डिग्रीको सर्टिफिकेट र खाडीको सपना

खेमराज गौतम

जीवन संघर्षपूर्ण छ । मानिस जन्मँदा नग्न अवस्थामा हुन्छ र देह त्याग गरी जाँदासमेत नग्न अवस्थामै घाटसम्म पुर्याइन्छ । जन्म त अन्य प्राणीले पनि लिन्छन । विभिन्न अवतरमा पृथ्वीको भोग गरिरहेका हुन्छन् । त्यसमध्ये मानिस एक चेतनशील प्राणीको रुपमा कहलिन पुगेको हुन्छ । आपूm र आफ्नो अस्तित्व मात्र नभइ जगतकै सार्थकता मनुष्य नामक प्राणीबाटै भएको छ । जब मनिसको जन्म हुन्छ त्यतिबेला देखिनै आफ्नो संघर्षका पाइलाहरु अघि बढाउन सुरु गर्छ । जीवनको रमाइलो भनौ या कहालीलाग्दो यात्रा त्यहि बेलादेखि सुरु हुने गर्छ ।

पढाइको लागि वातावरण मिल्नुपर्ने रहेछ । चाहे त्यो पारिवारिक होस या आर्थिक वा अन्य । यस्तै वातावरणको चाँजोपाँजो मिलाउँदै शहर झर्नुपर्ने अवस्था हाम्रो वास्तविक अवस्था छ । सुखदुःख गरेरै बाले ढुंग्रोमा जम्मा गरेर राखेको पैसाले धेरै खुशीलाइ किन्ने रहर हँुदा हुँदै पनि त्यो कल्पनामा मात्र सीमित हुन पुग्ने रहेछ ।

जब गोजिमा दाम सकिन थाल्छ तब कोठामा नुन सकिन थाल्छ । साँझ बिहानको एक चम्चाबाटै थोरै घटाएर रारातालको पानीजस्तै दालसँग जाउलो खानै खोज्दा, साथीले नुन कम छ भन्दै गर्दा म त नुन कमनै खान्छु भनी मन नलाइ नलाइ खानुको जीवन क्या गज्जबको हुने रहेछ ।

त्यो बाध्यता थियो त केवल बाको लागि डिग्रीको खोस्टो किन्ने । म पनि बाको त्यो सपनाको पछि दौडिरहे । आफूसंग गोजीमा सुक्को हुने हो भने त परदेशीलाई दशैं आउनु जत्तिकै हुन्थ्यो । आपूmलाई आवश्यक कलम कापी व्यवस्था गर्नलाई हम्मेहम्मे पथ्र्यो । बजारमा कुनै सामान किन्नुपर्यो , कतै बाहिर निस्कदा खल्तीबाट झिनो नगद झार्नुपर्यो भनेपनि साँझ बिहानको राराताल सम्झमा बल्झिन पुगिहाल्थ्यो । त्यो पैसामा बाको पसिनाको नुनिलो स्वाद सम्झन्थे ।

बाका खोच परेका गाला सम्झिन्थे । आमाको कुहिनाबाट फाटेको चोली सम्झन्थ्ये। यो मेरो रहर नभइ बाध्यता जस्तो पनि थियो । हुन त पहिले देखिनै बानी पर्दै आएको मलाई खासै धेरै वास्ता त लाग्थेन । मलाइ त्यतिबेला पीडाको बोध हुन्थ्यो, मन भक्कानिन्थ्यो जब साथीहरु नयाँ नयाँ ड्रेसमा कलेज आउँथे, क्याम्पसबाट हुने हरेक कार्यक्रममा ठाँटिएर आउँथे। आपूmसँग त्यस्तो कुनै सामथ्र्य थिएन । बिहानको समयमा कलेज गयो दिउँसो फक्र्यो । अघिल्लो दिनदेखि खाएको त्यो मीठो दाल र भातले भोलिपल्ट दिउँसोसम्म सजिलै धान्न सक्थ्यो ।

कहिले त ड्रेस लगाएरै सुतिन्थ्यो त कहिले बासी भातलाइ तह लगाइन्थ्यो अनि कल्पना गर्थे त्यो आफ्नै झुपडीको, ती मेरी आमाका काम गर्दा चिरा परेका हातले पस्केको खोले सम्झन नखोज्दा पनि आँखै वरिपरि नै रहन्थ्ये । आमाका तिनै चिरा परेका हात बाका कुर्कुचामा मलम लगाउने सोच मेरो पनि थियो । कुनै चाडबाडको बेला आमाले भनेको सम्झना आउँथ्यो, घरमा खान खाने बेला तेरै याद मात्र आउँछ छोरा भन्नुहुन्थ्यो । पढाइको भन्दा पिरलो भविष्यको लाग्थ्यो । पढेर के गर्ने भेऊ नै पाएको थिएन ।

कहिलेकाहिं त लाग्थ्यो मेरो सपना मेरै नामको डिग्रीको सर्टिफिकेटमा लेमिनेशन गराएर झोलामा बोक्ने अनि जागिरे जीवन सुरु गर्ने । डिग्री भन्ने कुरा चानचुने थिएन । त्यो भन्दा जागिरको त कुनै कुरै नगरौँ । एक मनले भन्थ्यो समयमै खाडी छिर, यो खेर जाने आर्थिक लगानी समयलाई त्यहिँ लगा । अर्को मन भन्थ्यो तँ यति किन कमजोर बन्छस ? तँ त सक्षम छस् देशमै केही गर्न सक्छस १ जे जे गर्न पर्छ तँ यहि गर । तेरो पहिलो लक्ष्य डिग्री पूरा गर भन्थ्यो । शिक्षाले सर्टिफिकेट मात्र दियो तर सीप दिएन ।


सीप बिनाको सर्टिफिकेटको कुनै मूल्य थिएन । आफै भित्र द्वन्द्व हुन्थ्यो । पढाइभन्दा पनि आफ्नो व्यवस्थापन कसरी गर्ने भन्ने पिरलो बढी भएकै प्रभावले होला खाडीका सपनाहरु मनमा खेल्दथे । गहिरिएर सोच्न बाध्य बनाउँथे ती पापी मनहरु । त्यसैकारण मन भरिएर आँउछ ।

त्यो आपूmलाइ विसन्चो हुँदा आफ्नो पर्वाह नगरेरै भएपनि त्यो डिग्रीको खोक्रो खोष्टो किन्ने सपना बोकेका मेरा बा बरु त्यो खर्चलाइ एक मिटर खास्टो किन्नको लागि जम्मा गरेको भए काम लाग्थ्यो होला । परिवारलाइ एक मिटर वस्त्र खोज्नकै लागि त्यति टाँठो गर्न पर्ने थिएन । यो खर्च त केवल बालुवामा पानी जस्तै लाग्न थाल्यो ।

हाम्रा शिक्षित र बौद्धिक व्यक्तिलाई हेर्दा पढाइप्रति वितृष्णा जाग्छ । अहिलेको युगमा नपढेका भन्ने पनि कोहि छैनन् । पढेर पार लागेका पनि सबै छैनन्। अहिलेको पढाइ वैकल्पिक जस्तो भएको मेरो भोगाइ छ । परिवारको खुबीले धान्दासम्म झोला बोक्यो त्यस भन्दापछिको विकल्पमा रातो पासपोर्ट त्यहि झोलाको पाकेटमा छँदैछ । शिक्षा वास्तवमा ज्ञान र सीपसँग जोडिएको हुन आवश्यक थियो । ज्ञान बिना सीप हासिल गर्न सकस पर्ने हुन्छ । त्यस्तै आर्जित सीपलाइ उपयोग गर्नपनि शिक्षा आवश्यक पर्ने रहेछ । तर हाम्रो शिक्षाले लिइरहेको शिक्षाले त्यो कहिल्यै सिकाएन । शिक्षा महासागर हो ।

यहाँ त जीवन पार लगाउने उपाय सिकाइनु पथ्र्यो । पौडिन सिकाउनुको सट्टा नदिमा हात बाँधेर फालिदियो तर पार लाग्न कहिल्यै सिकाएन् ।आफ्नो केही अगाडि खाना छ तर त्यसलाइ कसरी खाने भन्ने सिकाएन् । सिकायो त केवल छट्पटिन र हल्लिन मात्र । यसरी कहिले जागिरको आश देखायो त कहिले सफलताको आश देखायो अन्त्यमा खाडीको सपना देखायो ।

मेरो शिक्षा ११ कहिलेकाही त लाग्छ बरु औपचारिक शिक्षा व्यवस्थाले कुनै तहका कक्षाहरुमा त्यो खाडीको गर्मीबाट बच्ने उपाय सिकाइ देओस् । डटेर ठूला ठूला मेशिन भएका कारखानामा काम गर्ने तरिका सिकाओस ।

बगाएको त्यो रगत र पसिनालाइ पुछ्न सिकाओस् । त्यसका साथै परिवार र आफन्तजनलाइ काठको बाकसमा लाश आउँदा सहर्ष स्वीकार गर्ने क्षमता सिकाओसस यी त भावना र कल्पना मात्र थिए । उता समाजले पनि राम्रै अपेक्षा गरेकै थियो । बाआमाका पीडामा मलम लिएर आउँछ । सबैको लागि खुशी लिएर आउँछ । त्यो त भूमरिले तानिसकेको वस्तु फिर्ता हुनुजस्तै भयो । डिग्रीको सर्टिफिकेट लिएर समाजमा अनुकरणीय बन्ने सपना कस्को पो हँुदैन र ? आशाका किरणहरु बादलमै लुटपुटिन बिबश भए ।

जीविकोपार्जन गर्न न त मसंग कुनै इलम थियो न त कुनै सीप नै । थियो त केवल डिग्रीको सर्टिफिकेट मात्र । यसले कुनै पार लगाउन सकेन । यसले त भोक लागेको बेलामा जिब्रोमा चट्नी लगाए जस्तो मात्र भयो । पूरा तृष्णा मेटाउन सकेन । उता साहुको ऋण, दिन दुई गुणा रात चौगुणाका दरले उकालो लागिरहेको थियो ।

बगर छेउमा बाँकी रहेको जग्गा जमिन पनि पूरै लिलाम भैसकेको थियो । अब बाँकी केवल खाडीको सपना मात्र बाँकी थियो । डिग्रीको लालपूर्जाले बाटो देखाउन नसक्दा परिवारको दुख पीडा ओत्न पनि खाडी पस्नुपर्छ भन्ने लाग्ने रहेछ । क्षितिजपारिको त्यो खाडीको सपनाले पनि सताइ रहने रहेछ । खुसी त खाडीबाट मात्र पाइने रहेछ । बिना सीप र क्षमताको योग्यता भन्दा खाडीनै लायक लाग्ने रहेछ ।
(लेखक सुर्खेत बहुमुखी क्याम्पस, बीएड चौथो वर्षका छात्र हुन)


Leave a Reply

Your email address will not be published.


ताजा समाचार