मृत्यु   

          दिलिप ढकाल                                                     सुर्खेत २६, साउन ।                                                    दुई बर्ष देखि क्यान्सर रोगसँग लडिरहेका सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ४ बाउनचौरका २८ बर्षिय क्यान्सर पीडित प्रेम परियारको आज बिहान करिव ५ बजे आफ्नै घरमा मृत्यु भएको छ । दुई बर्ष देखि क्यान्सर रोग संग लडिरहेका प्रेम परिवारको आर्थिक अबस्था कमजोर भएकाले उपाचारको लागि विभिन्न संघ सस्था , देश तथा विदेशमा रहेका नेपालीले सकेको जति आर्थिक सहयोग गर्दै आयका थिए।                                                                                                     स्थानिय स्तरमा पनि पिडित परिवारको उपचारको लागि आर्थिक सहयोग अभियान संचालन भईरहेको थियो  । आर्थिक आबस्था कमजोर भएकै कारण उपचार हुन नसकेको र सहयोग गरिदिनुहुन सी डी सी नेपाल सुर्खेत र उनको परिवारले सहयोगको अपिल गरेका थिए। सानो सहयोगले कसैको ज्यान बचाउन सकिन्छ भनि सबैले सहयोग गरौ भन्नि भावनाले परिवारको लागि देश तथा विदेश बाट सहयोग रकम आउने क्रम जारि रहेको थियो साथै परियारलाई उपचारका लागि भारत लैजाने तयारी रहेको थियो । उनको उपचारमा विभिन्न क्षेत्रबाट लाखौ रकम संकलन भैईसकेको थियोे । उपचारको लागि आर्थिक अभियान संचालन मा रात दिन खटिरहेका मिलन खड्का र छबि नेपाली लगाएतले ले सहयोगी मन हरु सबैलाई लाई धन्यबाद ब्यक्त गरेका छन।

तपाईको प्रतिक्रिया