साताकाे रेष्टुरेन्ट : दिल गार्डेन, गार्डेन बनाउने ‘कौशिक गार्डेन

सिर्जना बुढाथाेकी

सुर्खेत २० साउन ।

काैशिक भनेको के हो भनेर सोध्ने हो भने धेरैले सजिलै जवाफ दिन्छन, गोत्र । शतप्रतिशत सहि जवाफ पनि हो यो । तर रेष्टुरेण्ट पारखीहरुलाई सोध्ने हो भने जवाफ आउनसक्छ ह्यांगआउटका लागि बेष्ट डेस्टिनेशन हो कौशिक । वीरेन्द्रनगर ८ का युवा उद्यमी योगेशराज रेग्मीले आफ्नै गोत्र अनुसार नाम जुराएर शुरु गरेको कौशिक गार्डेन रेष्टुरेण्टमा पुग्ने अधिकांशको दिनपनि मेन गेटबाट छिर्ना साथ गार्डेन, गार्डेन भईहाल्छ ।

हाल आन्तरिक राजस्व कार्यालय रहेको भवनको ठीक अगाडिपट्ट्ी रहेको यो रेष्टुरेण्टका खासगरी दुईवटा विशेषता छन । पहिलो मनमोहक बगैंचासहितको शान्त एवं पारिवारिक माहौल र अर्को हो यहाँ बनाइने विभिन्न
किसिमका स्वादिला  परिकार । त्यसैले पनि होला अहिले धेरैजनाको जिब्रोमै झुुण्डिने नाम बनेको छ ।

‘कौशिक गार्डेन’ रेष्टुरेण्ट । काठमाण्डौंमा पढ्दै गर्दा राजधानीका फेमश रेष्टुरेण्ट र त्यहाँ हुने युवाहरुको जमघट र रमाइलो माहौललाई देखेर लोभिएका योगेले डिग्री लिएर विदेशिनेभन्दा बरु आफ्नै गाउँठाउँमा यस्तै रेष्टुरेण्ट गरेर जमेर बस्ने अठोट लिए । कमर्श पढेका योगेश आफैले रेष्टुरेण्टको योजना सुनाएपछि होटल म्यानेजमेन्ट पढेका उनका दाई पोषणराज रेग्मीले त झन नाईंनास्ति गर्ने कुरै भएन ।

त्यसपछि पार्टनरको खोजी गर्दै जाँदा भेटिएका तिलक खनालसंगको साझेदारीमा करिव डेढ करोडको लगानीमा शुरु भयो कौशिक । १५ वर्षको व्यवसायिक योजना बनाएर अगाडि बढेका युवाहरुले १० वर्षका लागि जग्गा लिजमा लिएर २ वर्षअघि शुरु गरेको व्यवसायले मासिक ८० हजार जग्गाभाडा, २४ जना कर्मचारीलाई साढे ३ लाख पारिश्रमिक र बाँकी सबै धानेकै छ ।

युवाहरु वैदेशिक रोजगारीमा जानेको संख्यामा बढ्दै गएको देख्दा दिक्दार लागेको बताउने योगे भन्छन देशको विकास, अर्थतन्त्र सुधार अनि युवा जनशक्तिलाई रोजगारी सृजना गर्नका लागी आफ्नै ठाउँमा लगानी गर्ने गर्नु पर्छ भन्ने मान्यताले तानेर ल्यायो । कस्तो छ कौशिक वीरेन्द्रनगरको खजुरा रोडमा रहेको यो रेष्टुरेण्ट भित्र छिर्नेबित्तिकै आँखा अगाडि आउने दृश्यले मन मष्तिस्कसम्मलाई शीतलता दिन्छ ।

गेटबाट प्रवेश गरेपछि देखिने रंगीविरंगी पूmलहरुको बगैचा, वरिपरि वस्नका लागि बनाइएका क्याविन, वाँया
साइडमा रिसेप्सन र क्याफे अनि दाँया साइडमा ओपन रेष्टुरेण्ट र संगै छ गेट टुगेदर गर्ने हल । हरेक दिन बिहान साढे ८ बजेबाट सुरु हुने यो रेष्टुरेण्ट राति ९ बजेसम्मका लागि मात्र सर्भिस दिन्छ । अहिले दैनिक डेढदेखि दुई सयको हाराहारीमा मानिसहरु रेष्टुरेण्टमा आउने गरेको सञ्चालक योगेश बताउछन् ।

एकदमै महंगो भन्ने शब्द आफ्नो रेष्टुरेण्टमै नभएको दाबी गर्दै उनले जुनसुकै वर्गका पनि आफ्नो रेष्टुरेण्टमा आएर रमाइलोका साथ मीठा परिकार खाएर रमाउन सक्ने बताउँछन् । व्यवसायमा ग्राहक भनेको भगवान भएकाले जस्तोसुकै परिस्थितिमा पनि ग्राहकलाई नकरात्मक प्रभाव नगर्ने वातावरण सृजना गरिएको अर्को संचालक तिलक खनालले बताए ।

२ वर्ष पार गर्दा विभिन्न किसिम स्वभावका ग्राहकसंग फेस टु फेस हुने गर्छ । कोहि एकदमै पारिवारिक मनासय भएका आउने गर्छन भने कोहि कहिलेकाही अलि बढि अल्कोहल प्रयोग गरेर धेरथोर माहौलै खराब गराउने पनि आउँने गरेको उनीहरुको अनुभव छ । शुरुमा १४ जना कामदार राखेर शुरु गरेको व्यवसायमा अहिले २४ जनाले रोजगारी पाएका छन् ।

शुरुवाती चरणमा आएने ग्राहकको संख्या र अहिले आउने ग्राहकको संख्यापनि उस्तै छ । कौशिक रेष्टुरेण्टका स्पेशल परिकारमा पिज्जा, कफि, केसीसी, स्याण्डवीच र झोल मःम पर्छन । विशेष गरी युवाहरु अहिले सामाजिक सञ्जालमा भुल्ने हुदाँ फोटो खिच्न, टिकटक बनाउन अनि बजारको हल्लाखल्लाभन्दा टाढा शान्त माहोलमा रमाइलो गर्न पनि आउने गरेको सन्चालकको भनाई छ ।

पार्टी प्यालेसको योजना

दोश्रो वर्ष पार गरी तेश्रो वर्षमा प्रवेश गरेको कौशिकले अबको ५ महिनामाभित्र पार्टी प्यालेस सञ्चालन गर्ने योजना बनाएकोे छ । १ हजार जना मानिस अट्ने गरी तयार पारिएको ३ वटा हल भएको पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध, इन्गेजमेन्ट, फेयरवेल जस्ता इभेन्टहरु गर्न सकिने छ । यसै व्यवसायलाई बढाएर व्यवसायलाई अगाडी बढाएर सुर्खेतमा पहिचान बनाउने योजना कौशिक सञ्चालक युवाहरुको रहेको छ ।

रोजगारी छैन भनेर विदेशीने युवाहरुलाई अलिकति रिस्क लिएर आफ्नै सानो व्यवसाय सञ्चालन गर्न सके आफु मात्रै आत्मनिर्भर होइन अरु युवाहरुलाई पनि रोजगारी दिन सकिने योगेश र तिलकको सुझाव छ । युवाले सञ्चालन गरेका व्यवसायले पनि देशको आर्थिक समृद्धिमा सहयोग हुने र करको दायरा पनि बढ्ने भएका तर युवा उद्यमी र व्यवसायीहरुलाई सरकारले पनि प्रोत्साहनको नीति ल्याउनुपर्ने उनीहरुको भनाई छ ।

व्यवसायिक पूर्वाधार बनाउँदा सरकारको तर्फबाट बाटोघाटो, नाला, पानी, विद्युत जस्तो आवश्यक वस्तुहरु त राज्यको पहिलो जिम्मेवारी नै भएको उनीहरुको तर्क छ ।

कौशिक स्पेशल ‘तेरियाकी चिकेन’

बोनलेस चिकेन बे्रष्टको पार्ट, स्लाइस गरेर सेटिङ्ग गरेर कट गर्ने, सल्ट पेपरमा सिजनिङ्ग गरेर लाइट व्यारमा कोर्ड गरेर लाइटली फ्राई गर्ने, प्यानमा जिन्जर गार्लिक ग्रीन चिल्ली चप गरेर कलर चेन्ज(गोल्डेन) हुने गरि फ्राई गर्ने, चिकेन स्टक एड गर्ने, व्यस्टर सस, सिजनीङ्ग, वटर, तेरियाकी सस, हल्का चिल्ली पेष्ट एड गरेर सस तयार पार्ने, ग्रीन बेल पेपरलाई सेलरीङ्ग गरेर सस संगै पकाउने र अन्त्यमा हल्का फ्राई गरेर राखेको चिकेनलाई तेरीयाकी ससमा टस गरेर तयार पार्ने र सर्भ गर्ने ।

सेफ लाईफ इज बेष्टः प्रकाश

बाँके काेहलपुरका प्रकाश राना उमेरले ३५ वर्ष भए । उनको परिवारमा आमाबुवा, ४ दाजु भाई, एक बहिनी र श्रीमती छन् । उनी १७ वर्षको हुदाँ पारिवारिक समस्याका कारण राेजगारिकाे शिलशिलामा भारत पुगे । उनले भारतमा गएर होटेलमा काम गर्न थाले । काम गर्दैगर्दा अहिले उनी सेफ बनिसकेका छन् । १८ वर्षे कामको अनुभव बटुलेका प्रकाशले यो स्थानमा आउन निकै मेहेनत गरेका छन् ।

पहिले पहिले काम नजानेको बेला धेरै काम बिगारे । कति गाली खाए तर दुःखी कहिल्यै भएन । किनकि काममा
दक्ष थिएन । गल्तिबाटै सिक्ने हो भन्ने सधै उनको मनमा थियो । पढेर भन्दा पनि परेर सिकिन्छ भन्ने सोच राखेर अगाडि बढेको र त्यहि गल्तीकै कारण आज यतिकाम सिकेको उनको भनाई छ । हरेक दिन गर्ने काममा इञ्जोए गर्दै काम गर्ने गरेको उनको अनुभव छ ।

उनले भारतको महाराष्ट्र, गोवा, मुम्बई, पुणेमा (११ वर्ष), गुजरात, अहमदावाद अनि नेपालगञ्जको सेन्ट्रल प्लाजा, पप लाईफ र सुर्खेतमै रहेको मारिकाज रेष्टुरेण्ट (बज) मा पनि काम गरेको अनुभव छ । उनले विशेष गरी चाइनिज, कन्टीनेन्टल, इण्डीयन र नेपाली सबै परिकार तयार पार्छन । शुरु शुरुमा काम गर्दा समस्या भएपनि अहिले हरेक दिन काम गर्दा खुशी हुने गरेको उनको अनुभव छ ।

लेवलमा पुग्न संघर्ष गर्नुपर्छ तर एक लेवल बनेपछि छुट्टै मज्जा आउँछ । उनी भन्छन,… बिस्तारै नर्भसनेस हराउँदै गयो भने काम गराईमा व्यस्ता हुँदा पनि गेष्टहरुको आवतजावतले पनि निकै रमाइलो लाग्ने गर्छ । अहिले आफ्नो १८ वर्षे यात्रा फर्केर हेर्दा निकै खुशी लाग्ने उनले बताए । काम सिक्नकै लागि देश बाहिर गएर १८ वर्ष कामको अनुभव बटुलेका उनले करिब डेढ वर्ष पहिले ३४ वर्षको उमेरमा बल्ल बिहे गरेको अनुभव सुनाए । उनी अब छिटै बुबा बन्ने दिन पनि नजिक आइसकेको छ । उनी भन्छन् सेफ लाईफ इज बेष्ट लाइप ।

तपाईको प्रतिक्रिया