बिद्यालयमा विभिन्न बाल समूह गठन

प्रचण्ड खत्री
रुकुम पश्चिम, २२ साउन ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर पाँचमा रहेको हाम्रो श्री बाल बिकास आधारभुत बिद्यालय बाँफिकोट–५ वडागाउँमा बाल क्लव गठन गरिएको छ । बालबालिकाको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन बालबालिकालाई सिर्जनात्मक कार्यमा प्रेरित गर्ने उद्देश्यले विभिन्न बाल समूह गठन गरेको छ ।

बाल जागरण बालक्लब, बाताबरण संरक्षक क्लब, जुनियर रेटक्रस सर्कल, नेपाल स्काउट क्लब गठन गरेको शिक्षक प्रेमकुमार पुन मगरले बताए । बैठकमा बाल जागरण बालक्लबका अध्यक्ष शन्देस शाहीको अध्यक्षता, जुनियर रेडक्रस सर्कलका सचिव गणेश शेर्पालीको सञ्चालन र बिद्यालय प्रधानाध्यापक चन्द्र प्रसाद दहालको प्रमुख आतिथ्यता र बिद्यालयमा कार्यरत अन्य शिक्षकहरुको उपस्थितीमा बैठक बसेर बाल समुह गठन गरेको बताएको छ ।


बैठकले बिद्यालयलाई समाजको ऐनाका रुपमा चिनाउन र पठनपाठन संगै सिर्जनात्मक कृयाकलापलाई अगाडि बढाउन निम्नानुसारका निर्णय गरेको छ । बिद्यालय हाताभित्र शिक्षक स्टाफ बिच शिक्षक बिद्यार्थी बिच तपाईं भाषाको प्रयोग गर्ने, विद्यालयलाई प्लास्टिक मुक्त गरी हरित बिद्यालय बनाउने, क्लबका कार्यक्षेत्रहरु तोकिएको र सो अनुसार अतिरिक्त कृयाकलाप बिभागको सिर्जनात्मकतामा विद्यार्थीलाई परिचालित गरिने, कक्षा क्याप्टेन बिद्यालय क्याप्टेन र मनिटरको ब्यवस्थापन गर्ने निर्णय गरेको शिक्षक पुनले बताए ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार