कक्षा कोठाको अभाव झेल्दै सुर्यज्योति माबि हर्रेका विद्यार्थी

दिलिप ढकाल
भेरीगंगा, २२ साउन ।
कर्णाली प्रदेश को प्रवेश द्वारको रुपमा रहेकों पुर्बी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ४ हर्रे स्थित श्री सुर्य ज्योति माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले कक्षा कोठाको अभाब झेलिरहेका छन् । बर्षादको समयमा बाबियोले वरिपरि बारेको कोठामा पढ्न बाध्य भएका छन् ।

बिद्यालयमा हाल शिशु कक्षादेखि कक्षा–१० सम्म पढाई भईरहेको र एउटा कक्षाका बिद्यार्थीलाई पठन–पाठनको लागि कोठा नभएकाले वरिपरि बाबियोले बारेर भएपनी पठन पाठन गराउनु परेको बिद्यालयका प्रधानाध्यापक महेन्द्र कुमार डिसीले जानकारी दिनुभयो ।

साथै बिद्यालयमा फर्निचरको पनि अभाब रहेको र पानी पर्दा बिद्यार्थी हिलाम्य कोठामा पढ्नु पर्ने बाध्यता रहेको समेत उहाँले जानकारी दिनुभयो । केन्द्र प्रदेश तथा स्थानिय तहले शिक्षामा अथाहा लगानी गरेपनि बिकट तथा दुर्गमका बिद्यालयका भबन तथा फर्निचरका समस्या भने जहाँको तेही छन् ।

विद्यालयको समस्या बारे वडा नम्बर ४ का वडा अध्यक्ष गंगा बहादुर खत्रीसंग प्रश्न गर्दा विद्यालयको भवनको लागि वडामा प्रयाप्त बजेट नहुने हँुदा पालिकाबाट पहल गर्ने जानकारी दिनुभयो । त्यस्तै वडा अध्यक्ष खत्रीले विद्यालयको फर्निचर को लागि वडा बाट रकम छुट्टयाएर फर्निचर खरिद गरिने जानकारी दिनुभयो । २०३६ सालमा स्थापना भएको बिद्यालयमा हाल २३८ जना बिद्यार्थी अध्ययन गरिरहेका छन् ।

यहि बिषयमा भेरीगंगा नगपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गजेन्द्र जिसीसँग प्रश्न गर्दा हाल बिद्यालयमा कक्षा कोठाको अभाब भएको हुँदा कक्षा ९ र १० को तत्काल अनुमति नदिने कुरा चलिरहँदा बिद्यालयका प्र.अ. लगायतले बिद्यार्थी ९ त १० पढ्न छिन्चु बजार आउँदा यातायात खर्चमै लाखौ खर्च हुने भएकाले हामी जसरी पनि कक्षा कोठा र बिद्यालयमा फर्निचरको ब्यबस्था गरी पठन पाठन गर्छौ भनेपछि कक्षा–९ र १० को अनुमति दिएको जानकारी दिनुभयो ।

साथै शाखा प्रमुख गजेन्द्र जिसीले यो बर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयले भवनको लागि नगरपालिकामा प्रस्ताव पेश गरेको खण्डमा आफुले उक्त प्रस्तावलाई जिल्ला स्तर हँुदै केन्द्रसम्म पठाएर भबन प्राप्त गर्नमा सहयोग गर्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया