तीज गीत “माइतीको घर” सार्वजनिक

सुर्खेत, २३ साउन ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीजका गीतहरु बजारमा आइपुगेका छन् । विगतका बर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् ।

हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै गायक देबेन्द्र भट्टराईले नयाँ तीज कोसेली माइतीको घर बजारमा ल्याएका छन् । मौलिकतालाई बचाउनु पर्छ भन्ने उद्देश्य बोकेर गायक भट्टराईले तीज गीत माइतीको घर सार्वजनिक गरिएको बताए ।

गीत संगीत भन्न बित्तिकै हुरुक्क हुने गायक भट्टराई सानैदेखि उनी गीतहरु गाउने गर्थे । बाल्यकालदेखि नै गीत संगितमा रुचि राखेका उनी दुख गरेपछि मेहेन्तको फल अवश्य मिठो हुन्छ अरु समयमा जागिर गर्दै बचेको समयमा गीत संगीतलाई पनि अगाडी बढाउने बताए ।

मौलिक शैलीमा तयार गरिएको गीतमा गायक देबेन्द्र भट्टराई र लक्ष्मी रेग्मी,रेजिना परियारको स्वर तथा गायिका रेग्मीको शब्द,संगीत रहेको छ । गीतमा देबेन्द्र भट्टराई र सबिता कार्की ,रञ्जु अधिकारी,दिपक केसि, संगीत मगरलाई अभिनयमा देख्न सकिन्छ ।

गीतको छायाँकन बिरेन्द्र भट्टले गरेका छन् भने, भिडियो सम्पादन बिकास ज्ञावालीले गरेका छन् । गायक भट्टराईले लोकदोहोरी गीतमा आवाज दिएका छन् भने केहि गीतहरूमा अभिनयसमेत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया